समाचारहरु NEWS
अ. ने. सा. स. कोलोराडो च्याप्टरले आफ्नो नियमित कबि गोष्टी कार्यक्रम सम्पन्नगर्यो
Published by Hamrosamaj on February 28, 2011
अ. ने. सा. स. कोलोराडो च्याप्टरले आफ्नो नियमित कबि गोष्टी कार्यक्रम सम्पन्नगर्यो
आचार्य प्रभा, कोलोराडो – अ. ने. सा. स. कोलोराडो च्याप्टरद्वारा आयोजित कबि गोष्टी कार्यक्रम बासुदेव खनाल र सम्झना आचार्यको निवासमा यही फेब्रुवरी २६ का दिन सम्पन्न भएकोछ ।
कार्यक्रममा नेपालबाट आउनुभएका श्री ललित शंकर योगी ज्यु र कथाकार तथा गजलकार मनु ब्राजाकीको पनि उपस्थिती थियो । पदम विश्व कर्माद्वारा संचालित् उक्त कार्यक्रममा रचना बाचन गर्नु हुनेहरुमा डा.बिजय राज शर्मा,प्रमिला शर्मा,मनु ब्राजाकी,बिजय देव अधिकारी, निर्मल प्याकुरेल,मिना
पौडेल,केशब आचार्य,बासु देव खनाल,सम्झना आचार्य,राजु सिटौला,आचार्य प्रभा,कुमार कार्की र पदम विश्वकर्मा हुनुहुन्थ्यो। कार्यक्रमको अन्त्यमा श्री ललित शंकर योगीज्यु द्वारा छोटो जीवन दर्शन र योगा सम्बन्धी प्रवचन प्रस्तुत भएको थियो। श्री योगी ज्युले क्रायक्रममा हामी सबै राष्ट्रका भक्त हौँ । राष्ट्रलाई स्वस्थ्य,स्वच्छ र समर्पित युवा शक्तिको खाँचो छ ।
हामी जहाँ रहौँ स्वस्थ्य रहौँ र आफ्नो मातृभूमीलाई नबिर्सौँ भन्ने जस्ता आव्हान दिनुभएको थियो । वहाँले कोलोराडोबासी साहित्यानुरागीहरुलाई प्रवासमा बसेर पनि नेपाली माटो र नेपाली भाषाको कदर गरेर यस्तो कार्यक्रम प्रत्एक महिना संचालन भएकोमा हार्दिकता प्रकट गर्दै यस् कार्यक्रमको दिर्घ
जीवनको कामना गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा जलपानको पनि ब्यवस्था गरिएको थियो र जलपान तयार गर्न सहयोग गर्नु हुने माया लामिछानेलाई पनि यो कार्यक्रमका सम्पूर्ण सहभागीहरुले
धन्यवाद ज्ञापन गरेको थियो । सदा झैं कार्यक्रमलाई आफ्नो क्यामेरामा सुरक्षित गरेर कार्यक्रमलाई अझ बिस्तार गर्न श्री शैलेश पोख्रेल ज्युले सहयोग गर्नु भएको थियो ।
Related Posts
- “अ.ने.सा.स कोलोराडो च्याप्टरद्वारा संचालित नियमित कबि गोष्ठी कार्यक्रम सम्पन्न”
- अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरको मासिक कबी गोष्ठी कार्यक्रम सफल्ता पूर्वक सम्पन्न “
- डिसी नेपाली समाजले भर्जिनियाको सेन्ट्रिभीलमा आफ्नो औपचारिक उदघाटन तथा बडा दसैँको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
- अनेसास जापानको ११ औं नियमित साहित्य श्रीन्खला कार्यक्रम टोकियोमा सम्पन्न
- “नमस्ते अमेरिका टोलीले कोलोराडोलाई पनि आफ्नो सांगीतिक प्रस्तुतिले रोमान्चित तुल्यायो । “
- नेपाली जन संपर्क समिती कोलोराडो ,को श्रद्धांजलि कार्यक्रम
- “कोलोराडोबासी हरुको नियमित कबिता बाचन कार्यक्रम सम्पन्न”
- कोलोराडोका नेपालीहरुको नियमित साहित्यिक कार्यक्रम


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....