समाचारहरु NEWS
मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत
Published by Hamrosamaj on September 7, 2010
मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत
कृष्णप्रकाश श्रेष्ठ
मास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्षको सन्दर्भमा मास्कोमा उत्सवीय वातावरण व्याप्त रहेको वेला रसियाली जनमैत्री विश्वविद्यालयको ुइन्टरक्लबु को प्रेक्षालयमा नेपालीहरु र तिनका रसियाली मित्रहरु पनि उत्सवको उत्साह र उमङ्गको मनोभावना लिएर रुसको मात्र नभई यूरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत-समारोहमा उपस्थित भएका थिए ।
स्मरण रहोस् ुएजुकेशन फर एक्सन ः एभेरेष्ट ओमेन सेभेन समिट्स एको एक्सनु ुकि्रयात्मक शिक्षा ः सगरमाथा-विजेता नारी ७ हिमशिखर पर्यावरण अभियानु को प्रतिनिधित्व गर्दै शैली बस्नेत काठमाडौं को संयोजकत्वमा सगरमाथा-विजेता ९ जना युवती पर्वतारोहीहरुको टोली २४ अगस्त २०१० मङ्गलवार का दिन रुसको राजधानी मास्को आइपुगेको थियो । यस टोलीमा चुनु श्रेष्ठ काठमाडौं आशाकुमारी िसंह महोत्तरी माया गुरुङ सिन्धुपाल्चोक ङ्गाभाङ्ग फुति शेर्पा ताप्लेजुङ उषा विष्ट कैलाली पूजन आचार्य दोलखा पेमाडिकी शेर्पा दोलखा निमडोमा शेर्पा दोलखा सहभागी हुनुहुन्छ ।
विश्वविद्यालयमा विद्यावारिधिका लागि शोधार्थी एवं गैरआप्रवासीय नेपाली संघ रुसकी उपाध्यक्षा विमला भण्डारी बस्यालले आसन्न तीजको भावनानुरुप उत्सवीय पहिरनमा सजिएर यूरोपकै सर्वोच्च हिमशिखर एल्ब्रुस-विजेता नौजना नेपाली नारी पर्वतारोहीहरुको हार्दिक स्वागत गदैै्र समारोहको संचालन गर्नुभएको थियो । रुसस्थित नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरुङ तथा पर्वतारोही टोलीकी नेतृ शैली बस्नेतका साथै रुसमा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाका शीर्षस्थ पदाधिकारीहरुद्वारा अध्यक्षमण्डलमा स्थान ग्रहण गरिएपछि वक्ताहरुले माचबाट विश्वको सर्वोच्च हिउँचुली सगरमाथाका साथै अष्ट्रेलिया र यूरापका सर्वोच्च शिहरहरुमा समेत सफल आरोहण सम्पन्न गर्ने समावेसी नेपाली नारी पर्वतारोही टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै शुभेच्छा व्यक्त गरेका थिए ।

महामहिम राजदूत श्री सूर्यकिरण गुरुङज्यूले कलिलै उमेरमा विश्वका सातै महाद्वीपका सर्वोच्च हिमशिखरहरुको आरोहण गर्ने लक्ष्य लिएर अगाडि बढिरहेको समावेशी नेपाली नारी पर्वतारोही टोलीको सराहना गर्नुका साथै ७ मध्ये ३ शिखरहरुको सफल आरोहण गरी ५० प्रतिशत लक्ष्य पूरा गरिसकेको यस टोलीका सहभागीहरुलाई रुसमा रहेका नेपालीहरुको तर्पुबाट पुष्पगुच्छाले स्वागत गर्दै उनीहरुको भावी पर्वतारोहण कार्यमा रुसमा रहेका नेपालीहरुलेझैं विभिन्न देशहरुमा रहेका गैरआवासीय नेपालीहरुले सहयोग पुर् याउने छन् भन्ने विश्वास व्यक्त गर्नुभयो र राजदूतावासको तर्पुबाट यस अभियानका लागि आवश्यक सहयोग पुर् याउने व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई पत्र पठाउने तत्परता समेत जनाउनुभयो ।
