साहित्य(कबिता, कथा, लेख) NEWS

नेपालीको राष्ट्रिय-धर्म-पिता: नयाँ संविधान

Published by on August 8, 2010

नेपालीको राष्ट्रिय-धर्म-पिता: नयाँ संविधान

[नेपालीले
आफ्नै गोद लिएको धर्म-पिता बाबुको, यौटा उदार संस्कार र अग्रणीको मुख
हेर्न नपाएको धेरै भैसकेछ! राष्ट्रको अग्रगमणको पर्खाइमा वर्षोँ बिते! आफू
भन्दा अरुले, आफ्नै विश्वासी प्रतिनिधिले सेवा गरिदेलान् की भनेर कुर्नु
जीवनको ठूलो धोका र पश्चाताप रहेछ! संविधान हाम्रो राष्ट्रीय पिता, नियम,
संरक्षक, घरका स्वामीका रुपमा देखिएको छ! प्रथमत नियम नबनी बाटा फराकिलो
हुदैनन्| पाहाडको पहिरो बाट खस्ने बानी लागि सकेको नेपालीलाई संस्कार
परिवर्तन गर्न सक्नु ठूलो विजय हुनेछ! हाम्रो संविधान हामीले जन्माएको साझा
धर्म शास्त्र हुने छ! सयौँ बर्षका लागि मार्ग दर्शक बन्नेछ! यस्मा
सामाजिक-प्रेम,अधिकार,दण्ड अनि मानविय मूल्यहरुका मान्यताहरु निश्रित
हुनेछन्! नेपालीको लागि भूगोल सुँहाउदो स्वथकर जैविक प्रणालीको ब्यवस्था

मिलाईने छ! ]
बुवा तिम्रो मुख हेर्ने दिन कैले आउला?
संगै बसी मिजिजुली मेहनत्ले खाउँला
सयौँ बर्ष सम्म पुग्ने,मार्ग के छ?देख
नियम र कानूनको यौटै ग्रन्थ लेख

दाजुभाइ दिदिबैनी सबैजना आवो
मीठा मीठा रमाइला परिकार खावो
परिवार मिलिवरी सुख-दुख बाडौँ
राजमार्ग बन्छ, बाधा-विषमता फाडौँ
मानवता धर्म ठूलो सेवा उपकार
न्याय प्रेम देश-भरी दरो सरकार
ब्यवस्थाको श्राद्ध किन?जिउँदै नमार यो
दण्ड,न्याय,नियमको,श्रद्धा गरन हो!

आज भन्दा भोलि भयो जीवन् छोटिँदैछ
सबैलाई हुने खेत चाडैँ गोडिँदैछ
जंगलको घाँस फाँडी अन्न झराउँछौँ
जीवनमा दैवी-जैवी फल फलाउछौँ

संगै बसी मिजिजुली मेहनत्ले खाउँला
बुवा तिम्रो मुख हेर्ने दिन कैले आउला?

- अनन्तगोपाल रिसाल [8th Sept, 2010-Father’s Day]
*Disclaimer: All the images used in this poem are referenced from Google Images.

Related Posts

  1. गैरआवासीय नेपालीको खुला विश्वविद्यालय अवधारणा
  2. संयुक्त राज्य अमेकिाको राष्ट्रिय जनगणना २०१०
  3. अबुधाबीमा फेरि अर्को नेपालीको निधन
  4. नयाँ बर्ष का कुरा
  5. परदेशमा टुक्रिएको नेपालीको मन
  6. नयाँ संबिधान,संघियता र नेता – चकेन्द्र राई कैदी
  7. बे एरियामा धर्म गुरु जगदाचार्य (नेपाली बाबा) श्री पन्डित तेज नाथ शर्मा ज्यु
  8. प्रेस र साहित्यमा प्रवासी नेपालीको भूमिका

Install the ratings plugin

Popularity:
111 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: