Bhutanese-samaj, अन्तर्वाता NEWS

आफना सन्तानलाई एक पल्ट भएपनि यो तिम्रो देशहो भनेर चिनाउन सकौ वि वि थापा

Published by Hamrosamaj on January 1, 2010

आफना सन्तानलाई एक पल्ट भएपनि यो तिम्रो देशहो भनेर चिनाउन सकौ वि वि थापा
हालै भुटानी शरणार्थीहरुलाई विश्वको विभिन्न स्थानमा पुनर्वासको व्यवस्था भई रहेको छ र हालै अमेरिका लगायत न्युजील्याण्डमा पहिलो चरणको रुपमा केही दिनदेखि वसाई सराईको प्रकृयासमेत भई सकेको छ। यसै विषयलाई लिएर अमेरिकाको क्यालिफोर्निया राज्य अन्तरगत अलमेडा स्थित भुटनीज अमेरिकन कम्युनिटी सेन्टरका अध्यक्ष वि वि थापासित हाम्रा क्यालिफोर्निया संवाददाता धु्रव थापाले लिनुभएको अन्तरवार्ताको केही अंश ।
भुटनीज अमेरिकन कम्युनिटि सेन्टरका अध्यक्ष विर वहादुर थापाको छोटो परिचय ः

वावुको नाम कुल वहादुर थापा जन्म स्थान ताला भुटान शैक्षिक योग्यता सेरप्चे कलेज वाट स्नातक भुटानको वी सी सी एल कम्पनीमा प्रशासनिक अधिकृत भुटान मानव अधिकार संघ मार्फत भारतको न्यु देल्हीमा साउथ एसियन हयुमन राईटस् डकुमेन्टेसनमा रवि नायरसित सहकार्य गरेर भुटानी शरणार्थीहरुको मानव अधिकार सम्वन्धि कार्यक्रमको संचालक तथा नेपालको शरणार्थी समस्यामा सकि्रय योगदान पुर्याउनु भएको र त्यहा स्थित मानव अधिकार संघमा महा सचिवको रुपमा कार्यकरत र २००० जुनमा अमेरिका आई यहि वसोवास गर्दै आउनुभएको ।
सम्वादाताः सर्व प्रथम आज भुटानी शरणार्थी समस्यालाई समाधानको प्रकृया अन्तरगत विभिन्न देशमा वसाई सराईको सुरुवात हुन लागेको छ र यहाहरुपनि अमेरिकाको अलमेडामा आज एक संस्थागत रुपमा आफनो समुदायलाई समेटेर वस्नु भएको छ र यहांलाई आफनो सस्थाको वारेमा केही भनिदिनु हुन अनुरोध गर्न चाहन्छु यसवारे केहि प्रकास पारि दिनुहुन्छकि?
अध्यक्षः सर्व प्रथम त यहाले हाम्रो वारेमा पत्रिका मार्फत हामीलाई र हाम्रो संस्थालाई परिचय गराउने अवसर दिनु भएकोमा धन्वाद दिन चाहन्छु । यो संस्था २००६ मा विधिवत रुपमा हामीले आफनो समुदायलाई अमेरिकाको समुदायसित कसरी हातेमालो गरेर जाने यहा हाम्रा मानिसहरुलाई सहयोग तथा आफनो अस्तित्व वोध गराउदै अन्य समुदायसित मिलेर संस्थागत रुपमा जाने सोच भएकै कारण यो सस्था भुटनीज अमेरिकन कम्युनिटि सेन्टरको स्थापना गरेका हो र विदेशमा रहेर देशमा भई रहेको र देश छाडेर शरणार्थीको जीवन व्यतित गरिरहेका हाम्रा समुदायलाई कसरी सहयोग पुर्याउन सक्छौ यहिनै हो हाम्रो संस्थाको मुल उदेश्य हो र हाम्रा वालवालिकाहरुलाई आउदो दिनहरुमा आफनो देश सस्कृतिको वारेमा जानकारी गराउने नै मुल उद्देश्य हो र हामीले पाएको जस्तो दुख आउंदा दिनहरुमा आउने साथीहरुले नपाउन् भन्ने हाम्रो प्राथमिकता सधै रहने छ ।


सम्वादाताः थापाजी आज यहाहरु यसरी एउटै सहरमा एउटा समुहकै रुपमा वस्नु भएको छ यस वाहेक अमेरिका लगायत विश्वको अन्य कुन कुन देशमा यहाहरु यसरी वस्नु भएको छ त

अध्यक्षः भुटानी शरणार्थीहरु अमेरिका क्यानेडा अस्टेलिया डेनमार्क जर्मनी लगायतका देशहरुमा बसेका छन् भने अमेरिकाको विभिन्न सहरहरुमापनि केही साथीहरु छन् तर ठुलो संख्यामा भने अलमेडा र एटलान्टामा बसेको पाइएको छ ।

