Better to know, समाचारहरु NEWS

रूसमा चतुर्थ गैर-आवासीय नेपाली विश्वसम्मलेनको समीक्षा कार्यक्रम सम्पन्न

Published by on November 9, 2009

रूसमा चतुर्थ गैर-आवासीय नेपाली विश्वसम्मलेनको समीक्षा कार्यक्रम सम्पन्न

प्रवीण गौचन

 

मस्को, ७ नोवेम्बर २००९ ।

यही शनिबार अपरान्ह मस्कोस्थित नेपाली दूतावासमा गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रुसले हालै नेपालमा सम्पन्न चौथो गैर-आवासीय नेपाली विश्वसम्मेलनको समीक्षा र भावी कार्यनितिका विषयमा एक छलफल तथा चियापान कार्यक्रमको आयोजना गरेको थियो।

गैर-आवासीय नेपाली संघ रूसका उपाध्यक्ष तथा कार्यक्रम संचालिका श्रीमती सपिला राजभंडारीको स्वागत मन्तब्यबाट कार्यक्रम शुरू भएको थियो। उक्त कार्यक्रममा रूसका लागी नेपालका राजदूत महामहिम सूर्यकिरण गुरुंगले गैर-आवासीय नेपाली संघको चौथो बिश्व सम्मलेन सफलतापूर्वक सम्पन्न भएको र एनआरएन रूसको विशेष भूमिकाबाट आफू अत्यन्त प्रभावित भएको छु भनी मुक्तकंठले प्रशंशा गर्दै सबै गैर-आवासीय नेपालीहरुलाई बधाई दिनुभएको थियो। उक्त बिश्व सम्मेलनमा आफू पनि सह्भागी भएको र निवर्तमान अध्यक्ष डा. उपेन्द्र महतोको नेतृत्वमा बिगत ६ बर्षदेखि एनआरएन अभियान जुन सपना र अठोट लिएर आफ्नो लक्षतिर अगाडि बढेको छ आगामी दिनहरुमा पनि  त्यस अभियानको महत्व कम हुन नदिन नयाँ नेतृत्वसहित नयाँ कार्यसमितिका कार्यहरुलाई हामी सबैको सामूहिक प्रयास र सहयोगले सफल पार्न आव्हान गर्नुभयो ।  गैर-आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले आफ्नो कार्यकालमा आफू तथा गैर-आवासीय नेपाली संघलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफ्नो मन्तब्य राख्नु भएको थियो।  गैर-आवासीय नेपाली अभियानमा एनआरएन रूसको भूमिकाले  विशेष स्थान राख्ने भएकोले हामीले अबका दिनहरुमा अझ बढ़ी सक्रिय भै यस अभियानमा निरंतर लागि पर्नुपर्दछ र समृद्ध नेपालको सपना सफल पार्नुपर्दछ भन्नुहुँदै उहाँले हिजो आफू पदमा हुँदा जसरी सक्रिय रूपमा काम गरेको थिएँ, भोलिका दिनहरुमा पनि त्यसै गरी काम गर्नेछु भनेर बिश्वास दिलाउन चाहन्छु भन्दै “शांत र समृद्ध नेपाल” को सपना आफ्नै जीवनमा यथार्थमा बदल्ने दृढ विश्वास दिलाउनुभयो।  गैर-आवासीय नेपाली संघ रूसका अध्यक्ष डा. मणिराज पोखरेलले एनआरएन रूसले बिश्व सम्मलेनमा खेलेको भूमिकाको सराहना गर्दै भविष्यमा पनि यस्तै रूपमा सक्रिय सहभागिता जनाउन  सबैलाई आव्हान गर्नुभयो।

निवर्तमान प्रवक्ता डा. जुगल भुर्तेलले बिश्वसम्मलेनमा गैर-आवासीय नेपाली संघसम्बन्धी सकारात्मक समाचार प्रचार-प्रसार गरी नेपाली जनतामा समाचार पुर्याइदिनु हुने देश-विदेशमा रहेका सबै पत्रकार र मिडियालाई विशेष धन्यवाद दिनुभयो।  गैर-आवासीय नेपाली संघको नेतृत्वमा जो सुकै आए पनि गैर-आवासीय नेपाली संघ रूसबाट बिगतमा जस्तै सहयोग सधै रहिरहने अपेक्षा राख्दै आफ्नो कार्यकालमा भएका सफलता-असफलताको समीक्षा गर्दै सहयोग गर्ने सबै महानुभावहरूलाई धन्यबाद दिनुभयो।  

Welcome by NCC Russia 07_11_2009 053_jibaगैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का नव-निर्वाचित उपाध्यक्ष श्री जीवा लामिछानेले उपाध्यक्षजस्तो गरिमामय पदमा आफूलाई निर्वाचित गराउने सबै जनालाई धन्यवाद दिदै आगामी दिनहरुमा अग्रज साथीहरुले देखाएको मार्गचित्रमा अगाडि बढ्न तपाईहरुको सहयोगको अझ बढ़ी खाचो रहेको छ भन्दै गैर-आवासीय नेपाली संघद्वारा नेपालमा संयोजन हुने सामाजिक कार्य र प्रत्यक्ष लगानी जस्ता अभियानहरुमा उल्लेखनीय योगदान कायम रहिरहोस् भन्ने कामना गर्नुभयो।

नव-निर्वाचित एनआरएन आईसीसीका लागि रूसका प्रतिनिधि डा. बद्री के. सी. ले चौथो विश्व सम्मलेनको अवसरमा गैर-आवासीय नेपाली संघ रूसको बिशेष पहलमा संपन्न विश्वको सर्बोच्च शिखर सगरमाथा आरोही-द्वय तेनजिंग नोर्गे शेर्पा र एडमंड हिलारीका साथै नेपालमा पर्यटन क्षेत्रलाई ब्यवसायिक स्तरमा प्रवर्धन गर्ने पहिलो ब्यक्ति रूसका बोरिस लेसेनोभिचको समेत सालिकहरुको अनावरण कार्यक्रम सम्बन्धी जानकारी दिनुभयो।      

त्यसैगरी कार्यक्रममा नेपाली नारी निकुंज रूसका अध्यक्ष डा. समता प्रसाद, नेपाली छात्र संघ-जनमैत्री बिश्वबिध्यालय रूसका अध्यक्ष डा. सचिन शाक्य, एनआरएन सेंट–पीटरबर्ग इकाईका अध्यक्ष डा. बुद्धिराज खरेलका साथै रूस भ्रमणमा रहनुभएका नेपाल-रूस उद्योग बाणिज्य संघका सचिव श्री नरेश श्रेष्ठले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो।

कार्यक्रमको अंतमा गैर-आवासीय नेपाली संघ रूसको तर्फबाट महामहिम राजदूत सूर्यकिरण गुरुंगले निवर्तमान अध्यक्ष डा. उपेन्द्र महतो र प्रवक्ता डा. जुगल भुर्तेललाई गैर-आवासीय नेपाली संघको सफल नेतृत्व निर्वाह गरेकोमा अभिनन्दनपत्र र फुलका गुच्छाहरु प्रदान गर्नुभयो भने नव-निर्वाचित उपाध्यक्ष श्री जीवा लामिछाने र आईसीसीका लागि रूसका प्रतिनिधि डा. बद्री के. सी. लाई फुलका गुच्छाहरु प्रदान गरी बधाई ज्ञापन गर्नुभयो।  नेपाल-रूस उद्योग बाणिज्य संघका सचिव श्री नरेश श्रेष्ठलाई गैर-आवासीय नेपाली संघ रूसका उपाधक्ष श्रीमती सपिला राजभंडारीले रूसको सम्झनास्वरुप उपहार प्रदान गर्नुभयो । यस वर्षको अस्वीकृत साहित्य पुरस्कारबाट सम्मानित साहित्य समाज मस्कोका अध्यक्ष डा. मधुकृष्ण श्रेठलाई पनि बधाई ज्ञापन गरिएको थियो।

कार्यक्रममा श्रीमती डली गुरुंगका साथै सम्पूर्ण नेपाली दूतावास परिवार, गैर-आवासीय नेपाली संघ रूस, रूस-नेपाल उद्योग बाणिज्य संघ, नेपाली नारी निकुंज, नेपाली छात्र संघ-रुसी जनमैत्री विश्वविद्यालय, साहित्य समाज, नेपाल खेलकूद तथा संस्कृति समाज आदि संघ–संस्थाका पदाधिकारीहरुका साथै रूसमा बसोबास गर्ने नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।  

उक्त कार्यक्रम शुरू हुनुअगावै बसेको गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसको बैठकमा गैर-आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का नवनियुक्त प्रवक्ता डा. कुमार बस्नेतलाई पितृशोक परेकोमा समवेदना प्रकट गरिएको थियो ।

गैर-आवासीय नेपाली संघ रूसको राष्ट्रिय समन्वय परिषद्को उक्त बैठकले काठमाडौंमा गत: १३ देखि १५ अक्टोबरसम्म सफलतापूर्वक सम्पन्न भएको  चौथो विश्व सम्मेलनका उपलव्धि र निर्णयहरुका बारेमा विचारविमर्ष र समीक्षा गर्नुका साथै गैर-आवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष श्री देवमान हीराचनका साथै अन्तर्राष्ट्रिय समन्वय परिषद्का अन्य सबै नवनिर्वाचित पदाधिकारीहरू तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गरेको छ र पहिलेझैं भविष्यमा पनि गैर-आवासीय नेपाली संघ रूसले अन्तर्राष्ट्रिय समन्वय परिषद्संग घनिष्ट सम्बन्ध कायम राखी सहकार्य गर्ने छ भन्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

मस्कोस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमको समाप्तिपश्चात् आयोजित चियापान कार्यक्रमको समयमा पनि चौथो विश्वसम्मेलनका सहभागीहरुले सम्मेलनको विषयमा आ-आफ्नो अनुभव बाँडिरहेका थिए ।

 

       मास्को, रूस महासंघ ।

Related Posts

  1. काठमाडौंमा अन्तर्राष्ट्रिय नेपाली साहित्य उत्सव सम्पन्न
  2. लायन्स क्लव अफ बर्कलि अन्नुपर्णाको स्वागत तथा शुशोभन कार्यक्रम
  3. महाकवि देवकोटाका रचना वाचन कार्यक्रम सम्पन्न
  4. एनआरएनए कुवेतको निर्वाचन कार्यक्रम सम्पन्न
  5. “कोलोराडोमा साँस्कृतिक कार्यक्रम सम्पन्न “
  6. अन्तरक्रिया र बालकथा लेखन र वाचन कार्यक्रम सम्पन्न
  7. प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
  8. मास्कोमा नेपाली पौभासम्बन्धी अन्तरकि्रया कार्यक्रम

Install the ratings plugin

Popularity:
276 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: