साहित्य(कबिता, कथा, लेख) NEWS

(कबिता ) ”नमत्याउ मलाई” आचार्य प्रभा

Published by Hamrosamaj on August 31, 2009

 

 

 

 

 

 

शिशु गजल )                                           आचार्य प्रभा
 
सँगै बाँच्ने बाचा हाम्रो,पुरा हुन दिएन दस्तुरले
हाम्रो भेटको निवेदन पनि किन  लिएन दस्तुरले ?
 
च्यातियो हाम्रो मनको रुमाल,जँहा माया बाँधिएथ्यो
दयालु बनी हाम्रो पक्षमा,फेरी किन  सिएन दस्तुरले?
 
खै!कस्तो मिलन हो?समाजबिच एकसाथ हुनै नसकिने
हाम्रो चाहनाको चोखो अम्रितलाई, किन  पिएन दस्तुरले?
 
केही ढिलो भएछ,हाम्रो जीवनले सँगै हाँस्ने पल पाउन
जिउनु पर्थ्यो हाम्रो निम्ती भएनी किन जिएन दस्तुरले?
(अमेरिका)

 

(कबिता )

”नमत्याउ मलाई”

आचार्य प्रभा

भो, नमत्याउ मलाई मेरो रूपको प्रशंसा गरेर
म कमल नै हुन चाहन्छु
जो हिलोमा फुलेर पनि सधैं हर्षित हुन चाहन्छ।
अनुवाद नगर मलाई गुलाबसँग
जो राजकुमारी  झैँ काँडारुपी पहरेदारहरुको सुरक्षामा
फुलेकी हुन्छे ,
बरु….. मलाई गर तुलना
बेस्याहार अनी बेवारीसे लजावती झारसँग
जो कसैको स्पर्षमा लज्जित भएर झुक्छे
ऊ जताततै छरिएर बाँचेकि हुन्छे
हजारौं लातहरुको प्रहार सहेर पनि ।
भो,नखिज्याउ मलाई मेरो बैंशको बर्णन गरेर
म सुकेको मुढामा फुल्ने सुनाखारी नै
हुन चाहन्छु ,
जो…. पत्झडसँग पनि सम्झौता गर्न सक्छे
आफु निर्जन फाँटमा पनि रमाउन जान्दछे
असिना, पानीको चोट सहेर पनि ।
बरु…… दाँज मलाई
पारीजातसँग जो अल्पायु लिएरै भएपनी
सधैं दिर्घायुको अभिनयमा बाँच्छे
रातमा फुलेर पनि निष्पट रातकै
अन्धकारमा मग्मगाउछे
अनी अँध्यारो मै जीवनलाई
बिश्राम दिन्छे ,
हो………नमत्याउ मलाई,
नखिज्याउ मलाई …………..

(कबिता )                  ”च्यातिएको क्यालेन्डरको पाना ”                       आचार्य प्रभा

भित्तामा टाङिएको क्यालेन्डर हैन म
जस्लाई तिमी उस्को आयु सके पस्चात
च्यारर च्यातेर मिल्काउँछौ
अनी महिनाभरिको
घाटा,नाफा,आय,ब्ययको
लेखा जोखा पस्चात
उस्को अस्तित्व मेटाइ
नयाँ पाना पल्टाएर फेरी सजाउँछौ ।
तिमी आफ्नो स्वार्थको निम्ती
पुराना हर बस्तुको अस्तित्व
मेटाउन सक्छौ,
त र…. म त,मान्छे हुँ साथी
मेरो सम्झना,अस्रित्व
क्यालेन्डरको पाना झैं च्यात्न सक्दैनौ
किन कि…… म भित्तामा सजिएर
तिम्रो हर चिजको लेखाजोखा गर्ने
अनी….. घाटा,नाफाको
रखवारी गर्ने निरीह क्यालेन्डरको पाना हैन
म त….. हुँ बस,
बराबर सुख, दु:खको भागीदार
तिम्रो पीडामा मेरो दिल दुख्नु पर्छ,
मेरो खुशीमा तिम्रो हाँसो पनि
मिसिएको हुनु पर्छ,
त्यैसैले… मलाई भित्ताको पुरानो
क्यालेन्डरमा अनुवाद नगर ,
मलाई तिम्रो नाफा,नोक्सानको
पर्याय पनि नठान ,
म त मान्छे हुँ ,
तिमी सरह स्वार्थी पनि हुन सक्छु
निरीहताको फाईदा लिन पनि सक्छु
त र….. अं हं,
त्यो हाम्रो मानवता हैन ,
हाम्रो कर्तब्य हैन,
कुनै पनि पुराना चिजको
अवमुल्यन गर्नु हाम्रो नैतीकता हैन ,
अन्त्यमा……साथी,
म भित्तामा टाङिएको पुरानो
क्यालेन्डरको निरीह पाना हैन ।

(अमेरिका )

(कबिता )                       ”देउरालीमा फूल साट्ने बैशहरुले पर्खि रहेछ ”

आचार्य प्रभा

परदेशिएर तन टाडिए पनि
अाकाशिएर इछ्याहरु बेलगाम  भएपनी
बाध्यताको कठोर मरुभूमिमा
बालुवाको कणहरुसङै
मनका त्रिष्णाहरु उडाएर
म फगत ,निरश जीवन
बांची रहेछु कुनै अर्को भूगोलमा।
मलाई मीठो झरनाको पानीको
प्यासले ब्याकुल बनाइरहेछ
ति थुम्का,थुम्की डाँडाहरुले
बोलाइरहेछ,
देउरालीमा फूल साट्न पर्खने
बैंशहरुले पर्खिरहेछ ,
त र…. म भने निर्जन मरुभूमिमा
म्रिगत्रिष्णा बोकेर छट्पटिरहेछु
आफ्नी जननीको काखको
न्यानोपनको आभाष सम्झेर ,
त्यसैले… म,
प्रतिक्षारत छु त्यो अङेना,चुल्होको
डीलमा बसेर आफ्नी हजुरआमाको
पुरानो दन्त्यकथा सुन्न,
अनी….. बुढा हजुरबुवाको
थलिएका गोडा मिच्न
जस्लाई….. मैले बैशाखी बनेर
साहारा दिनु पर्छ
जस्को निरीह अधरहरुमा
मुस्कान फुलाउनु पर्छ ,
म परदेशिए पनि ।
हो… म चांडै फर्किनु पर्छ ,
मैले आफ्नै आङनमा रमाउनु पर्छ
मैले त्यही भीर,पहरा,कन्दराको
नागबेली लहरा सँगै बेह्रिनु पर्छ ,
यो उराठ शहरको भोगाइमा भन्दा
मेरै डाँडा,काँडामा सहज मान्नु पर्छ ,
हो म फर्कनै पर्छ ।

(समर्पित उनिहरुमा  जो निर्जन मरुभूमिमा बाँच्न बिवस छन )

Related Posts

  1. (कबिता) ”जिजीबिषाको लडाइँ ” आचार्य प्रभा
  2. उसका र मेरा कबिता……….प्रकाश पौडेल
  3. ”तरुण मनको अपिल यौवनालाई” आचार्य प्रभा
  4. ”कबिता” ”अन्जान अभियुक्त ” आचार्य प्रभा
  5. (कबिता) ”भानु पुनर्जन्म फेरी लेउ ” आचार्य प्रभा
  6. कबिता – खटारा जिन्दगी
  7. (कबिता )”आमा कहाँ बिलायौ ”
  8. कबिता-”राजनीति”- हरिहर दाहाल

Install the ratings plugin

Popularity:
442 views
Comments:
One
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.