समाचारहरु, साहित्य(कबिता, कथा, लेख) NEWS

भारतमा अनेसास गठन तथा अन्तर्राष्ट्रिय नेपाली पत्रकारितावारे विचार गोष्ठि

Published by on June 28, 2010

समाचार
भारतमा अनेसास गठन तथा अन्तर्राष्ट्रिय नेपाली पत्रकारितावारे विचार गोष्ठि
- [2008-06-28]
भारत २६ जून कमल खवास भारत पश्चिम बंगालको दलिसंहपाडा स्थित जस बहादुर राणा पस्तकालयमा एक विषेस कार्यक्रमको आयोजना पुस्तकालयका संस्थापक तथा साहित्य अकादमी नयु दिल्लीका नेपाली साहित्यका सल्लाहकार सदस्य विभिन्न संघ संस्थाका प्रमुख करिव दुई दर्जन भन्दा बढि पुस्तकका लेखक सम्पादक तथा परमानन्द नेपाली हाई स्कुलका प्रधान अध्यापक श्री जीवन राणाको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथी हालै अमेरिकाको क्यालिफोर्नियावाट आउनु भएका नेपाली कवि गीतकार तथा स्वतन्त्र पत्रकार धु्रव थापालाई पुस्तकालयका तर्पुवाट कल्याण पोखरेलले खादा पहिराई स्वागत गरेका थिए भने नेपाली साहित्य परिषद तथा प्रेस एसोसिएसन अफ डुवस्रका तर्फवाट प्रभात थापालेपनि खादा पहिराई स्वागत गर्नुभएको थियो साथै यस कार्यक्रमको संचालन समेत वहालेनै गर्नुभएको थियो । त्यसै गरि कल्याण संघ तथाdsp_program_055 पुस्तकालयको तर्पुवाट मदन कालीकोटेलेपनि स्वागत तथा सम्वर्धन गर्नुभएको थियो ।
कार्यक्रमको पहिलो चरणमा पुस्तकालयको तर्फवाट स्थानिय वरिष्ठ समाजसेवी तथा साहित्यकार वरुण थापाले स्वागत मन्तव्य दिनुभएको थियो भने उपस्थित अन्य महानुभावहरुलेपनि आ आफनो मन्तव्य दिएका थिए ।

कार्यक्रका प्रमुख अतिथीको आसनवाट धु्रव थापाले अन्तराष्ट्रि्र नेपाली पत्रकारिताकोवारेमा जानकारी गराउदै विश्वको विभिन्न देशहरुमा वसोवास गर्ने नेपाली समुदायहरुले हालै लगभग तीसवटा जति अनलाईन पत्रिका संचालन गरेको र विश्व समुदायमाँझ नेपाली पत्रकारिताको स्थानपनि अव पछि नरहेको जानकारी गराउनुभएको थियो। वहाँ आफैपनि नेपलीज अमेरिकन जरनलिस्ट एसोसिएसनका संस्थापक सदस्य रहेको र हालै अमेरिका जस्तो देशमापनि नेपाली खवर पत्रिकाहरु प्रकासन भई रहेको जानकारि गराउदै त्यहावाट प्रकासनहुने नेपाली खवर पत्रिका विश्वपरिक्रमाको वारेमा जानकारी गराउनुभएको थियो भने आफुसमेत उक्त पत्रिकाको स्थापना कालदेखिनै प्रतिनिधि रहेको जानकारी गरानु भएको थियो । वहाँले अमेरिका छदानै एउटा गीती एल्वम अल्टिमेट टार्गेट समेत वजारमा ल्याएको र आफनो कविता संग्रह प्रकासन हुनै आटेको समेत जानकारी गराउनु हुदै विश्वको विभिन्न देशमा रहेका नेपालीहरुले साहित्यको जर्गेनागर्न के कस्तो भुमिका निर्वाहगरिरहेकाछन् भन्नेवारे समेत प्रकासपार्नुभएको थियो । आफु अमेरिकावाटै विश्वको विभिन्न देशहरुवाट संचालित अनलाई तथा खवर पत्रिकाहरुमा मिडिया प्रतिनिधिको कामगरिरहेको जानकारी गराउनुभएको थियो । हालै वहाँले अमेरिका लगायत जापान नेपाल दुवई मलेसिया वेलायत तथा युरोपवाट संचालित नेपाली अनलाईन पत्रकारहरुमा स्वतन्त्र पत्रकारको हैसियतमा सहयोग पुराउदै आएको जानकारी समेत गराउनुभएको थियो ।

dhप्रमुख अतिथि थापाले आफनो मन्तव्यको क्रममा हालै अमेरिकाको वािसंगटन डिसीवाट संचालन भएको र विश्वको विभिन्न देशहरुमा अफनो साखा विस्तार गर्न र नेपाली साहित्यको विश्व संजाल स्थपना गर्न सक्षम अन्तराष्ट्रिय नेपाली साहित्य समाजको वारेमा जानकारी गराउदै यस्को एक साखाको रुपमा भारतमापनि स्थापना गर्न यहाको युवा साहित्यकारहरु उत्साहित रहेको जानकारी गराउनुभएको थियो भने उक्त साहित्य समाजका क्यालिफोर्निया इकाईका अध्यक्ष समेत रहनुभएका अतिथी थापाले आफुपनि यहा साखा गठन गर्न उत्सुक रहेको जानकारी गराउदै यस्को स्थापनाको लागि आफुयहा रहदानै पहल गर्ने समेत जानकारी गराउनुभएको थियो ।
कार्यक्रमा मोनिका रानाद्धारा केहि कविताहरुकोपनि वाचन गरिएको थियो भने कार्यक्रमको अन्तमा साहित्यकार तथा साहित्य अकादमीका प्रतिनिधी श्री जीवन राणाले सवैलाई धन्यवाद दिदै निकट भविष्यमानै अन्तराष्ट्रिय नेपाली साहित्य समाजको गठनगर्ने जानकारी गराउदै नेपाली पत्रकारिताको वारेमा जानकारी गराउनु भएको थियो । वहाँले आफनो मन्तव्यको क्रममा नेपाली साहित्य र विशेष गरेर पत्रकारितामा यस स्थानको योगदान र महत्वको वारेमा समेत प्रकासपार्दै युवापिढीलाई आउदो दिनहरुमापनि यस कार्यलाई निरन्तरता दिदै आफनो पहिचान वनाउन समेत आग्रह गर्नुभएको थियो । आफु सधै भाषा साहित्य र शिक्षाको माध्यमवाट समाजमा जनचेतना जगाउने र यस क्षेत्रमा सोधकार्यलाई सधै प्राथमिकतादिने समेत जानकारी गराउनुभएको थियो भने लेखक तथा समाजसेवी प्रभात थापालेपनि अफनो मन्तव्यको क्रममा यस भेकमा भई रहेको साहित्यीक गतिविधीको जानकारी गराउदै आफनो जातिय तथा भाषाको पहिचानलाई वचाई राख्न युवा पिढीहरु अझ वढि जागरुक हुनुपर्ने कुरालाई जोड दिदै दलिसंहपाडामा यस पुस्तकालयको आयोजनामा विगतका दिनहरुमा धेरै साहित्यीक कार्यक्रमहरु भएको र करिव दुई दर्जन भन्दा बडि पुस्तक प्रकासन तथ पत्रिका प्रकासन गरेको जानकारी गराउनुभएको थियो ।

Related Posts

  1. अनेसास साहित्यक श्रीन्खलाको दशौ कार्यक्रम टोकियोमा
  2. प्रवासी नेपाली संगठनको अन्तर्राष्ट्रिय ऐक्यबद्धता
  3. अनेसास न्यूयोर्क च्याप्टरको नेपाली भाषासाहित्य कार्यशाला
  4. प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनु २०६६ सन् २०१० काठमाडौं नेपाल पाँचबुँदे घोषणापत्र
  5. काठमाडौंमा अन्तर्राष्ट्रिय नेपाली साहित्य उत्सव सम्पन्न
  6. अनेसास. इजरायलद्वारा गजल लेखन कार्यशाला र साहित्यीक सम्मेलन
  7. प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
  8. अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सफल पार्न सबैमा अनुरोध

Install the ratings plugin

Popularity:
821 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item
Tagged with: , , , , ,

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: