समाचारहरु NEWS

द ह्वाइट जोनको सभापतिमा श्री राजेश थापा निर्विरोध

Published by Hamaosamaj on November 20, 2009

द ह्वाइट जोनको सभापतिमा श्री राजेश थापा निर्विरोध

द ह्वाइट जोनको अधिवेशन यहि आउदो २७ नोभेम्बरमा बर्कलीमा भव्यताकासाथ हुन लागेको छ भने उक्त अधिवेशनको विशेष आर्कषण भनेकै यस्को नया नेतृत्वको चयन हो । रोशन शुव्वाको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिले यहि नोभेम्बर १८ सम्म मा उम्मेदवारी दर्ता गर्न आहवान गरेको थियो । त्यसै अनुरुप यहिले उम्मेदबारीको नामावालि संस्थाले सार्वजनिक गरेको छ जस्मा संस्थापक अध्यक्ष राजेश थापा सभापति पदका लागि एकल उम्मेदवारी आएको कारणले वहाँ निर्विरोधरुपमा संस्थाको अध्यक्ष घोषित भएको जानकारी निर्वाचन समितिलेउपलव्ध गराएको छ ।
अन्य पदहरुकोलागि जम्मा १५ जनाको उम्मेदवारी प्राप्त भएको जानकारी निर्वाचन समितिले प्रकासमा ल्याएको छ जस्मा अविन रेग्मी, सुश्री अनु राना, अविशेष शिवाकोटी, विराज पौडेल, सुश्री इन्जिला थापा, पंकज खड्का, पुकार कँडेल, विगल प्रसाई, सचिन घिमिरे, सुश्री सचिता उप्रेती, विकल काफ्ले, शरदसिंह हमाल,  सुभाषचन्द्र चाम्लिङ, सुशील फुयाँल, उज्वल चौधरी रहेको छ । उक्त उम्मेवारीहरु विच कडा प्रतिस्पर्दा हुने देखिएतापनि संस्थालाई आजसम्म विशेष योगदान दिन उम्मेदबारहरुलेनै अन्य पद जित्न सक्ने जानकारी संस्थाका एक सक्रीय सदस्याले जनाएको छ । निर्वाचन समिती अनुशार निर्वाचन अधिवेशनकै दिन दिनको १२ बजे देखि हुने छ र सोहि दिन सास्कृतिक कार्यक्रमको समयमा निर्वाचनको घोषणा तथा पदस्थापना कार्यक्रमसमेत हुनेछ ।
संस्थाको अध्यक्षपदमा राजेश थापानै निर्विरोध हुने शुनिश्चित देखिएको जानकारी संस्थाका केहि सदस्यहरुले राखेको भएतापनि अन्तिम दिनसम्ममा अन्य नामावाली आउने सम्भावनापनि रहेको जानकारी निर्वाचन समितीद्धारा प्राप्त भएको थियो। तर संस्थालाई आजको दिन सम्म ल्याउन थापाले गरेको विशेष योगदान र सबैलाई समेटेर लान सक्ने व्यक्तित्को कारणलेनै अध्यक्ष पदमा अरुकसैले उम्मेदवारी नदिएको विशेष शुत्रबाट थाहा भएको छ ।
केहि दिन अघि थापालाई यसबारे जानकारी राख्दा यदि कोहि अध्यक्षपदकोलागी उम्मेदवारी दिन चाहे आफु प्रजातान्त्रिक तरिकामा यस संस्थालाई लाने भएकोले त्यसलाईपनि स्विकार्न तयार रहेको जानकारी दिएका थिए । साथै यस क्षेत्रमा रहेका सम्पुर्ण नेपाली समुदाय संघ संस्था तथा नेपाल र नेपालीहरुलाई माया गर्ने सबैलाई यहि आउदो पहिलो अधिवेशनमा उपश्थित भएर हामीलाई सामाजिक कार्य तर्फ उन्मुख हुन हौशला प्रदान गर्न समेत सबैलाई अनुरोध गरेकाछन् । साथै संस्थाको एक प्रेष विज्ञप्ती मार्फत स्थाननिय तथा आमन्त्रित कलाकारहरुको मनोरन्जनले भरपुर कार्यक्रममा सहभागि हुन समेत सबैलाई अनुरोध गरिएको छ ।

अन्तमा हाम्रोसमाज डट नेटको तर्फबाट नव निर्वाचित तथा संस्थापक अध्यक्ष राजेश थापालाई अग्रिम बधाई दिन चाहन्छ । वहाको कार्यकालमा यस संस्थाले युवाहरुको आवाजलाई र समस्याहरुलाई मध्य नजर राख्दै संस्थाको विकाशमा एक माईल स्टोन खडागर्न सफल बनोस र यस क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुमा पनि एक आपसी मेलमिलाप, भाईचारा र सहकार्य गर्दै जानसकोस यहि शुभकामना दिन चाहन्छ ।

Readers Rating:
(No Ratings Yet)
Popularity:
1,287 views
Comments:
One
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

useful links:     log in   ·   Facebook   ·   Learn Nepali   ·   Wave Magazine   ·   CNN NEWS   ·   Nepali writers   ·   Preeti to unicode   ·   Unicode to Kantipur