साहित्य(कबिता, कथा, लेख) NEWS

Dashain Special Poem by Krishna Prashai

Published by on September 27, 2011

दशैं    —-

कृष्ण प्रसाई

साउने झरीलाई भरखर सुकाएर
शरद्को न्यानो जूनलाई निम्त्याउँदै-
वर्ष दिनको थकाई र सुस्केराहरुलाई
एकै क्षण भएपनि बाहिर ओकलेर-
जमरा र दूबोका सगुनहरुसँगै
विजया सर्वत्र खुलेकी छन् ।

Õ Õ Õ Õ
मुटुभरि माया र आँखाभरि झझल्काहरु समेटेर
भएजति स्नेह जन्मथलोलाई खन्याउँदै
आशीर्वादका सगरमाथा थाम्ने छाती बोकेर-
बाहिर पढ्न निस्केका रामप्रसाद हिजै आएका छन् ।
जागिर भर्न गएका जगन्नाथ पनि भित्रिएका छन् ।
लाहुर लड्न पसेका वीरबहादुर पनि फर्केका छन् ।
पहाडको चौतारी हुनसक्छ-
भित्री मधेश वा तराईको बिसाउनी हुनसक्छ-
जताततै रमाइलोका कथा हािलंदैछन्-
जतासुकै पिङ्का सर्काहरु मच्चिंदैछन् ।
Õ Õ Õ Õ
अस्तिसम्म भिर्ने गरेका-
डोको र ढाकरका खर्पनहरुलाई-
हिजैदेखि बाहिर बिसाएर-
सन्ते र मसिने-
धार्नी र बिसौलीका कुरा गर्छन् ।
झुत्रा-झाम्राको हिजोलाई बिसर्िएर
नयाँ लुगाहरुमा चाचल देखिइँदै
सुन्तली र सानी कान्छी-
चिची र पापाका गफहरु हाल्छन् ।
मोहर र सुकाका रेज्कीहरु गन्छन् ।
Õ Õ Õ Õ
घर-घरमा निधारहरु रंगाउँदै
मोड-मोडमा भीडहरु ओसारेर-
मान्यवरका आशीर्वादहरु खन्याउँदै
पोहोरजस्तै खुसीहरु उमारेर
मेरो दशैं तिमी आएका छौ ।
प्रत्येक नेपालीका घर-घरमा
मेरो पर्व तिमी छाएका छौ
डेढ कोटिका दुःख-सुखमा ।

Related Posts

  1. Be Humble and Thankful–( Thanks giving Special
  2. Citizenship for NRNs a partial achievement: NRN leaders (Special Report)
  3. NASeA’s 2009 Special Election
  4. Special Video report of Girija Prasad Koirala
  5. NANC Special Meeting
  6. “Depression” Poem by Shrijana Khanal, Australia
  7. Dashain Program by NAFCA
  8. ANA Special Edition of Vishwaparikrama

Install the ratings plugin

Popularity:
1,871 views
Comments:
3 so far
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: