Better to know, समाचारहरु NEWS
लस एन्जलसमा नायिका मनिषा कोइराला
Published by Hamrosamaj on August 30, 2009
लस एन्जलसमा आश्था बाल गृहको सहयोगार्थ मनिषा कोइराला
नेपाली चलचित्र फेरि भेटौला देखि आफनो क्यारियर सरुगरेतापनि नेपाली चलचित्रमा सफलता पाउन अघिनै वलिउडमा आफनो भाग्य चम्काउन हिडेकि नायिका मनिषा कोइरालाको पहिलो वलिउड चलचित्र सौदागर १९९१मा हिट भए देखिनै लगातार शिखरमा पग्न सक्षम बनेकी थिईन । नायिका कोईराला आफनो चलचित्र क्यारियरमा रहदा देखिनै समाजिक तथा समाज सेवा जस्ता कार्यहरुमा रुचि देखाउदै आएकि हुन् ।
यु एन एफ पि एकी गुडविल एम्बासेडर समेत रहेकी नायिका कोइराला नारी उत्थान तथा अधिकार सम्बन्धि नारी िहंशाको विरुद्ध तथा चेली बेटी बेचविखन सम्बन्धित विषयहरुमा सकि्रय योगदान दिदै आएकीछिन् भने अहिले द्धन्द पिडीत बाल बालिकाको सहयोगार्थ जुटेकी उनै चर्चित बलिवुड नायिका मनिषा कोइराला गत अगस्ट २४ तारिखको साँझ लस एन्जलसमा गोकुल पौडेल र विमल गुरागाईको संयुक्त आयोजनामा संचालित एक कार्यक्रममा सहभागिता जनाएकी छिन् ।
कार्यक्रम २००४ मा स्थापित आश्था बाल गृह मार्फत नेपालमा लामो समय सम्म चलेको द्धवन्दपीडित बाल बालिकाको शिक्षा स्वास्थ्य सम्बन्धित कार्यमा सहयोग पुर्याउन आयोजना गरिएको थियो। लस एन्जलसको आर्टेसियामा भएको उक्त कार्यक्रममा लगभग ३०० जनाको उपश्थिति रहेको र मध्य रात सम्म डिजे कार्यक्रमको आयोजनागरिएको जानकारी प्राप्त भएको छ । उक्त कार्यक्रम नेपालको अनाथ बाल बालिकाको सहयोर्गाथ आयोजना भएकोमा खुशी व्यक्त गर्दै आफनो तर्फबाटपनि संस्थालाई सहयोग पुर्याउन नायिका कोइरालाले २५ सय अमेरिकी डलर दिएको जानकारी कार्यक्रम संयोजक पौडेलले जनाएकाछन् ।
मनिषा आफु नेपाली भएकोमा गर्व गर्दै नेपाल र नेपालीको हितको लागि अमेरिकामा आउदा समेत केहि आर्थिक सहयोग गर्ने वातावरण बनाएकोमा सबैलाई धन्यवाद दिएकी थिइन । वहाको मिलनसार स्वभाव र सबैसित खुलेर फोटो खिचाउदा त्यहा रहेका उन्का प्रशंसकहरु साह्रै खुशी भएको स्थानिय एक सहभागिले जनाएको छ । वहाँको चाहना जोइन्ट भेन्चरमा नेपाली चलचित्र बनाउने रहेतापनि अहिलेसम्म त्यस कार्यलाई मुर्तरुप नदिइसकेको जानकारी गोकुल पौडेलले दिएकाछन् ।
हालै हलिउडमा समेत आफनो अभिनय देखाउन चाहना राख्ने नायिका कोइरालालाई देखेर त्यहा रहेका नेपाली तथा भारतिय दर्शकहरुको भिडले वहाँ अझैपनि लोकपि्रय नायिकारहेको भान भइरहेको थियो भने भिडमा हरेकको चाहना नायिकासित फोटो खिचाउन आत्तुर देखिन्थे जस्को फलस्वरुप अत्यधिकका भिड तथा उ प्रतिको क्रेजलाई साम्य पार्न आयोजकले वहाँलाई आफु बसेको होटलमा लिएर जान बाध्य भएको समेत जनाईको छ ।
![]()


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Surya Prasai on Mon, 31st Aug 2009 1:07 AM
Thank you very much Manisha Ji for supporting the orphans in Nepal. I am proud of you as a Nepali you rock the bollywood.