प्रमुख समाचार
  • बिश्व ब्यापी अनलाईन साहित्य प्रतियोगितामा सहभागी हुन आवहान !!!

    बिश्व ब्यापी अनलाईन साहित्य प्रतियोगितामा सहभागी हुन आवहान !!!

    बिश्व ब्यापी अनलाईन साहित्य प्रतियोगितामा सहभागी हुन आवहान !!!   आजको बदलिदो २१ औ सताब्दीमा हामी आधा आकाश नै ओगटेको महीलाहरुको संख्या भए पनि आफुमा भएको कला गला,र क्षमता गुम्सियर राख्नु पर्ने वाध्यता पनि छ| खास गरी पुर्बिय मुलुकमा बिद्यामान अब्यब्यहारिक सामाजिक संस्कार र मान्यताहरुको सिकार भएका महिलाहरु जस्ले आफु भित्र रहेका ...

    बाकी समाचार.......

  • इजरायलमा २५५६औँ बुद्धजयन्ती भव्यताका साथ सम्पन्न

    इजरायलमा २५५६औँ बुद्धजयन्ती भव्यताका साथ सम्पन्न

    इजरायलमा २५५६औँ बुद्धजयन्ती भव्यताका साथ सम्पन्न   हरि मानन्धर, इजरायल इजरायलको मुख्य शहर तेलअविव स्थित लेवेन्स्की पार्कमा सन २०१२ मे १२ शनिबार बिहान ११ बजे देखि खुल्ला मंचमा शान्ति –याली सहित धार्मिक विधीअनुसार पाठ पूजाबाट कार्यक्रम आरम्भ गरि मनाइयो । उक्त कार्यक्रम शेर्पा समाज इजरायलका अध्यक्षको सभापतित्वमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रम नेपाली ...

    बाकी समाचार.......

  • 2556th Buddha Jayanti Celebrated in Los Angeles, CA:

    2556th Buddha Jayanti Celebrated in Los Angeles, CA:

    2556th Buddha Jayanti Celebrated in Los Angeles, CA: May 6, 2012 Claremont, CA ~ Gokul Poudyal, Los Angeles Everybody present at this auspicious event at beautiful Claremont Lincoln University Mudd Theatre, was so proud to present Lord Buddha, from Nepal. More than 250 enthusiastic community members, children, bhikshunis, bhikshus, intellectuals, Shree Pashupatinath Foundation, USA ...

    बाकी समाचार.......

  • ANA SOUVENIR 2012 Announcement

    Namaste and Greetings from ANA SOUVENIR Editorial Team. We are happy to announce that the ANA Editorial Team is working on the next issue of SOUVENIR for 2012. At this moment, we are soliciting short stories, articles, essays, poems in Nepali and English in about 1000 words from interested writers.  Please email ...

    बाकी समाचार.......

  • यूएईको दुवईमा अमर बचाउ अभियान सुरु

    यूएईको दुवईमा अमर बचाउ अभियान सुरु

    यूएईको दुवईमा अमर बचाउ अभियान सुरु यूएई - यूएईको दुवईस्थित जेलमा मृत्युदण्डको फैसला सुनाईएका निर्दोष नेपाली अमर बहादुर बमलाई बचाउन प्रवासी नेपाली समन्वय समितिको पहलमा अमर बचाउ अभियान सुरु गरेको छ । अमर बचाउ अभियानद्धारा एक प्रेश विज्ञप्ति प्रकाशित गर्दै उक्त कुराको जानकारी गराएको हो । दुबईको इन्डियन क्लबमा भारतीय नागरीक शरद ...

    बाकी समाचार.......

  • रूसवासी नेपालीहरूद्वारा बुद्धजयन्ती मनाउँदै शान्तिदीप प्रज्ज्वलन- कृष्णप्रकाश श्रेष्ठ

    रूसवासी नेपालीहरूद्वारा बुद्धजयन्ती मनाउँदै शान्तिदीप प्रज्ज्वलन- कृष्णप्रकाश श्रेष्ठ

    रूसवासी नेपालीहरूद्वारा बुद्धजयन्ती मनाउँदै शान्तिदीप प्रज्ज्वलन कृष्णप्रकाश श्रेष्ठ मास्को, ६ मेई २०१२ (आइतवार) । मास्कोबाट दक्षिण-पश्चिम दिशामा झण्डै ९० किलोमिटर टाढा कालुगा अञ्चलमा अवस्थित 'एत्नोमिर' ('नृवंशलोक') नामक एक विश्वग्रामअन्तरगत रूसमा रहेका नेपालीहरूको लगानीमा नेपाली वास्तुकला एवं संस्कृतिको प्रतिनिधित्व हुने किसिमबाट निर्मित 'नेपाली घर' ('नेपालमण्डप') को प्राङ्गणमा भेला भई त्यहाँ बनेको चैत्यवरिपरिको ...

    बाकी समाचार.......

  • सान फ्रान्सिस्को, क्यालिफोर्नियामा साकेला -उभौली सम्पन्न

    सान फ्रान्सिस्को, क्यालिफोर्नियामा साकेला -उभौली सम्पन्न

    सान फ्रान्सिस्को, क्यालिफोर्नियामा साकेला -उभौली सम्पन्न क्यालिफोर्निया प्रतिनिधि सान फ्रान्सिसको मे ६ आज बैशाखे पुर्णिमाको दिन उत्तरी क्यालिफोर्नियाको प्रसिद्ध शहर सान फ्रान्सिस्कोको गोल्डेन गेट पार्कमा नेपालको एक सुप्रशिद्द आदिवासी जाति किराँतहरुको साकेला उभौली-२०१२ भव्य रुपमा सम्पन्न भएको छ। यस सान फ्रान्सिस्को वे एरियामा बसोबास गर्ने जनजातिहरू मध्य शेर्पाहरूको शेर्पा ल्होसार, गुरुङहरूको तमु ल्होसार र ...

    बाकी समाचार.......

  • अब केहि दिन भित्रै (एन सी सी कोअर्डिनेसन कमिटी) बनाइ युद्धस्तरमा सामुदायिक केन्द्रको कार्य अगाडी बढाउने -घन प्रसाद दवाडी

    अब केहि दिन भित्रै (एन सी सी कोअर्डिनेसन कमिटी) बनाइ युद्धस्तरमा सामुदायिक केन्द्रको कार्य अगाडी बढाउने -घन प्रसाद दवाडी

    नेपाली सामुदायिक केन्द्र (NCC) को अबधारणा लाई अगाडी सारी यस्को खाका तयार गरी Nepali community Centre को सख्त आबश्यकता छ भन्ने कुरा लाई अबगत गरी आफ्नो कार्यकालको बिशेश गरी पछिल्ला दिन हरु मा द्रुतगतिमा लागी पर्नुहुने भु पु अधक्ष यान राइ र उक्त अबधारणालाई साथ दिदै अगाडी बढ्न मद्दत गर्नुहुने ...

    बाकी समाचार.......

  • बर्कलीमा २५५६ औ बुद्ध जयन्ती समरोह सम्पन्न (more photos on sidebar)

    बर्कलीमा २५५६ औ बुद्ध जयन्ती समरोह सम्पन्न (more photos on sidebar)

    “शान्तिको अग्रदूत, एसियाका ज्योति , अहिंशाका प्रतिक” श्री भगबान गौतम बुद्धको २५५६ औ बुद्ध जयन्ती समरोह यहि मे महिनाको ५ तारिखमा बर्केली स्थित एडल्ट स्कुलको भवनमा धार्मिक रिति अनुशार लामा अंगुरले मन्त्रोचारण गरेर र बुद्धका ज्ञानका बारेमा प्रबचन र शान्तिको कामनाका साथ सम्पन्न भएको छ, यस कार्यक्रमको आयोजना क्यालिफोर्निया शेर्पा ...

    बाकी समाचार.......

  • फेरी सामुदायिक भबनकै प्रसँग

    फेरी सामुदायिक भबनकै प्रसँग। आदर्णीय बे-एरिया समाज, सबै भन्दा पहिले NANC ले सामुदायिक भबन बनाउने उद्धेस्यका लागि बे-एरियामा कृयासिल प्राय सबै संघ-सस्थालाई एकै ठाउमा ल्याएर महापुराणको आयोजना गरी जुन रकम उठाउन सक्यो यस अभुतपुर्ब कामलाई जो कोहीले पनि मुक्त कण्ठले प्रसंसा गर्नु पर्छ। यस सिर्शकमा बे- एरियाका नेपालीहरुका बिच उठेका केही जिज्ञासाहरु,चासोहरु र ...

    बाकी समाचार.......

  • मेरोदेशटिभी डटकम को औपचारिक उदघाटन l

    मेरोदेशटिभी डटकम को औपचारिक उदघाटन l

    मेरोदेशटिभी डटकम को औपचारिक उदघाटन l बाल्टिमोर ,अप्रिल २२ ,२०१२ का दिन भिन्न प्रकारको कार्यक्रम पस्कने र ल्याउने उदेश्य बोकेको मेरोदेशटिभी डटकमको औपचारिक उदघाटन एक भब्य समारोहका बीच सम्पन्न भयो l उक्त कार्यक्रम बिशेष संचार जगतमा अनुभव संगालेका र पुर्व नेपालका रास्ट्रिय संचार माध्यमा कार्यरत संचारकर्मीहरुको सयुक्त प्रयाशमा बिदेशमा नेपाली पन ...

    बाकी समाचार.......

  • न्यान्सको (NANC)पिकनिक विभिन्न मनोरंजनका साथ सम्पन्न

    न्यान्सको (NANC)पिकनिक विभिन्न मनोरंजनका साथ सम्पन्न

    न्यान्सको (NANC)पिकनिक विभिन्न मनोरंजनका साथ सम्पन्न ( More photos coming soon..) हाम्रो समाज, अप्रिल २१ , २०१२  उत्तरी क्यालिफार्नियाको नेपालीहरुको साँझा चौतारिको रुपमा चिरपरिचित संस्था नेपाल एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाको आायोजनामा विविध कार्यक्रमका साथ पिकनीक सन् फ्रान्सिस्को स्थित गोल्डेन गेट पार्कमा विभिन्न मनोरन्जनात्मक खेलहरुका साथ भलिबल खेलर र दोहोरी गाएर बडो ...

    बाकी समाचार.......

1 2 3 4 5 6 7 8 9 10 11 12

समाचारहरु NEWS

मास्कोमा नेपाली राजदूत-दम्पतिको सम्मानमा बिदाई समारोह सम्पन्न गरिने

Published by on January 27, 2012

मास्कोमा नेपाली राजदूत-दम्पतिको सम्मानमा बिदाई समारोह सम्पन्न गरिने

कृष्णप्रकाश श्रेष्ठ

रूस महासंघका लागि नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरूङ आफ्नो कार्यकाल समाप्त गरी छिटै स्वदेश फर्किन लाग्नुभएको हुँदा गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्ले नेपाली राजदूत-दम्पतिको सम्मानमा बिदाई समारोहको आयोजना गर्ने निर्णय लिएको छ ।

गैरआवासीय नेपाली संघ रूसको अग्रसरतामा रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, नेपाली नारी निकुञ्ज, नेपाली छात्रसंघ, विश्व नेपाली साहित्य महासंघ रूस शाखा, नेपाली खेलकूद तथा संस्कृति समाजलगायत रूसमा बसोवास गरिरहेका नेपालीहरूका विभिन्न संघसंस्थाहरूको तत्वावधानमा नेपालीहरूले आउँदो आइतवार ५ फेब्रुअरीका दिन मास्कोस्थित ‘पार्कपैलेस’ रेष्टुराँमा बिदाई समारोहको आयोजना गर्ने निर्णय गरेका छन् ।

श्री सूर्यकिरण गुरुङ सपरिवार सन् २००७ को २६ नभेम्बरका दिन मास्को आइपुग्नुभएको थियो । विगत ४ वर्षको उहाँको मास्को बसाइँकालमा नेपाली राजदूतावासमा सम्पन्न गरिएका विभिन्न कार्यक्रमहरू अर्थात् नेपालका विभिन्न ऐतिहासिक दिनहरूका साथै परम्परागत उत्सवपर्वहरू मनाउँदा र विभिन्न अन्तरक्रिया कार्यक्रम, साहित्यिक एवं वैज्ञानिक सम्मेलन र चित्रकला तथा फोटो प्रदर्शनीहरूको आयोजना गरिंदा त्यहाँ सानो नेपाल नै उपस्थित भएको प्रतीत हुनुका साथै नेपाली र रसियाली मित्रहरूबीच पारस्परिक चिनापर्ची र विचारविमर्श पनि हुने गरेको अहिले मलाई सम्झना भइरहेको छ । रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको समेत अग्रसरतामा नेपालको यात्रा गर्ने प्रथम रूसी विद्वान् इभान मिनाएभको नेपाल भ्रमणको १३० वर्ष तथा उनको १७०-यौं जन्मजयन्ती र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मशताब्दी मनाउन, नेपालका वरिष्ठ साहित्यकारद्वय डा. ध्रुवचन्द्र गौतम तथा डा. गोविन्दराज भट्टराईलाई ‘जय पृथ्वी – इभान मिनाएभ’ साहित्य-सम्मान प्रदान गर्न राजदूतावासमा आयोजित वैज्ञानिक सम्मेलनहरूका साथै नेपालका ऐतिहासिक फोटोहरू तथा नेपाली कला एवं पौभाचित्र र अन्य प्रदर्शनीहरूबाट धेरै रसियाली मित्रहरू प्रभावित भएको पनि म सम्झन्छु । त्यहाँ प्रदर्शित पौभाचित्रहरूमध्ये नेपाली विदुषी एवं चित्रकलाकार श्रीमती रेणुका गुरुङका सरस्वती तथा लक्ष्मी चित्राङ्कित दुइटा पौभाचित्र उहाँको अनुमतिबाट क्रमशः रूसी कवि भ्लादिमिर सिल्किनरचित नेपालविषयक कविताहरूको संग्रह ‘कामवाण’ एवं महाकवि लक्ष्मीप्रसाद देवकोटाकृत बालकविताहरूको सङ्ग्रह ‘सुनको बिहान’ को गातामा उतार्न पाइएकोमा मलाई गर्वको अनुभव भइरहेको छ ।

महामहिम राजदूत श्री सूर्यकिरण गुरुङको सहयोग तथा सक्रियतामा रूसको राजधानीबाट ९० किलोमिटर टाढा पर्ने कालुगा प्रान्तमा नेपाली तथा रूसी उद्यमीहरूको एक संयुक्त परियोजनाको रूपमा नेपाली वास्तुकलाको अनुपम नमूनास्वरूप निर्मित ‘नेपाली घर’ को शिलान्यास तथा मास्कोमा सम्पन्न भएको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको क्रममा २४ जुलाई २०११ (आइतवार) का दिन संसारका विभिन्न महाद्वीपका २५ देशहरूबाट आएका ४०० भन्दा बढी नेपाली सहभागीहरूका साथै दशौं रसियाली मित्रहरूको समेत समुपस्थिपतिमा त्यसको भव्य उदघाटन समारोह अविस्मरणीय घटना बन्न पुगेको छ ।

अन्तरक्रिया कार्यक्रमसहित बिदाई समारोहको आयोजनासम्बन्धी सूचनामा गैरआवासीय नेपाली संघ रूसका महासचिव डा. एकनारायण चापागाईंले जनाउनुभएझैं ‘आफ्नो कार्यकालमा महामहिम राजदूत श्री सूर्यकिरण गुरुङले हामीलाई अति नै माया र सद्भाव दिनुभएको छ र एक जिम्मेवार नागरिक र राजदूतको हैसियतले कार्यकाल पूरा गर्नुभएकोले हामी सबैको हृदयमा एउटा राम्रो छाप पार्न सफल हुनुभएको छ’ ।

मास्कोको एक महत्वपूर्ण राजमार्ग लेनिन्स्की प्रोस्पेक्टमा अवस्थित ‘पार्कपैलेस’ को जुन रेष्टुराँमा चार वर्षअघि २००७ को १५ डिसम्बर (शनिश्चरवार) का दिन नेपाली राजदूत-दम्पति श्री सूर्यकिरण एवं श्रीमती डली गुरुङको आगमनको उपलक्ष्यमा स्वागत समारोहको आयोजना गरिएको थियो त्यसै रेष्टुराँमा रूसमा बसोवास गरिरहेका नेपालीहरूको तर्फबाट बिदाई समारोह पनि सम्पन्न गरिने भएको छ ।मास्कोमा नेपाली राजदूत-दम्पतिको सम्मानमा बिदाई

२७ जनवरी २०१२ (शुक्रवार),

मास्को, रूस महासंघ ।

 

 

Related Posts

  1. सॄजना सांस्कृतिक समुहको उदघाटन समारोह नेपाली दुतावास रियादमा सम्पन्न
  2. मास्कोमा मेशिन रिडएबल पासपोर्ट हस्तान्तरण समारोह
  3. मास्कोमा नेपाल गणतन्त्र दिवसको उपलक्ष्यमा समारोह सम्पन्न -कृष्णप्रकाश श्रेष्ठ
  4. मास्कोमा नयाँ वर्ष २०६८ को उपलक्ष्यमा भव्य समारोह– कृष्णप्रकाश श्रेष्ठ
  5. मास्कोमा ६१-यौं प्रजातन्त्र दिवसको उपलक्ष्यमा भव्य समारोह- कृष्णप्रकाश श्रेष्ठ
  6. अन्तराष्ट्रिय नेपाली कविता महोत्सव २०१० को पुरस्कार वितरण समारोह सम्पन्न
  7. मलेशियामा नेपाली एकता समाजको बिदाई कार्यक्रम सम्पन्न
  8. २८ औ ए एन एमा नेपाली साहित्य प्रतिष्ठानको उदघाटन समारोह

Install the ratings plugin

Popularity:
298 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: