समाचारहरु NEWS
अमेरिकामा सांगीतिक कार्यक्रमका लागि कलाकारहरु आइपुगे
Published by Hamrosamaj on January 26, 2012
अमेरिकामा सांगीतिक कार्यक्रमका लागि कलाकारहरु आइपुगे
बाल्टिमोर,अमेरिका,जनवरी २६ । अमेरिकामा रहेका नेपाली दर्शक एवं संगीत पारखीहरुलाई रोचक कार्यक्रम गरेर मनोरञ्जन दिलाउने उद्देश्यसहित नेपालबाट कलाकारहरुको समुह न्यूयोर्क आई पुगेको छ । एक महिने सांगीतिक यात्राको कार्यक्रम लिएर आएको यो टोलीले अमेरिकाका विभिन्न शहरमा कार्यक्रम गर्ने तयारी गरिरहेको छ । कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी लिएका छन् नेपाल अमेरिका प्रेस क्लवका अध्यक्ष शिव विष्ट र नोबल कन्सट्यान्सीका अध्यक्ष सोम नाथ घिमिरेले ।

बिष्ट का अनुसार यो सांगीतिक यात्राको टोलीमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा,नायक दिवस उप्रेती र नायिका युना उप्रेती,गुरुङ चलचित्रकि नायिका मीरा गुरुङ सहित तीतो सत्यका निर्मल शर्मा( गैंडा), गोपाल नेपाल (फिष्टे),गायक नरेन्द्र प्यासी,गायिका मल्लिका कार्की,लोक गायक बिमल डाँगी र रंगपत्रकार एवं रेडियो कार्यक्रम सञ्चालक जयप्रकाश रिजाल रहेका छन् । यो कार्यक्रमको सल्लाहकारहरुमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ लोकगायक प्रेमराजा महत ,चन्द्रप्रकाश शर्मा र सोमनाथ घिमिरे रहेका छन्
स्थानीय तहमा कार्यक्रम आयोजना गर्न चाहनेहरुले फोन नम्वर ४४३ -९२७- ६४५६ मा आफूसँग र ९१७-७४२-७५६६ मा सोम नाथ घिमिरे सँग सम्पर्क गर्न पनि नेपाल अमेरिका प्रेस क्लवका अध्यक्ष शिव विष्टले आग्रह गरेका छन् । फेब्रुअरीको तेश्रो साता बाल्टिमोरमा कार्यक्रम गर्ने तयारी गरिरहेको पनि विष्टले जानकारी दिएका छन् ।
साथै सम्पूर्ण कलाकारहरुलाई गत आइतवार बाल्टिमोरमा वरिष्ठ लोकगायक प्रेमराजा महतले एक रात्री भोजको आयोजना गरी आफ्नै निवासमा उहाकी धर्मपत्नी कविता महत र परिवार का सम्पूर्ण सदस्यहरु लगायत अन्य सामजिक सङ्घ सस्थाका प्रतिनिधीहरुले भब्य स्वागत गर्नु भएको थियो । कलाकारहरुको सो टोली सोमबार साँझ पून न्यूयोर्क प्रस्थान गरेको छ।
Related Posts
- सगरमाथा साँस्कृति कार्यक्रमका कलाकारहरु कोरिया प्रस्थान
- राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु सम्मिलित 48 सदस्यीय नयाँ कार्यकारी समिती निर्माण
- सगरमाथा साँस्कृतिक कार्यक्रमका कलाकार छनोट पुरा
- हार्दिक निमन्त्रणा – नव बर्ष- २०६८ एक सांगीतिक उत्सब
- डेविसमा दसैँ तिहार सांगीतिक साँझ नेपालका चर्चित कलाकारहरुकासाथ सम्पन्न
- “नमस्ते अमेरिका टोलीले कोलोराडोलाई पनि आफ्नो सांगीतिक प्रस्तुतिले रोमान्चित तुल्यायो । “
- बे एरियामा नेपाल महोत्सव २०१० विभिन्न कार्यक्रमका साथ सम्पन्न
- बे एरिया मा नया क्लब क्रियेटिव नेपालको स्थापना,पिकनिक कार्यक्रमका साथमा


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....