साहित्य(कबिता, कथा, लेख) NEWS
बेबिलोनको बगैचामा ..मित्र लाल पार्दे “हिमाल “
Published by Hamrosamaj on September 8, 2010
बेबिलोनको बगैचामा …………..
मित्र लाल पार्दे ” हिमाल ”
पोल्यान्ड
बेबिलोनको बगैचामा मानवताको लाश पाँए !
बुद्धरुपी मन्दिरभित्र कसाइको बास पाँए !
राम मर्दा बुद्ध रोयो क्राइस्ट मर्दा अल्लाह रोयो
तर आज राम अल्लाह लडाउने त्रास पाँए !
युद्ध होइन बुद्ध भन्दै बाह्र लाश हुँदा पनि
बुद्धको घरै भित्र बुद्धत्वको नाश पाँए !
भाई भाईको लाशै लाशले सगरमाथा चुलिदा पनि
टुलु टुलु हेरिबस्ने रमितेकै मास पाँए !
धेरै पटक लडी लडी लोकतन्त्र लिदा पनि
जनता अझै मालिक होइन नेताकै दास पाँए !
साच्चै अन्याय र अत्याचारको बिरुद्धमा आवाज उठ्छ भने
कति मित्र जुर्मुराउथे मित्रहरुकै आश पाँए !
शान्तीको भीख मागिरहेछ ! ! !
मित्र लाल पार्दे “हिमाल ”
पोल्यान्ड
कस्तो आतंक ,कस्तो हो यो वर्तमान
अत्याचारी दानवहरुका कर्कश स्वरले अजय पहाड पनि
थर थर काँपीरहेछ ।
कौरवहरुको
चक्रव्यूहमा पाण्डवहरु
महासंग्राममा भिडिरहेछन् ।
अन्तर्पीडाको रापले द्रौपदीहरु कोक्काइरहेछन् ।
सञ्जयको आँखाले पनि हेर्न नसक्ने गरी
विभाजनका रेखा कोर्ने अमीन हरुले
निमेश भरमै
मध्य निशामा
प्रेम भाईचाराका गिरी श्रीँखलाहरु चर्काइ रहेछन् ।
बलात्कृत आमाको रोदनमा
आलो रगत तन्काउने
महिशासुरहरु
आमा छट्पटाउदा अट्टहास खित्का छोडिरहेछन् ।
सहयात्रीको निर्दोश रगत तन्काएर
रक्तपीपासुहरु
चरम त्रिप्तीको अनुभूती गरिरहेछन् ।
अनि
आफूलाई समान देखाउन
धर्म निरपेक्षताको नाउँमा नौटंकी नाटक रच्ने
विध्वंशकारी कलाकार जन्मिरहेछन् ।
जन्मगत असहय अहंकारले
कथीत बुज्रुकहरु उपमती खोजिरहेछन् ।
बुद्दत्वलाई तुर्लुङ्याउने यमदूतहरु
सन्नी पातको बिरामीले मेरी आमा छट्पटाउदा रमिते बनिरहेछन् ।
उपचारको निहुमा बूढी आमा बलत्कार गर्ने डक्टरहरु
शीरमा कात्रो बोकेर हिंडेको हेर्न चाहने
कूम्भकर्ण र लम्बकर्णहरु
इथोपिया झै कङाल बनाउने त होइनन् ।
हैटीका घरहरु ढले झै
मेरी आमाका सपनाहरु ढाल्ने त होइनन् !
म डराइरहेछु,
रिनै रिनले सगरमाथा चुलिदा
मेरी बसुन्धरा लीलाम त गर्ने होइनन् !
गिद्द दृष्टि हेर्ने प्यादाहरु
कमिलालाई गुलियो दिए झै फकाइरहेछन् ।
बुद्ध पाषाण मुर्तीमा अंकित्
बलिको बोका झै जनताहरु
अर्बुद रोगको पीडाले लुम्बिनी छट्पटाइरहेछ ।
भिखारी बुढो झै मेरो सगरमाथा
माया प्रेम भाईचारा एकता
र
शान्ती ।।।।। शान्ती ।।।। शान्तीको भीख मागिरहेछ ।
मित्र लाल पार्दे “हिमाल ”
पोल्यान्ड


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....