Better to know, समाचारहरु NEWS

लायन्स क्लव अफ बर्कलि अन्नुपर्णाको स्वागत तथा शुशोभन कार्यक्रम

Published by Hamrosamaj on October 30, 2009

लायन्स क्लव अफ बर्कलि अन्नुपर्णाको स्वागत तथा शुशोभन कार्यक्रम

हाम्रो समाज प्रतिनिधि, अक्टोबर २८,२००९ लायन्स क्लव अफ बर्कलि अन्नुपर्णाको चौथो शुसोभन कार्यक्रम आज बर्कली स्थित एक रेस्टुराँमा भव्यताका साथ सम्पन्न भएको छ । आजको यस कार्यक्रम विशेष गरेर यस क्लवमा आउने नया सदस्यहरुको स्वागत तथा पिन र प्रमाण पत्रले शुसोभन गर्न आयोजना गरिएको हो ।
लायन्स क्लव अफ अन्नुपर्णा बर्कलिको स्थापना क्यालिफोरनिया बे एरियामा बसोबास गर्ने नेपाली समुदायको सकि्रयतामा चार बर्ष अघि गठन भएको एक अन्तराष्ट्रिय संस्थ्ाा हो । स्मरण रहोस यो अमेरिकामा नेपली समुदायको सकृयतामा स्थापना भएको दोस्रो संश्था हो ।

आजको यस कार्यक्रममा प्रमुख अतिथीको रुपमा अन्तराष्ट्रिय लायन्स क्लवका भुतपुर्व डाइरेक्टर डा विल आनाकोनी आउनुभएको थियो । वहाले नया सदस्यहरुलाई क्लबको बारेमा जानकारी गराउदै सबैलाई स्वागत गर्नु भएको थियो भने प्रमाण पत्र र पिन लगाएर सबैलाई स्वागत गर्नुभएको थियो । वहाका साथमा क्लबका र्चाटर अध्यक्ष राजेन थापा भुतपुर्व अध्यक्ष मनी नेपाली र हालका अध्यक्ष राम चन्द्र ढकालले खादा पहिराई सबै लाई स्वागत गरेका थिए ।

आफनो मन्तव्को क्रममा लायन डा बिल आनाकोनीले यो क्लब अमेरिकामा हुनु हामी सबैको गौरवको बिषय भएको जानकारी गराउदै वहाको टोलीले नेपालको विभिन्न भागमा आखा सिवीर चलाएको जानकारी गराउदै नेपाली जनताको उदार ह्दयभएको र ईमान्दार जातिको रुपमा परिचीत गराउनुभयो । साथै आउदो दिनहरुमा यस क्लवले नेपाल र नेपाली समुदायको सेवा मुलक कार्य तथा जन चेतना जगाउन सबैलाई आहवान गर्दै क्लवको उतरोत्तर प्रगतिको कामना गर्दै नया क्लव सदस्यहरुलाई हौसला बढाउनु भएको थियो ।

त्यसै गरि क्लबका अध्यक्ष राम चन्द्र ढकाललेपनि सबैलाई एक जुट भएर साथदिन आहवान गर्दै सबैको सहयोग र योगदानले मात्र यस क्लबको विकाश हुने जानकारी गराउदै नया नेतृत्वमा आउन सबै साथीहरुलाई अनुरोध समेत गरेका थिए ।
ल्ाायन ज्ञान पन्तले क्लबको नियम अनुशार सपथ ग्रहन गाराउदै प्रमुख अतिथीको परिचय तथा योगदानको बारेमा प्रकास पारेका थिए । आफु यस क्लबको स्थापना काल देखिनै सकृय रहेको र आउदो दिनहरुमापनि सहयोग गर्ने बचन बद्धता जाहेर गर्दै सबैलाई क्लबको भावना अनुरुप कार्य गर्न र आफनो व्यतित्व विकास गर्न सबैलाई लायन्स क्लवमा सकृय भएर सहभागि हुन र सेवाको भावणाको विकास गर्न अनुरोध गरेका थिए ।

लायन ध्रुव थापाले सन्चालन गरेको आजको यस कार्यक्रममा सदस्यहरुलाई क्लबको लोगो र नाम भएको ज्याकेट पच्चिस डलरमा उपलव्ध गराएको थियो भने विभिन्न सदस्यहरुले प्रायोजन गरेको आजको रात्री भोज सबैलाई निशुल्क प्रदान गरिएको थियो ।
कार्यक्रम नितान्त लायन्स क्लबका सदस्य सदस्यका परिवार र शुभचिन्तकहरुको उपश्थितिमा गरिएको थियो भने उक्त कार्यक्रममा विभिन्न नया तथा पुराना सदस्यहरुले आ आफनो मन्तव्य राखेका थिए जस्मा स्वागत मन्तव्यमा लक्ष्मी चौधरी धन्यवाद ज्ञापनमा कौशल प्रताप राणा र अन्य मन्तव्य दिनेहरुमा भुतपुर्व अध्यक्ष लायन मनी नेपाली, चन्द्र कान्त धिताल, राजेश थापा, चीनकाजी श्रेष्ठ ,हरी ढकाल ,लक्ष्मी भण्डारी, बाशुदेब घिमीरे, नुरीन बराल, अशोक भुशाल, तुलशी चौलागाईलगायत अन्य केहि सदस्यहरुले आफनो मन्तव्य राखेका थिए ।
कार्यक्रममा क्लवका अध्यक्षले प्रमुख अतिथीलाई ढाका टोपी लगाएर मायाको चिनो स्वरुप गौतम बुद्धको प्रतिमा समेत प्रदान गरेका थिए भने प्रमुख अतिथीबाट धरना कालाखेतीलाई दशै कार्यक्रममा नान्सीको कार्यक्रममा सहभागिता भएकोमा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको अन्तमा डिजे डiन्सको समेत आयोजना गरिएको थियो भने कार्यक्रमको समापन करिव साढे दसमा भएको थियो ।

Related Posts

  1. एएनए २००९का सहभागि पाहुनाहरुमा अग्रिम स्वागत
  2. बर्कलि अन्नपुर्णाको पदस्थापना सम्पन्न ।
  3. कर्णिकारलाई जापानमा स्वागत
  4. अस्टिन बासी नेपाली द्वारा भूटानी शरणार्थी लाई स्वागत
  5. शन्नी सगरमाथा स्वागत गर्दछ नयाँ वर्षको बनभोजमा
  6. नान्सीको विदाई तथा स्वागत कार्यक्रम ओकल्याण्डमा

Install the ratings plugin

Popularity:
643 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.