सम्वादाताः यहांहरु अलमेडामा यसरी एकसाथ वस्नुको कारण

अध्यक्षः यो चाही राम्रो प्रश्न हो र हाम्रो सानो कम्युनिटी भएकोलेपनि हुन सक्छ र पहिलो यहा आउने गणेश शुवेदी आउनु भएको थियो र त्यसपछि हामी अर्थात म ललित जीवन यहा आयौ र त्यसपछि आउने साथीहरुलाई हामीलेनै यहा आउन प्रोत्साहन गरेका हौ किन भन्नु हुन्छ भने वहाहरुको सम्पर्कमा हामीनै थियो र नेपालवाट आउदा वहाहरुलाई पहिलो पल्ट कसैको सहयोगत चाहिन्छ नै र हामीले यहा आउदा जुन दुःख भाग्यौ त्यस्तो दुःख अरु आउने साथीहरुलाई न परोस भन्नको लागीनै हामी एउटै स्थानमा एकजुट हुदै गयौ । र तीस जनाको परिवार यहा छौ र अझै वीस पच्चीस जनाको परिवार यहा आउने क्रममा छन् ।
सम्वादाताः हालै नेपालको शरणार्थीहरु क्याम्पमा आगलागि भएर हजारौ शरणार्थीहरु अझ दुखमयरुपमा शरणार्थीहरु वन्न पुग्यो यहाहरुले यसलाई कसरी सहयोग पुर्याउनु भयो त र आउदो दिनमा के गर्न चाहनुहुन्छ
अध्यक्षः वास्तवमा यो अतिनै दुखलाग्दो घटना हो जसको केहि छैन उसैलाई दैवलेपनि सताउंदो रहेछ आज वहाहरुको पासमा जे थियो आफनो देश तथा अतितको चिनोको रुपमा त्योपनि गुमेको छ र वहाहरु भावनात्मक रुपमा अझ असहाय भएकाछन् र हामीले आफनो तर्फवाट जे जस्तो सहयोग हुन सक्छ गरि रहेका छौ त्यस घटनाको लगतै हामीले एक लाख रुपया तुरुन्तै केरिटास सस्थाको मार्फत दिएका छौ र युरोपेलि क्यानेडा लगायतकासाथीहरुलेपनि आर्थिक सहयोग पठाएकाछन् ।
सम्वादाताः हालै झापाको गोलधाप शरणार्थी शिविरमा आगलागिलाई अन्तराष्ट्रि्य संघ संस्थाहरुलेपनि सहयोग गरिरहेकै छ तर तपाईहरुले पठाउनुभएको सहयोग के मा प्रयोग गर्न चाहनुहुन्छ र यहा अन्य संघ संस्थाहरुवाट कस्तो सहयोगको अपेक्षा राख्नु हुन्छ त ?
अध्यक्षः हामीले पहिलो चोटी पठाएको सहयोग त्यहाका वाल वालिकाहरुलाई तत्काल कपडा तथा दैनिक उपभोगका सामान किन्न सहयोग गरेका हौ र हामी यहा रहेको नेपाली संघ सस्ंथाहरुलाई पनि सहयोग मागेका छौ आसा छ वहाहरुलेपनि सहयोग गर्नुनै हुनेछ र हाम्रो ध्यान भने अहिले त्यहा फैलन लागेको हैजाको रोकथामहो र त्यस्को लागी हामीले जसरी भएपनि सहयोग पुर्याउनु आज अति आवस्यक छ ।
सम्वादाताः थापाजी प्रशंग वदलौ आज नेपालवाट न्यु हेम्पसायर टेक्सास र वर्लिग्टनजमा केहि शरणार्थी परिवारहरु आई सकेका छन् र अन्य आउने क्रम जारी छ यहाहरुले यहा आउने साथीहरुलाई के कस्तो सहयोग पुर्याउने योजना वनाउनुभएको छ र वहाहरु कहिले आउंदै हुनुहुन्छ केहि जानकारी गराउनु हुन्छकि?
अध्यक्षः धु्रवजी यो चाहि हामीले एकदमै सिरियस भएर सोचेका छौ तर को को कहिले आउछन् भन्ने खवर चाहि नेपालको सिविरवाट हिढनेहरुलाई पनि थाहा हुदैन सायद वहाहरुको सुरक्षाको कारणले होला वहाहरुलाई तयार भएर वस्नु कुनै दिन पनि जानुपर्छ भनिएको छ र आउने अघिल्लो दिनमात्र हामीलाई थाहा हुन सक्छ र वहाहरुको स्वागत यहागर्न हामीहरु त्ायार छौ र वहाहरुलाई यहा आईपर्ने सम्पुर्ण सरकारी कागज पत्र वनाउन हामीले सहयोग पुर्याउने कार्यक्रम रहेको छ र त्यस लगायत आईपर्ने सवै कुराहरुमा हाम्रो संस्थाको मार्फत सहयोग पुर्याउने छौ्र । साथै शिव कुमार राईज्यु र किरात समुहले गरेको शरणार्थीहरुको स्वागत साच्चैनै प्रशंसनिय छ र आशा छ अमेरिकाको हरेक सहरहरुमा सरणार्थीहरु आउदा नेपाली समुदायले त्यसै गरि स्वागत र सहयोग गर्नुहुनेछ । यो समस्या हामी सवैको सामुहिक समस्या हो र हरेक नेपाली तथा भुटानीहरुले यो विदेशी भुमीमा एकजुट भएर अघि वढन सकेमात्र हाम्रो अस्तित्व यो देशमा समेत उच्च रहने छ ।
सम्वादाताः थापाजी एउटा संस्थाको अध्यक्ष र अमेरिकामा वसेको एक अनुभवीको हैसियतमा आउदो दिनहरुमा आउने सरणार्थीहरुलाई के कस्तो सल्लाह र सुझाव दिन चाहनु हुन्छ जस्ले गर्दा वहाहरुलाई यहा आउदा कुनै प्रकारको अशुविधाहरु नपरोस्
अध्यक्षः धन्यवाद ध्रुवजी यो चाहि वास्तवमै अतिनै महत्वपुर्ण प्रश्नहो जस्लाई ध्यानमा राख्न सकिएन भने इमिग्रेशनमा तथा वाटोमा साह्रै दुख भोग्नुपर्छ जस्को तितो अनुभव मेरै परिवार आउदाको पनि छ त्यो के हो जहिले पनि आफनो डकुमेन्ट सुरक्षीत तरिकाले राख्ने र परिवारको सदस्य साथमै वस्ने हाम्रो मा पासपोर्ट नभएकोले गर्दा यो सव समस्या आउछ र त्यही डकुमेन्टको आधारमा अध्यागमनले अमेरिका छिर्न दिन्छ र वाटोभरि आफनो डकुमेन्ट साथमा राख्ने र त्यस्तै अशुविधा आईपरेमा आफनो समस्या एयरपोर्टमा हामिलाई सहयोग गर्न खटिएका कर्मचारीलाई जानकारी गराउने र एक दमै न अत्तालिई समस्याको समाधानतिर लाग्ने । विशेष प्रत्येक देशका अधिकारीहरुले हामीलाई विशेष सहयोग पुर्याउदै आफनो गन्तव्य स्थान सम्मै पुराउन समेत मद दगर्न सक्छ तर त्यसको आधार भनेकै आफनो डकुमेन्ट हो ।
एउटा भावनात्मक प्रश्न राखौ यहाहरुलाई आफनो जन्मभुमि भुटानको याद कत्तिको आउछ र एक दिन फेरि आफनो गाउ सहर हेर्न पाइएला
वास्तवमै यो अतिनै भावनात्मक प्रश्न हो आज पन्ध्र वर्ष देखि निर्वासित जीवन विताई रहको छौ तर कहिलेपनि एस्तो दिन छैन होला जुन दिन हामीले आफनो अस्तित्व र देशलाई भुलेको हुन्छौ आफनो जन्म भुमि र जन्म दिने आमालाई कस्ले भुल्न सक्छ होला र आशा गरौ एक दिन हामी पनि आफनो देश फर्केर जान सकौ कमसे कम आफना सन्तानलाई एक पल्ट भएपनि यो तिम्रो देशहो भनेर चिनाउन सकौ यहि सपना वोकेर हामी सवै वाचिरहेका छौ ।
अन्तमा मैले सोध्न छुटाएको र यहांलाई भन्न मनलागेको केहि कुराहरु छन् कि?
अन्तमा फेरिपनि यहालाई धन्यवाद दिन चाहन्छु र अहिले अमेरिका लगायतका देशहरुमा शरणार्थीहरु आउने क्रम सुरुभई सकेको छ र जहि गएपनि आफनो अस्तित्व जोगाएर आफनो भाषा सस्कृति र देशलाई सधै माया गरौ यो नै हाम्रो धरोहर हो र हरेकले आफनो स्थानवाट जे जस्तो सहयोग पुर्याउन सक्छौ सहयोग गरौ । साथै यहा हामी एकजुट भएर मिलेर अन्य समुदायको सामु आफनो पहिचान वनाउन सकौ यहि चाहना छ आउने सवै भुटानी सरणार्थी परिवारहरुलाई ।

Related Posts

  1. म त्यसबेला तिम्रो सिपाही बन्नेछु
  2. नेपालको माया –गीता थापा
  3. तिमी आउँछौ भनेर

Install the ratings plugin

Popularity:
991 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.