नेपाली नारी निकुाजकी अध्यक्ष डा। समता प्रसादले समावेसी नेपाली नारी पर्वतारोही टोलीसंग नेपाली नारी निकुाजका पदाधिकारी तथा सदस्यहरुको अन्तरकि्रया सम्पन्न भएको जानकारी िदंदै पर्वतारोहणजस्तो जोखिमपूर्ण अभियानमा एकपछि अर्को विजय प्राप्त गर्ने बहिनीहरुको उदाहरणबाट नेपाली नारीहरु पनि स्वतन्त्र रुपले अगाडि बढ्न सक्छन् भन्ने पुष्टि भएको चर्चा गर्नुका साथै नेपाली नारीहरुले व्यक्तित्व विकासमा स्वतन्त्रताको व्यापक उपयोग गर्नु जरुरी छ तर यसको अर्थ स्वच्छन्दता होइन भनी जोड दिनुभयो । उहाँले नेपाली नारी निकुाजको तर्पुबाट स्मृति-उपहार प्रदान गर्नुका साथै गैरआवासीय नेपाली विश्वसंघका संरक्षक डा। उपेन्द्र महतो व्यस्तताले गर्दा समारोहमा उपस्थित हुन नसक्नुभएको सूचित गर्दै नेपालमा पर्यटन प्रबर्धनमा योगदान पुर् याउने समावेशी नेपाली नारी पर्वतारोही टोलीको सफल एल्ब्रुस-आरोहणको सन्दर्भमा हार्दिक शुभेच्छासहित उपहारस्वरुप ५ हजार अमेरिकी डलर प्रदान गर्नुभएको छ भन्ने पनि जनाउ दिनुभयो ।
गैरआवासीय नेपाली विश्वसंघमा उपाध्यक्षजीवा लामिछानेले सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा तथा एडमुण्ड हिलारीद्वारा सर्वप्रथम सगरमाथा-विजयपश्चात् निकै कम समयमा विश्वका विभिन्न शिखरहरुको आरोहण गर्ने क्रममा नेपालले धेरै रिकर्ड प्राप्त गरेको स्मरण गराउँदै ” अहिले नौजना युवतीहरुले सगरमाथा मात्र होइन सातै शिखर आरोहण गर्ने अभियान सुरु गरेका छन् र प्रयास गरे जे पनि गर्न सकिन्छ भन्ने पुष्टि गरिदिएका छन्ु भनी जोड दिनुभयो ।
रुसमा रहेका सम्पूर्ण नेपालीहरुका तर्पुबाट गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा। मणिराज पोखरेलले एल्ब्रुसको आरोहणमा विजय प्राप्त गर्ने नौजनालाई नै ुनवदुर्गाु को संज्ञा दिएर हार्दिक बधाई ज्ञापन गर्नुका साथै गौरवानुभूति प्रकट गर्दै यो टोली आपुूले बोकेको उच्च उद्देश्यको ुसगरमाथाु माथि विजय प्राप्त गर्न पनि अवश्य सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्नुभयो । उहाँले गैरआवासीय नेपालीहरुको दोहोरो नागरिकताको मागबारे चर्चा गर्नुहुँदै यस मागको समर्थनमा जनमत तयार पार्नमा एल्ब्रुस-विजेताहरुबाट पनि सहयोग हुन सक्ने कुरा जनाउँदै नेपालमा ुहामीले दिनुस् भनेका होइनौ लिनुस् भनेका हौंेंु भन्ने सन्देश प्रवाहित गरिदिन आग्रह गर्नुभयो । गैरआवासीय नेपाली संघ रुसको तर्पुबाट एक हजार अमेरिकी डलर उपहारस्वरुप प्रदान गरिने घोषणा गर्दै संघका अध्यक्षले पर्यावरण संरक्षणको महान् लक्ष्य लिएर विश्वका सातै महाद्वीपका हिमशिखरहरुमा आरोहण गर्ने अभियानमा आफ्नै प्रकारको कीर्तिमान् स्थापित गर्न निस्केका नेपाली वीराङ्गनाहरुलाई उत्तरोत्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

यस पंक्तिकारले पनि माचबाट केही शब्द बोल्ने अवसर पाउँदा सगरमाथा-विजेता तेन्जिङ नोर्गे शेर्पाले समेत मौसम एकदमै बिग्रेको कारणले झण्डै आधा शताब्दीअघि अर्थात् सन् १९६३ मा टेक्न नसकेको एल्ब्रुस टाकुरामा नौजना नेपाली युवतीहरुले पदार्पण गर्न सफल भएकोमा हर्षानुभूति प्रकट गर्नुका साथै अनादि कालदेखि नै महामायारुपी नारीशक्ति नै सृष्टिको मूल स्रोत रहिआएको परिप्रेक्ष्यमा दूर्ग किल्लां को संरक्षिका हुनाले दुर्गा भनिएकी आठै दिशाका अधिष्ठाता अष्टमात्रिकाको समावेसी संयुक्त रुप नै १८ हात भएकी दुर्गाभवानी अर्थात् नवदुर्गा भएको जनाएको थिएँ र नेपालको वर्तमान परिप्रेक्ष्यमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको अभियान हिमाल पहाड र मधेशका सम्पूर्ण नेपालीहरुका लागि समावेसी ऐक्यताको ज्वलन्त दृष्टान्त बनेको भाव सम्प्रेषण गरेको थिएँ ।
रुस पर्वतारोहण संघका कार्यकारी निर्देशक आन्द्रेइ ओभ्चिन्निकोभले एक हप्ताअघि काठको भारी बोकेर एल्ब्रुसमा चढिरहेको वेला ५ हजार मिटरको अग्लाईमा नौजना नेपाली युवतीहरुसंग एक्कासी जम्काभेट भएको मीठो स्मरण गर्दै एल्ब्रुस विजेता नेपाली महिला टोलीलाई सर्वप्रथम भेट्ने रुसीहरुमध्ये आपुू नै पहिलो व्यक्ति भएको र भारी बोकेर उकालो चढिरहेको देखेर आपुूलाई ुरुसी शेर्पाु भनेकोमा पनि गौरवान्वित भएको भावोद्गार प्रकट गर्नुभयो । पहिले पर्वतारोहणका लागि रुसबाट नेपाल जाने चलन थियो भने अब नेपालीहरु समेत रुसका हिउँचुलीहरुको आरोहणमा आउन थालेको सन्दर्भमा हर्ष प्रकट गर्दै सन् १९८२ मा सोभियत पर्वतारोही टोलीद्वारा सगरमाथा विजय गरिएको तर रुस महासंध अस्तित्वमा आएपश्चात् सन् १९९१ म्ाा सर्वप्रथम रुसका पर्वतारोहीहरुले सगरमाथा आरोहण गरेको सन्दर्भमा प्रकाशित ुहरेकको आ-आफ्नै सगरमाथाु सन् १९९३ शीर्षकको १४३ पृष्ठको अल्बम र एल्ब्रुस अभियानबारे ुज्वाज्ज्वल्यमान् पर्वतहरु शीर्षकको पुस्तक पनि उहाँले रुसको मात्र नभई यूरोप महाद्वीपकै सर्वोच्च हिमशिखर एल्ब्रुस-विजेताहरुलाई उपहारस्वरुप प्रदान गर्नुभयो ।
विश्व नेपाली साहित्य महासंघका अध्यक्ष एवं गैरआवासीय नेपाली संघ रुसका महासचिव डा। मधुकृष्ण श्रेष्ठले ुतपाईहरु मेरो देश बोकेर िहंड्नु भएको छु भन्ने कवितात्मक उद्गार पोख्तै यॊ पर्वतारोहण-अभियान सबै जातजातिका नेपालीहरुलाई खतराजनक आरोहण सम्पन्न गर्ने समावेसी नेपाली नारीहरुको सन्देशको उपमा दिनुभयो ।
विश्व नेपाली साहित्य महासंघ रुस शाखाका अध्यक्ष एवं गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष गोविन्दप्रसाद गौतमले ुसगरमाथा आरोहण गरेर सातै उच्च शिखरहरु आरोहण गर्ने उत्साह र साहसका लागि गौरवु को भाव प्रकट गर्नुहुँदै यसबाट ुविश्वभरका नेपालीलाई प्रेरणा मिलेको छु भन्ने अभिव्यक्ति दिनुभयो ।
रुस-नेपाल मैत्री एवं सहयोग संघकी उपाध्यक्षा नेल्ली स्तेपानोभाले एल्ब्रुस विजेता नेपाली सुन्दरीहरुलाई मास्को नदीमा रमाइलो जहाज-यात्रामा साथ दिनुका साथै मास्कोको भूमिगत रेलमार्गका १६० बिसौनीहरुमध्ये पुराना र नयाँ बिसौनीहरुको भव्यताको अवलोकन गराउने सौभाग्य प्राप्त भएकोमा हर्ष व्यक्त गर्नुभएको थियो ।
नेपाली खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेम लामिछानेले पर्वतारोहणमा सरीक भई संसारलाई नेपाल चिनाउन संलग्न रहेको समावेशी नेपाली नारी पर्वतारोही टोलीलाई सहयोगका लागि तत्तरता जनाउनुभयो भने एशियाली विद्यार्थी संघ जनमैत्री विश्वविद्यालय का अध्यक्ष विप्लव साहा बंगलादेश ले आफ्नो शुभेच्छा मन्तव्यमा एल्ब्रुस हिमशिखरमा पाइला टेक्ने नेपाली नारीहरुको वीरताको प्रशंसा गर्दै आफ्नो संघको तर्पुबाट पर्वतारोही टोलीको नाममा अभिनन्दनपत्र प्रदान गरिने छ भनी सूचित गर्नुभयो ।
समारोहको आयोजक नेपाली छात्रसंघ जनमैत्री विश्वविद्यालय का अध्यक्ष डा। सचिन शाक्यले विश्वविद्यालयको ुइन्टरक्लबमाु एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गर्न पाइएकोमा आनन्दानुभूति प्रकट गर्दै प्रेक्ष्यालय उपलब्ध गराउने विश्वविद्यालयका पदाधिकारीका साथै यस समारोहको आयोजनामा सहयोग गर्ने सबै महानुभावहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो र स्वागत समारोहमा उपस्थित नेपाली राजदूतज्यू श्री सूर्यकिरण गुरुङज्यूका साथै सबै संघसंस्थाका पदाधिकारीहरु र प्रतिनिधिहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।
गैरआवासीय नेपाली विश्वसंघकी केन्दीय सदस्य सपिला राजभण्डारीले काठमाडौंमा यसै साल अक्टोवरमा मनाइने गैरआवासीय नेपाली दिवस एनअनरएन डे को क्रममा भृकुटी मण्डपमा स्थापित तेन्जिङ नोर्गे शेर्पा तथा एडमुण्ड हिलारीको शालिकमा माल्यार्पणद्वारा शुरु भई नगरकोटदेखि धुलीखेलसम्मको पदयात्रा कार्यक्रममा भाग लिनका लागि समावेसी नेपाली नारी पर्वतारोही टोलीका बहिनीहरुलाई पनि निम्त्याउनुभयो ।
समावेसी नेपाली नारी पर्वतारोही टोलीको सगरमाथा आरोहणविषयक वृत्तचित्रको प्रदर्शनपश्चात् यस टोलीकी नेतृ शैली बस्नेतले अन्तरकि्रया कार्यक्रमको आरम्भ गर्दै विख्यात नेपाली पर्वतारोही पेमा दोर्जी शेर्पाको अवधारणाअनुरुप सन् २००७ देखि आरम्भ गरिएको अभियानबारे पर्दामा दृश्यात्मक विवरणसहित विस्तृत रुपले प्रकाश पार्नुभयो । उहाँले शुरुमा कसैले पनि नपत्याएको यस अभियानलाई नेपाल सरकार संयुक्त राष्ट्र संघ र गैरआवासीय नेपाली संघको व्यापक समर्थन रहेको चर्चा गर्नुहुँदै एल्ब्रुसमा पनि नेपाली भण्डाका साथै एनआरएनको लोगो फहराइएको जनाउ दिनुभयो । अन्तरकि्रयाको क्रममा उहाँका साथै नारी पर्वतारोही टोलीका सबै सदस्यहरुले त्यहाँ सोधिएका सबै प्रश्नहरुको सन्तोषजनक उत्तर दिनुभएको थियो ।
गैरआवासीय नेपाली संघ रुसकी उपाध्यक्ष विमला भण्डारी बस्यालले सहभागीशरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभई स्वागत-समारोहको समापन गर्नुभएपछि सबै अतिथिहरु गैरआवासीय नेपाली संघ रुसका सचिव दामोदर बस्याल पं। ऋषिप्रसाद रिजाल कृष्ण लोहनी टेकराज शर्माद्वारा आयोजित सन्ध्याभोजनमा सरीक भएर विचारको आदान-प्रदान गर्नमा व्यस्त देखिन्थे र कतिपय नेपालीहरु ुइन्टरक्लबु बाट बाहिरिएपछि पनि शरद्कालीन न्यानो मास्कोको रमणीय वातावरणमा नारी पर्वतारोहीहरुको चारैतिर झुम्मिएर कुराकानी गर्दैथिए…
अन्त्यमा के पनि सूचित गर्न चाहन्छु भने यूरोपको सर्वोच्च शिखर एल्ब्रुस आरोहणका लागि समावेसी नेपाली नारी पर्वतारोही टोली मास्को आइपुगेको पहिलो दिन नै गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा। मणिराज पोखरेलका साथै आभाष के।सी। हरिबहादुर भ्
Related Posts
- नेपाली समावेशी महिला पर्वतारोही टोली रुसको एल्ब्रुस हिउँचुलीतर्फ
- लसन्जेलेसमा नबनियुक्त राजदुत डा. शंकर शर्माको स्वागत
- कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको स्वागत कार्यक्रम सम्पन्न
- बे-एरियामा गिरी र लोहनीको स्वागत
- राजदूत डा शंकर शर्माको स्वागत तथा अन्तरकृया कार्यक्रम
- लायन्स क्लव अफ बर्कलि अन्नुपर्णाको स्वागत तथा शुशोभन कार्यक्रम
- मास्कोमा नेपाली पौभासम्बन्धी अन्तरकि्रया कार्यक्रम
- एएनए २००९का सहभागि पाहुनाहरुमा अग्रिम स्वागत


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....