समाचारहरु NEWS

स्वस्थ समाज हाम्रो समाज

Published by on August 18, 2010

व्यक्तिको विचार व्यवहार र चरित्रका आधारमा उसको व्यक्तित्व बन्दछ । उ साह्रै छुद्र, लोभी छ, दुष्ट छ, अपराधी छ क्रुध छ ,पापी छ ,दोधारे छ कचकचे छ अथवा उ राम्रो छ, अशल छ ,परोपकारी छ, सहयोगी छ, सह्दयी छ ,मिलनसार छ अथवा अन्य थुप्रै खाले नामका पछाडी झुण्डिने संज्ञाहरु व्यक्तिको व्यवहारमा आधारित रहेका हुन्छन् । एउटा असल अथवा खराब मान्छेको चरित्रको आधारमा परिवार तथा िसंगो समाज नै प्रभावित भएको हुन्छ । फलानो क्षेत्रको मान्छे भन्ने वित्तिकै मान्छेहरु हच्किएर उ संग ब्यवहार गर्न डराउछन् अथवा फलानो क्षेत्र वा समुहको मान्छे भन्ने बित्तिकै उसलाई विश्वास गरिन्छ र उ संग व्यवहार गरिन्छ । यसरी व्यक्तिको प्रभाव बाट समाज र क्षेत्रलाई हेर्ने दृष्टीकोणको विकास भएको हुन्छ ।
यहाँ मैले उल्लेख गर्न खोजेको प्रशंग के भने अमेरिकामा पनि नेपालीहरुको संख्या उल्लेख्य रुपमा बढ्दै गैरहेको छ र त्यो बन्दै गरेको समाजको प्रारुप कस्तो बन्ने हो यो अझै भविष्यको गर्भमा छ । विभिन्न परिस्थितीबाट पलायन भएर विदेशमा बसेका हामीहरु राम्रो अथवा नराम्रो समाजको निर्माणका लागि ऐतिहासिक तथा चुनौतिपूर्ण जिम्मेवारी लिने नचाहेर पनि लिनु पर्ने परिस्थीति अनुक्रममा छौं । हाम्रो प्रत्येक कृयाकलाप र ब्यवहारले हाम्रा छोरा-छोरी र सन्तानहरुलाई हेर्ने दृष्टीकोणको प्रारुप तयार भै रहेको हुन्छ । एउटा नेपालीले गरेको गल्ती र फट्याँईका कारण अर्को नेपालीलाई हेर्ने दृष्टिकोण बनिरहेको हुन्छ । त्यसैले इतिहासको संगीन मोडमा हामी सवैले सवैका कृयाकलाप र ब्यवहारलाई नजिकबाट हेर्दै उदाहरणीय समाजको निर्माण अभियानमा अग्रसर हुन सम्पूर्ण नेपालीहरुलाई हाम्रो समाज अपिल गर्दछ ।

हाम्रा सम्भावित जिम्मेवारीहरु

  • नेपालीले नेपालीलाई अथवा अन्य कुनै पनि जातिलाई गर्ने व्यवहारलाई नजिकबाट हेर्नुहोस् र उसले आफ्नो व्यक्तिगत फाइदाका लागि अर्कोको विवशताको फाइदा उठाउँदै छ भने त्यसलाई तुरन्त रोक्नुहोस् र निस्वार्थ सहयोग गर्न प्रेरित गर्नुहोस् ।
  • तपाईले आफ्नो क्षमताले भ्याएसम्म चिने वा नचिनेका मान्छेहरुलाइृ ह्दयबाट नै सहयोग गर्नुहोस् सहयोग गर्ने प्रयास गर्नुहोस÷सहयोग गर्न सक्ने श्रोत वा व्यक्ति जुटाइदिनुहोस अथवा सहयोग गर्न नसकेकोमा क्षमा माग्दै उसको दुःखमा आफुलाई राखेर सहयोग गर्न नसक्ने मजवुरीको खुलासा गर्नुहोस् ।
  • भौतिक तथा आर्थिक रुपले सम्पन्न हुँदैमा कुशल मान्छे बन्न सकिदैन । रुखो ब्यवहार र अहंकारले पस्किएकेा मिष्ठान भन्दा मिठो मुखले दिएको पानी मिठो हुन्छ । तपाईको गरिबी र अज्ञानताका आधारमा तपाईको सामाजिक उचाई नाप्नेहरु पाखण्डी हुन । त्यस्ता प्रवृत्तिका ब्यक्तिहरुबाट बनेको समाज खोक्रो हुन्छ र कलंङ्कित हुन्छ । अभाव गरिवी र अशिक्षित हुनु अभिषाप होइन । अवसरबाट ठगिदैमा दोश्रो दर्जाको भनिनु वा बनाइनु अपराध हो । त्यसैले अभाव र गरिवीमा हुनुहुन्छ भने आफ्नै परिस्थितिका बारे नढाँटी बताउनुहोस् र आफुसंग उपलब्ध भएको सुविधा र श्रोत मात्रको प्रयोग गरी अरुलाई सहयोग गर्नुहोस । ऋण काढेर महङ्गा लुगा लगाउनेहरु संधै नाङ्गा हुन्छन् ।
  • अर्काको सफलता छ खुशीमा संधै हाँस्नुहोस् । अर्काको दुःख र पिडामा सहभागी बन्दै सान्त्वना तथा ढाडस दिनुहोस । खुट्टा तान्नेहरु तथा अर्काको दुःखमा हाँस्नेहरु पाखण्डी हुन् । त्यस्ता छुद्रहरुको बाहुल्य रहेको समाज कलंकित हुन्छ ।
  • धर्म रङ्ग जात तथा लिङ्गका आधारमा पक्षपात गरी ब्यवहार गर्नेहरुलाई निरुत्साहित गर्नुहोस र आफुचाँही त्यस्तो संकिर्णता भन्दा माथि उठेर ब्यवहार गर्नुहोस । मानवीय सहयोगलाई धार्मिक तथा जातीयताका आधारमा छुट्टयाएर गरिने भेदभाव अपराध हो । यस्ता संकिर्णहरुलाई मानव धर्म भन्दा अरु कुनै ठुलो धर्म हुँदैन भनी सम्झाउँदै सहयोगमा शर्त नराखी उदार हुने अनुरोध गर्नुहोस् ।
  • धन-दौलत सम्पन्नता उच्च शिक्षा सुन्दरता शक्ति र पदका आधारमा आफुले-आफैंलाई ठूलो मान्छे र विशेष मान्छे संझिएर अवसर र परिस्थितीबाट हेपिएकाहरुलाई दोश्रो दर्जाको मान्छे ठान्ने निरुत्साहीत गर्दे उनीहरुलाई सफलताका अहंकारको मात त्यागेर ुफलेको बृक्षको हाँगो नझुकेको कहाँ छ रु भन्ने सत्य बाटो देखाउने प्रयास गर्नुहोस र बारम्बार अ।हकार दोहोरीरहेमा त्यस्ता प्रवृत्तीका मान्छेहरुलाई समाज बाट नंग्याएर एक्लो बनाउनुहोस् । यस्ता मान्छेहरु मिली बनेको समाज ढोगी हुन्छ ।
  • घमण्ड रिस आवेग र क्रोधले मान्छेलाई संधै कमजोर बनाइरहेको हुन्छ । उदारता महानता संयमता र धैर्यताले मान्छेलाई सम्मानित बनाउँछ । यस्ता सम्मानीत मान्छेहरु मिलेर बनेको समाज उदार र सहयोगी प्रवृतिको हुन्छ । ूमै खाउ मै लाउँ सुखसयल वा मोज मै गरुँ अरु सव मरुन दुर्वलहरुू भन्ने अवसरवादीहरुलाई निरुत्साहित गर्नुहोस् ।
  • आफ्नो भाषा संस्कृती परम्परा रीतिरीवाज चाडपर्व र जातिय भेषभुषाको जगेर्नार्ा गर्नुहोस् । परिचय विनाको अस्तित्व शुन्य हुन्छ । संसारका प्रत्येक जाती र संप्रदायको आ-आफ्नै परिचय र पहिचान छ । हामी नेपालीहरु पनि संसारभरी यिनै गरिमामय संस्कृती र सभ्यताका आधारमा सम्मानित छौं र यो परिचय हाम्रा सन्तानहरुमा रुपान्तरण भएर जानु पर्दछ । अनेकतामा एकता हाम्रो अर्को परिचय हो । आमा झण्डा मातृभुमी पुर्खा परम्परा र संस्कृती विस्रनेहरुको समुहले बनेको समाज को अस्तित्व हुँदैन र त्यो संस्कार नभएकेा समाजसँग विलय भएर जान्छ र इतिहासबाट हराउँछ । त्यसैले अब बन्ने समाजको पूर्व स्वरुप तपाईका प्रत्येक कृयाकलापहरुले तय गरिरहेको हुन्छ र यस स्वास्थ समाज निर्माणको ऐतिहासिक यात्रामा तपाईको प्रत्यक्ष सहभागिता र समर्थन रहोस् भनी अमेरिका भरी छरिएर वस्नुहुने सम्पूर्ण नेपालीहरुमा हाम्रो समाज विनम्र अनुरोध गर्दछ ।

हरिहर दाहाल

नोटः म आफैमा बौद्धिक र जानिफकर होइन । आफ्ना भावना र विश्वासलाई समेट्ने प्रयास मात्र गरेको हुँ । मेरो भनाइमा देखिएका भाषिक अशुद्धता र कमजोरीहरुलाई प्रयास भनी क्षमा गर्नुहुनेछ । अमेरिकामा नेपालीहरुको संख्या जुन गतिले विकास हुँदै गई रहेको छ यसलाई जानी-नजानी एउटा नेपाली समाजको संख्याले जन्म गर्ने छ र त्यो समाज नमुना समाज बनोस भन्ने मात्रको आशय ब्यक्त गर्ने प्रयास गरेको हुँ । विज्ञ र ज्ञानीहरुबाट चलाईने कलमहरुले यस विषयमा अझ बढी लेख्नेछन् भन्ने विश्वास लिएको छु ।

Related Posts

  1. स्वस्थ मुटु, मस्त मष्तिस्क
  2. हाम्रो समाज, हाम्रो गौरव Part 1
  3. हाम्रो समाजलाई वेव पत्रकारिता पुरस्कार २०१०
  4. नेपाली बिद्यार्थी समाज ,जापान (नेसाज) को नया कार्यसमिति चयन
  5. होली: हाम्रो मस्तको चाहाड !- अनन्तगोपाल रिसाल
  6. हाम्रो संस्कृति हाम्रो मान, सबै मिली गरौ यस्को सम्मान”
  7. सवल जीवनको आधार स्वस्थ रगत
  8. न्यान्सको कार्यक्रम र हाम्रो दायित्व

Install the ratings plugin

Popularity:
258 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: