समाचारहरु NEWS

२८४८ औ सोनम ल्होछार भब्यताका साथ सम्पन्न ।

Published by Hamrosamaj on January 24, 2012

२८४८ औ सोनम ल्होछार भब्यताका साथ सम्पन्न ।

प्रेम स्याङतान तामाङ

दोहा ÷ कतार

 

“राष्ट्रब्यापी मनाऔ ल्होछार पर्व, नेपालीभनी गरौ गर्व” भन्ने मुलनाराका साथ नेपालप्रवासीतामाङ समाज दोहा कतारले २८४८ औं डुक( ड्राईगन) सोनमल्होछार पर्व जनवरी २० तारिख शुक्रवारकादिनगल्फप्याराडाइज होटलमा भब्यताका साथ सम्पन्नभएको छ । समाजका अध्यक्ष शंखलाल तामाङको अध्यक्षतामा सम्पन्न भएको ल्होछार कार्यक्रममा प्रमुखअतिथिको रुपमा नेपाली नियोगका नियोग प्रमुख डा. सूर्य नाथमिश्र रहेकाथिए । प्रमुखधर्मगुरु थर्च लामाविशेष अतिथिमा नेपालप्रवासीआदीवासी जनजातीमहासंघ कतारकाअध्यक्षमानवहादुर साँवालिम्वु रहेकाथिए ।द्धितियि उपाध्यक्ष रमि तामाङले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागतमन्तब्यदिईएकीथिईन् । उपस्थित सम्पूर्णले अतिथिहरुले नेपालको राष्ट्रिय गानगाए पछि प्रमुखअतिथि, विशेष अतिथि र अतिथिहरुवाट दिपप्रज्वलनगरि वुद्धको प्रतिमामाखादाअर्पण गरि कार्यक्रममको समुदघाटन गरिएको थियो ।

 

त्यसपछितामाङ जातीको कला, साँस्कृतिझल्कने खालका झाँकीहरु लामा गुरु, डम्फुरेहरु, वोन्वो झाँकी, सोलीवोक्ने, सगुनपोङ, बुद्धको झण्डा र नेपाली झण्डा वोकेर झाँकीप्रदर्शन गरिएको थियो । विदेशीहरुले पनिनिकै उत्साहजनक रुपमाअवलोकनगरिएकाथियो । नेपालप्रवासीतामाङ समाजका सहकोषाध्यक्षतथाल्होछार कार्यक्रमका संयोजक रोशन दोङ्ग तामाङले कार्यक्रमको वारेमा छोटो जानकारी गराईएकाथिए ।

नेपालीनियोगकानियोग प्रमुख डा. सुर्यनाथमिश्रको ४ वर्षे कार्यकाल समाप्तभएर नेपालफिर्ति हुनलागेको अवसरमातामाङ समाजले सोहील्होछार कार्यक्रममा विशेष अतिथि नेपालआदीवासीजनजातीमहासंघ कतारका अध्यक्षद्धारा सम्मानपत्रप्रदानगरि सम्मानगरिएको थियो भने प्रमुख सल्लाहकार शुक वहादुर तामाङ र सभापतिशंखलाल तामाङद्धारा खादाओढाई सम्मान गरेकाथिए । लामा गुरु थर्च लामाद्धारा तामाङ जातीहरुको (नयाँवर्ष) ल्होछारको वारेमाउपस्थित सम्पूर्णलाई जानकारी गराईएकाथिए ।

ल्होछारको शुभकामनामन्तब्यदिनेहरुमा नेपालप्रवासीमुस्लिम सेवा समाजकाअध्यक्षमाकसुद आलाम, ब्यवसायीतथा समाजसेवीवद्री प्रसाद पाण्डे, मातृसंस्थाहरुको तर्फवाट थारुकल्याणकारी समाजकाअध्यक्ष ई. विद्यानन्दचौधरी ,एनआरएनआइसीसीका डेपुटी यूथकोअर्डिनेटर आशिस सेरचन, नेपाल प्रवासी तामाङ समाजका प्रमुख सल्लाहका सुक

वहादुर तामाङ, विशेष अतिथि नेपालआदीवासीजनजातीमहासंघ कतारकाअध्यक्षमानवहादुर साँवालिम्वु, तामाङ जातीहरुको नयाँवर्ष ल्होछारको अवसरमा सम्पूर्णलाई शुभकामनादिएकाथिए ।

प्रमुखअतिथिनियोग प्रमुख डा. सूर्यनाथमिश्रले ल्होछारको शुभकामनादिंदै भने कतारमाक्रियाशिल संस्थामध्य नेपालप्रवासीतामाङ समाजपनि एक हो । विदेशमा रहेर पनिआफ्नो जातीको कला, संस्कृति, धर्म जोगाउने कार्यमा सकृय भएर निरन्तर लागिएकोमा सवै तामाङ दाजुभाई तथादिदीवहिनीहरुलाई नेपालीनियोगको तर्फवाट तथाब्यक्तिगततर्फवाट धन्यवादतथाशुभकामना दिए । नियोगभनेको मुलुक र मुलुकवासीको हकहितको लागिखोलिएको हो । सम्पूर्ण नेपालीहरुले नयाँआउने नियोग प्रमुखलाई पूर्ण निष्ठका साथ सल्लाह सहयोग गर्न पनि अनुरोध गरे । हाम्रो राष्ट्रमा उत्पादनको पर्याप्तमात्रमा सम्भावना छ तर लगानीगर्न नसक्नुकाकारण राजनितिक अवस्थाकाकारणले गर्दा अहिले देशको यो अवस्था सृजनाभएको बताए । सभापतिशंखलालतामाङले उपस्थितप्रमुखअतिथिविशेष अतिथि र अतिथिहरुलाई २८४८ औं डुक सोनमल्होछारको शुभकामनमन्तब्य पछि औपाचारिक कार्यक्रमको समापनभएको घोषण गरि दोस्रो साँस्कृतिककार्यक्रम शुरु गरिएको थियो ।

सुजन गोले तामाङर श्यामग्लानतामाङको स्वरमा तामाङ नृत्य सहितको स्वागतगीत (फयाफुल्लाहोई फयाफुल्ला )माकलाकारहरु विनोद, सन्तोष, कमान, सुमन, बलेन्द्र, अनिता, संगीता, रेली, विनाआदीकलाकाहरुको नृत्य प्रदर्शन गर्दे स्वागत गरेकाथिए । म्हेन्दोमायागीतमा नृत्य गर्ने कलाकारहरुमा (मोहनप्रकाश, प्रदीप, साल्मो, माया र रविना) रहेक थिए । नेपालवाट आएकाअतिथिकलाकार रामवावु योञ्जनले आफ्ना निकै चर्चित राम्रा राम्रागीतहरु पस्केर उपस्थितदर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकाथिए । स्थानियचर्चित गायकहरु कुन्साङ्गवाईवा, विपिनलिम्वु (दर्शन नमस्ते), लोक गायकवावुरामले लोक गीतगाएर दर्शकहरुलाई निकै मनोरञ्जन दिएकाथिए । लाहुरे दाई खुकुरी भिरेको भन्ने वोलको गीतमा (सन्तोष र विना), लैवरी म्हेन्दो च्याट्टैमा ( विनोद, अनिता, सन्तोष र संगीता), हेलम्वुको बजारमाभन्नेकावोलको गीतमाउमेश, हरी र सन्तोष रहेकाथिए ।कुनश्रृष्टीको परी हौ तिमीमा (सुमन र विना ) मायागरि किनिदिए (बलिन्द्र र अनिता) त्यसैगरी तामाङ भाषाको गीत तेरतोर ल्हालाह्रीन्हाङरी वोलमा (संगीतालामा र रेली)को निकै आकार्षक रहेको थियो । लाहुरे म त सोल्टिना वोलको गीतमाविनोद र अनितानाचु नाचु लाग्यो मलाईमा सरु लामाले नृत्य गरेकीथिईन् ।

 

अन्यअतिथिहरुमा नेपालप्रवासी मगर समाजका प्रमुख सल्लाहकार देव बहादुर राण मगर, किराँत याक्थुम चुम्लुङ भुपतिलिम्बु, तमु बौद्ध सेवा समितिशाखाका उपाध्यक्ष कृष्ण गुरुङ, किराँत राई यायोख्खाकाअध्यक्षचन्द्र शेर राई, थारुकल्याण कारिणीसभा कतार च्यप्टरका सभापति ई. विद्यानन्दचौधरी,प्रवासी दराई समाजकाअध्यक्ष ज्ञानेन्द्र दराई , प्रवासीभुजेल समाजकाअध्यक्ष टंक भुजेल, सुनवार सेवा सामाजका अध्यक्ष रामवहादुर सुनवार, नेवापुचःकतारकाउपाध्यक्षकिसोर महर्जन,नेपालएयरलाईन्सका कन्ट्रिमेनेजर विजयक्रिमशाह, एनआरएन आइसीसीका डेपुटी यूथकोअर्डिनेटर आशिस सेरचन, एनआरएन एनसीसीका अध्यक्ष अमृत गुरुङ्ग, नेपालव्यावसायिसंघ कतारकाअध्यक्ष राजिव डंगोल, व्यावसायिहरुहिमालगिरी, भिम घले रामकुमार श्रेष्ठ, नरेन्द्र सेन ठकुरी, कालमानवाईवा, समाज सेवीधनमानतामाङ, फिल्मनिर्देशकभविन्द्र तामाङ, लगायतविभिन्न सामाजिक संघसंस्थाकाप्रतिनिधिहरु नेपलाीदाजुभाई तथादिदीवहिरुलगायतविदेशीपाहनुहरुको निकै वाक्लो उपास्थिति रहेको थियो । औपचारिक कार्यक्रमको संचालनमहासचिवमाईलातामाङले गरेकाथिएभने साँस्कृतिककार्यक्रमप्रथमउपाध्यक्षकुमार मोक्तानतामाङ र श्यामकुमार ग्लानतामाङले अत्यन्तै रोचकपूर्वक संचालन गरेकाथिए ।

 

 

 

Related Posts

  1. ल्होछार साँझ” मा याँहाहरुको उपस्थितिको लागी हार्दिक निमन्त्रणा
  2. बोस्टन तमु समाजको आयोजनामा बोस्टनमा ल्होछार साँझ कार्यक्रम हुने
  3. तमुहरुको महान चाड “ल्होछार पर्व” मा हार्दिक निमन्त्रणा
  4. शोकका कारण पोर्तुगलका शेर्पाहरुले ल्होछार नमनाउने
  5. उत्तरी क्यालीफोर्निया तमु समाज को ल्होछार आगामी जनवरी (२०१२)
  6. कोलोराडोमा यस बर्षको ल्होछार सुसम्पन्न
  7. रोजगारमुलक कार्यक्रमको सहयोगार्थ सामुद्रिक जलक्रिदा टुर भब्यताका साथ सम्पन्न
  8. कोरियामा लखन थापा स्मृति कप मैत्रिपूर्ण भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न

Install the ratings plugin

Popularity:
41 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.