समाचारहरु, सम्पादकीय NEWS

ओबामा अमेरिकाको पहिलो अफ्रिकन अमेरिकन राष्ट्रपति को रुपमा

Published by on January 22, 2009

आज जनवरी २०, २००९, अमेरिकाको इतिहासमा पहिलो चोटी सिनेटर बाराक ओबामा ४४औ राष्ट्रपतिको सपथ ग्रहन गर्नुभएको छ । वहाँले आज लगभग चाल्लीस लाख दर्शकहरु र विश्व भरि टेलिभीजन र इन्टरनेटबाट अरबौ दर्शकहरुको सामु आफनो पद तथा गोपनियताको सपथ ग्रहन गर्नु भएको हो । वहाँको विजय संगै रिपब्लिकनको दस बर्ष सासनकाल समाप्त भएको छ । यस अघि जर्ज डब्लु बुसले दस बर्ष सम्म निरन्तर अमेरिकाको राष्टपति रहनुभएको थियो । हालै भएको चुनावमा ओबामाले भारि मतका साथ मेक्यानलाई पराजय गरेर अमेरिकाको ईतिहासमा नया पाना थप्नुभएको थियो । मार्टिन लुथर किङको जन्म दिनको भोलि पल्ट भएको यो कार्यक्रम आफैमा एउटा सिङो इतिहास बन्न पुगेको छ भने वहाँको सपनापनि आज साकार भएको छ किनभने वहु अमेरिकाको पहिलो अस्वेत राष्ट्रपति बन्नु भएको छ । आजको उक्त कार्यक्रममा लाखौ दर्शकहरुको सामु वहाँले आफनो वक्तव्य दिने क्रममा भन्नुभएको छ “हामी आजै देखि सुरुवात गरेर माथि उठन सक्छौ हामी अमेरिकाको निर्माण क्रम आजै देखि थाल्ने छौ” वहाँको यो भनाई हालै अमेरिका र विश्वमा आएको आर्थिक मन्दि र विग्रदो परिश्थितिलाई संकेत गर्दै भन्नु भएको थियो ।”

 वहाँकै शब्दमा “For everywhere we look, there is work to be done. The state of the economy calls for action, bold and swift, and we will act – not only to create new jobs, but to lay a new foundation for growth. We will build the roads and bridges, the electric grids and digital lines that feed our commerce and bind us together. We will restore science to its rightful place, and wield technology’s wonders to raise health care’s quality and lower its cost. We will harness the sun and the winds and the soil to fuel our cars and run our factories. And we will transform our schools and colleges and universities to meet the demands of a new age. All this we can do. All this we will do.”

सारा विश्वले आजको यस दिनलाई बडो उत्सुक्ताकासाथ प्रतिक्षा गरिरहेकाथिए किनभने अहिले अमेरिकाको विग्रदो आर्थिक स्थितीका कारण सबै चिन्तित छन् र हरेक अमेरिकनले अहिले केहि परिवर्तन खोजीरहेका छन् । यहि परिवर्तनको चाहनालेनै अमेरिकाको इतिहासमा पहिलो अस्वेत जातिको राष्ट्रपति बाराक ओबामालाई नोभेम्वर ४ को साँझ एउटा नया इतिहास रच्दै अमेरिकन र सारा विश्वले अमेरिका जस्तो शक्तिशालि देशको राष्ट्रपतिको रुपमा हेर्न पाएका छन् । विश्वले नया आशा र उदार भावले हेरेको छ अहिले अमेरिकालाई र धेरै आशा भरोसा र सपना सजाएकाछन् हरेक अमेरिकन र अन्य मुलुकहरुले ।
पहिलो पल्ट चुनाव जितेर चिगाकोको ग्रान्ड पार्कको भव्य रंगमन्चमा लाखौ दर्शकहरुको माझमा जब ओबामा आफनो परिवार दुई छोरीहरु र श्रीमतिको साथमा मन्चमा प्रवेश गर्नुभएको थियो सारा देशवाशीले आफनो टेलिभीजनमा र त्यही उपश्थित भएका दर्शकहरुले जोडदार तालीका साथ स्वागत गरेका थिए र एउटा नया इतिहास रचेकोमा सबै हर्शित थिए । त्यो दिनलाई इतिहासले कहिलेपनि बिर्सने छैन किनकि वहाँको विजय जुलुशको यात्रा त्यहिबाट सुरु भएको थियो भने नया आशा हौसला सपनाहरु त्यहिदिन देखि परिवर्तित भएको थियो । यो देशलाई औसरको भुमि मात्र नभनिएर गर्नेलाई यहाँ जहिलेपनि औसर छ भन्ने संकेत दिएको थियो त्यो चुनावले ।
अहिले ४७ बर्षिय ओबामा इल्लिनोयसका सिनेटर देखिे अमेरिकाको पहिलो अफरिकन अमेरिकन राष्ट्रपतिको रुपमा उभिनुभएको छ भने दुईसय बर्षको अमेरिकाको राजनितिक इतिहासमा पहिलो पल्ट अपि्रुकन अमेरिकन नागरिकको हैसियतमा उनि उभिएर यो देशमा सबैले भन्ने “ल्याण्ड अफ अप्पर च्युनिटी” वास्तवमै हासिल गर्न सकिने रहेछ भन्ने उदाहरणको रुपमा सबैलाई हौसला दिदै विजयको उदघोषणा गर्नु भएको छ वहाँले क्यापिटोलमा ।
अमेरिकाको नया राष्ट्रपति ओबामा जो आफैमा एउटा महान इतिहास बन्नु भएको छ वहाँको सम्बोधन भाषणले मार्टिन लुथर किङको “आई हेभ ए ड्रिम” को झझल्को सबैले महसुस गरेका थिए ।
 आफनो सम्बोधनमा भन्नु भएको छ Our challenges may be new. The instruments with which we meet them may be new. But those values upon which our success depends — hard work and honesty, courage and fair play, tolerance and curiosity, loyalty and patriotism — these things are old. These things are true. They have been the quiet force of progress throughout our history. What is demanded then is a return to these truths. What is required of us now is a new era of responsibility — a recognition, on the part of every American, that we have duties to ourselves, our nation, and the world, duties that we do not grudgingly accept but rather seize gladly, firm in the knowledge that there is nothing so satisfying to the spirit, so defining of our character, than giving our all to a difficult task.”

त्यही कुराको उदघोषणा ओबामाले आफनो चुनाव जितेपछि पहिलोपल्ट सिकागोको भाषणमा भन्नु भएको थियो वहाकै शव्दमा “If there is anyone out there who doubts that America is a place where anything is possible, who still wonders if the dream of our founders is alive in our time, who still questions the power of our democracy, tonight is your answer,”

त्यसै दिनको सम्बोधनमा वहा गर्वका साथ आफनो भाषणमा भन्नुभएको थियो “बृद्ध बालक धनि गरिब डेमोक्रयाट, रिपब्लिकन, काला, गोरा ,हिस्पानीक, एसियन ,नेटिभ अमेरिकन, गे ,अपांग, सपांग, निर्वल सबैलाई समेटेर जान सक्ने देश हो यो र यो मात्र रातो र निलो रंगले बनेको देश हैन यो एउटा संयुक्त राष्ट्र हो र जहिलेपनि संयुक्त रहि रहने छ ।”

वहाँलेआफ्नो सम्बोधन्मा भन्नु भ्एकोछ हरेक देशहरुलाई “To the people of poor nations, we pledge to work alongside you to make your farms flourish and let clean waters flow; to nourish starved bodies and feed hungry minds. And to those nations like ours that enjoy relative plenty, we say we can no longer afford indifference to the suffering outside our borders; nor can we consume the world’s resources without regard to effect. For the world has changed, and we must change with it. ”

अमेरिकामा परिवर्तन आएकोछ र यो परिवर्तन हरेक नागरिकले महसुस गर्नेछन् भन्दै ओबामाले आफनो भाषणमा जानकारि गराउनु भयो । हो यो संसारनै परिवर्तन्नसिल छ हरेकले हरपल परिवर्तन चाहेको हुन्छ चाहे त्यो समय, देश, काल र परिश्थिति र समय सापेक्ष किन नहोस् । आशा गरौ यो परिवर्तनले विश्वमा नया शान्ति, प्रगति ,मानविय मुल्य र हरित क्रान्ति  र विश्व शान्ति ल्याओस र हरेकले आफनो मानव अधिकार, मुल्य मान्यताका साथ जिउन र बाच्न पाउन यहि कामनाका साथ लाखौ लाख हृदय भरिको शुभकामना छ यो देशको नया राष्ट्रपति ओबामालाई । सभार “बिभिन्न श्रोत हरुबाट सन्कलित”

Related Posts

No related posts.

Install the ratings plugin

Popularity:
816 views
Comments:
2 so far
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item
Tagged with: , , , ,

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: