साहित्य(कबिता, कथा, लेख) NEWS

तिमीले लाएको घाऊ

Published by Hamrosamaj on June 30, 2009

 

 

 

 

 

 

 

 

तिमीले लाएको घाऊ
हिज जस्तै ठानेर आजपिन
म तिम्रो आंगनमा उभिन पुगेछु
के थाहा त्यही आंगनमा हाम्रो
हर वर र देउशी भैलो खेलेको
दिन भरि धान नाच र होली खेलेको
वाल्यवश्थाका ति दिनहरु वितेका
आज त तिमी र म पराया भयौ रे
तिम्रो र मेरो माया पि्रतिमी अवत
सम्प्रदायिकताको लक्ष्मण रेखा
थाहै नपाई कुन दिन कस्ले कोरीदिएछ
एउटै गिलाशको पानी नपिई तिर्खा मेटिदैन थियो
आज त तिमी मेरै रगतको घुटको पिउन
थाहै नपाई क कस्को लहै मा लागेका छौ रे ।
मलाई त तिमी आजपनि उत्तिकै प्यारो छौ
मेरो हृदयमा तिमी आजपनि त्यसरी नै वसेको छौ
मेरो निम्ति तिमी आजपनि उस्तै छौ
जस्तो तिमीलाई मैले हिज छाडेको थिए
तर आज मात्र तिम्रो हेर्ने शैली वदलिएको छ
तर आज मात्र तिम्रो वोल्ने शैली वदलिएको छ
र वदलिएको छ त तिमी र म विच कसैले थाहै नपाई
रोपिदिएको त्यो सम्प्रदायिकताको विरुवा
जस्लाई हर पल तिमीलाई जोगाउन सिकाईदै छ
र मलाईपनि कसै कसैले त्यस्तै त्यस्तै सिकाउदै छ
फरक एति मात्र हो
आज तिम्रो र मेरो हेर्ने नजर वदलिएको छ
र यहि नजरको फैदाले आज यो देशको
हरेक मानिसको सोच वदलिएको छ ।
र थाहै नपाई यो कस्ले लाएको गाउ
आज क्यान्सर जस्तै हरेकमा संक्रमणभई रहेछ
हुन सक्छ यो घाउ मैले लगाएको
या त हो तिमीले लाएको घाउ

Related Posts

No related posts.

Install the ratings plugin

Popularity:
517 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.