Better to know, समाचारहरु NEWS

राजदूत डा शंकर शर्माको आगमन

Published by Hamrosamaj on November 10, 2009

 

वाशिंटन डिसी ९ नोभेम्वर
अमेरिकाका लागि नेपालका राजदूत डा शंकर शर्मा आफ्नो कार्यभार सम्हाल्न आज पत्नी कल्पना शर्मा तथा आमासहित वाशिंटन डिसी आइपुग्नु भयो ।
राजदूत डा। शर्मालाई कार्यवाहक राजदूत कालिप्रसाद पोखरेलले डलस अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
माओवादी दलको नेतृत्वमा वनेको सरकारले पूर्ववर्ती सरकारले नियुक्त राजदूत पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका परराष्ट्र मामिला सल्लाहकार डा। सुरेशचन्द्र चालिसेलाई फिर्ता वोलाएपछि वाशिंटन डिसी राजदूत विहीन अवस्थामा रहेको थियो ।
स्मरणीय छ डा चालिसेलाई फिर्ता वोलाएपछि तत्कालीन सरकारका परराष्ट्र मन्त्री उपेन्द्र यादवले मधेसी जनाधिकार फोरमका तर्फवाट तीन दशकभन्दा वढी समयदेखि अमेरिकामा वसोवास गर्दै आउनु भएका डा। सुकदेव साह तेलीलाई राजदूतका रुपमा प्रस्ताव गरेको थियो र यो प्रकरण निकै विवादास्पद वनेको थियो तर प्रधानसेनापति काण्डमा माओवादीका प्रचण्डले राजिनामा दिएर सरकार ढलेपछि र नयाँ समिकरणमा फोरम विभाजित भएर उपेन्द्र यादव समूह सरकारवाहिर भएपछि डा तेलीको राजदूत नियुक्ति प्रकृया समाप्त भएको थियो । source: vpknews.com

Related Posts

No related posts.

Install the ratings plugin

Popularity:
157 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.