समाचारहरु NEWS
क्यालिफोर्नियाको विभिन्न स्थानहरुमा दशै कार्यक्रम
Published by Hamrosamaj on September 28, 2009
क्यालिफोर्नियाको विभिन्न स्थानहरुमा दशै कार्यक्रम
for latest photo update please click on Photo Gallery
क्यालिफोर्निया सम्वादाता सेप्टेम्बर २७ २००९ उत्तरी क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको नजिकै अवस्थित डेविस सहरमा रहेका नेपालीहरुको समुदायमा लोकपि्रय रहेको संस्था नाफका नेपाली एण्ड प्रुेण्डस् कल्चरल एसोसिएसनको आयोजनामा यहि शनिवार साँझमा दशै कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । विबिध सास्कृतिक कार्यक्रमका साथ दशैको शुभकामना आदान प्रदानको कार्यक्रम रहेको उक्त भेटघाट कार्यक्रममा त्यही वरी परि रहेका नेपालीहरुलाई मनोरन्जन दिन आयोजना गरिएको थियो । उक्त कार्यक्रमको संचालन प्रज्वल बज्रचार्य र शौरभ पोखरेलले गरेका थिए भने यस बर्षको नाफकाको विशेष चासोको विषय भनेको नया कार्य समितिको चयन थियो जस्मा बाशु ढकाल पुन चयन भएका थिए । सम्भवतः वहाकै अध्यक्षतामा नया कार्यसमिति बनिने बिशेष शुत्रबाट जानकारीमा आएको छ भने अन्य सदस्यहरुमा विशु दाहाल र कृष्न गौतम चयन भएकाछन् । सदाझै यस बर्षको कार्यक्रममा पनि विभिन्न स्थानिय कलाकारहरुले आफनो कला प्रश्तुत गरेका थिए ।
त्यसैगरि सोहि दिन सन्नी समाजको तर्फबाटपनि दशैको स्वागत तथा शुभकामना आदान प्रदानको कार्यक्रम सम्पन्न भएको थियो यो दुवै संस्था उत्तरी क्यालिफोर्नियाको उत्तर र दक्षिणमा अवस्थित रहेको छ । लगभग दुई सयको हाराहारीमा आएका नेपाली समुदायका सदस्यहरुले स्थानिय एक पार्कमा दशैको विशेष कार्यक्रमको आयोजना गरिएको जानकारी संस्थाको तर्फबाट जनाइएको छ । केहि बर्ष देखि बे एरियामा रहेका विभिन्न संघ संस्थाहरुले यहा रहेका नेपालीहरुलाई आफनो सस्कृति र चाड पर्वहरु सामुहिक रुपमा मनाउदै आएको छ जस्को फलस्वरुप गत सप्ताहमा मात्र यहाँको छाता संघठन न्या_िन्सले सबै संघ संस्थाहरुलाई समेटेर दशैको कार्यकम सम्पन्न गरेको छ जस्मा अतिथिकलाकारको रुपमा दिपक बज्रचार्यको उपश्थिति रहेको थियो ।
त्यस्तै भरखरै खोलिएको एउटा नया संस्था जस्मा विशेष गरेर युवाहरु र विध्यार्थीहरुको बाहुल्यता रहेको द वाईट जोनले बर्कलीको मरीना पार्कमा एउटा नया ढंगमा दशै कार्यक्रमको आयोजना गरेर वास्तवमै एक प्रशंसनिय कार्य गरेको छ । घर परिवार र आफन्त देखि टाडा रहेका विशेष नव आगन्तुक तथा विध्यार्थीहरुलाई पुजारी बाशु घिमिरेले बैदिक परम्परा अनुशार पुजा पाठ गरेर नव दुर्गा भवानीको प्रशाद तथा टिका प्रदान गरेका थिए । महा नवमी को शुभ दिनमा माँ दुर्गा भवानीको समेत पुजा अर्चना गरेर मनाईएको द वाईट जोनको आजको कार्यक्रममा सहभागि बन्न प्रवेश शुल्क मात्र एक डलर तोकिएको थियो भने त्यस एक डलरमा पनि नेपाली चलचित्र काठमाडौको पि्रमियर सो हेर्न दुई वटा

टिकटको घोषणा गरिएको थियो । रजिस्टेसन डेस्को जानकारी अनुशार आजको यस दशै भेलामा लगभग तीन सय पचास जत्तिको उपश्थिति रहेको थियो । कार्यक्रमको मुल मन्त्र हाम्रो संस्कृति हाम्रो संगममा वास्तवमै भन्ने हो भने यहा रहेका स्थानिय नेपाली समुदाय र विशेष गरेर विध्यार्थीहरुलाई देश र घर परिवार देखि टाडा रहेर पनि दशैको रम
झम र विविध परिकारको स्वादिस्ट भोजले केहि क्षणकोलागि भएपनि अमेरिकामा नेपालीपन र नेपाली मनको अनुभुति दिएको जानकारी केहि विध्यार्थीहरु तथा उपश्थित केहि नया परिवारले जनाएका थिए भने संस्थाका अध्यक्ष राजेश थापा र वहाका सहयोगित तथा शुभ चिन्तकहरु आजको यस कार्यलाई सफल बनाउन विहानै देखि लागि परेका थिए । आजको यस भेलामा बिभिन्न संघ संस्था तथा व्यक्तिहरुले खानपिनको प्रायोजन गरेको थियो भने स्थानिय रेस्टुराँ टेस्ट अफ द हिमालयले लजिस्टिक तथा खाध्य सामग्री तया
र गरेर सहयोग पुर्याएको जानकारी संस्थाका अध्यक्ष राजेश थापाले जनाएको छ भने सबै समुदायका सदस्यहरु र आजको कार्यक्रम सफलपार्न सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद तथा दशैको शुभकामना व्यक्त गर्दै आउदो दिनहरुमा पनि सहयोग तथा सहकार्यकको अपेक्षा राखेकाछन् । कार्यक्रमको अन्तमा िवंगो खेलको समेत आयोजना गरिएको थियो भने साँझ पर्दा समेत स साना बाल बालिका देखि बयो बृद्धसमेत रमाइलो मान्दै दशैको खुशियाली बाडिरहेका थिए । मन्तव्य दिने क्रममा सस्थाका अध्यक्ष राजेस थापाले सर्वप्रथम द वाईट जोनलाई विशेष योगदान दिएकोमा धन्यवाद व्यक्त गर्दै यो सामाजिक र नन प्रफिट अर्गनाइजेसन सस्था भएकाले सवैलाई यसमा लागेर सहयोग र योगदान आउदो दिनहरुमा पनि दिन आग्रह गर्दै्र आफुपनि यस संस्थाको विकासमा सदा लागीरहने जानकारी गराएका थिए भने अन्तमा एउटो कविता संस्कृतमा वाचन गरेर दशैको यस माहोलमा िवंगो खेलाउदा खेलाउदै सम्बोधन गरेका थिए ।


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....