समाचारहरु NEWS
यो दम्भ किन?
Published by hamrosamaj on August 18, 2010
धर्तिलाई आफनै दम्भ
शुर्यलाई आफनै दम्भ
विचरो आकास जो निराकार छ
सुन्य छ तर छ विसाल र असिमित
जस्को कुनै दम्भ छैन जस्को कुनै अंहम् छैन
जो असिमित छ जो विराट र अनन्त छ
उस्को कहिलेपनि दम्भ हुदैन
जस्ले कहिलेपनि आफुलाई महान ठान्दैन
किनकी उस्ले आफनो महान्ताको
कसैलाई वकालत गरि रहनु छैन
किनकी उस्ले आफनो महान्ताको
परिधि कसैलाई देखाउनु छैन
किनकि उ त त्यसै महान छ
किनकि उ त त्यसै असमान छ ।
महानता र दम्भ त उस्को हुन्छ
जस्को सिमित उचाइ हुन्छ
जस्को सिमित परिधी हुन्छ
र हुन्छ सिमित अस्तित्व ।
यसैले संसारका हरेक वस्तु
विसेष गरेर हरेक प्राणी
आफुलाई महान देखाउन
आफुलाई सक्तिसाली देखाउन
आफै भित्र एउटा कुन्ठा वोकेको हुन्छ
र त्यहि कुन्ठालाई लुकाउन
हरकोहि यहा आफुलाई महान देखाउन
आफुलाई सक्तिसाली देखाउन
हरेक प्रयत्न गर्छन् हरेक प्रयास गर्छन्
र थाहै नपाई आफनै कुन्ठाको सिकार वन्दै्र
आफनै पनको दम्भमा सल्कि रहन्छन्
भुसको आगो जस्तै थाहै नपाई
भित्रभित्र जलिरहन्छन् जलि रहन्छन् ।
र एकदिन थाहै नपाई खरानी वन्छन्
तरैपनि दम्भको सिकार भई रहन्छन् ।
भुसको आगो जस्तै भित्रभित्रै जलि रहन्छन्
Related Posts
No related posts.


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....