Better to know, समाचारहरु NEWS

“यो हो अमेरिका” चलचित्रमा अभिनय गर्नैहो कि?

Published by Hamrosamaj on November 17, 2009

अमेरिकामै सम्पुर्ण छायांकनहुने यो हो अमेरिका चलचित्रमा अभिनय गर्नैहो कि?

अमेरिकाको क्यालिफोर्निया बे एरियामा केहि बर्ष एता जसरी नेपाली समुदायको घनत्व बडिरहेको छ त्यसै गरि यस क्षेत्रमा नेपाली समुदायहरुको सकि्रयतामा विभिन्न संघ संस्थाहरुको संख्या पनि निक्कै बडन थालेको छ । साथै विभिन्न संघ संस्थाहरुले समय समयमा विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरि रहेकाछन् ।
तर गत एक बर्षभित्र नया विषय र चासोले यहाका नेपाली समुदायलाई आर्कषित गरेको छ त्यो हो चलचित्र निर्माण । गत बर्ष मात्र सिने नाटक कसम सगरमाथाको निर्माण तथा प्रदर्शन गरिएको थियो भने केहि महिना अघि मात्र काठमाडौ कथानाक चलचित्रको वल्र्ड प्रिमियर समेत यही भएको थियो जुन अमेरिकामा प्रिमियर भएको पहिलो नेपाली चलचित्र बन्न पुगेको थियो भने त्यस चलचित्रमा यस क्षेत्रका थुप्रै नेपालीहरुले थोरैमात्रामा भएपनि आफनो अनुहार देखाउन पाएका थिए भने अब सम्भवत पहिलो अमेरिकाको क्यालिफोर्नियामै यति समुहको व्यानरमा नया चलचित्र निर्माणको तयारी हुन लागेको जानकारी रोशन शुव्वा त्यागीले जानकारी गराएकाछन ।

 

यो हो अमेरिका चलचित्र यसै क्षेत्रका युवाहरुको सकि्रयतामा चाढै निर्माण हुने भएको छ जस्मा रोशन शुव्वाको निर्देशन अशोक गौतमको कथाबस्तु पृथ्वीराज उप्रतिको छाया निर्देशन तथा विप्लव उप्रेतिको छायांकन र रेशम लामाको भुमिका सह नायकको रुपमा निर्माणगरिने जानकारी प्राप्त भएको छ, यो चलचित्रको शुभ मुहर्त सम्भवत यहि आउदो जनवरीको पहिलो सप्ताहमा हुने जानकारी निर्देशक शुव्वाले हाम्रोसमाजलाई जानकारी गराएकाछन् ।

यस चलचित्रकोको लागी यस क्षेत्रका इच्छुक कलाकारहरुलाई आफनो अभिनयको भिडियो बनाएर यु टयुवको लिन्क मार्फत पठाउन समेत आहवान गरिएको छ जस्को विश्तृत जानकारीको लागि यु टयुव प्रो मो भिडियो( youtube promo video ) हेर्न सबैलाई अनुरोध गरिएको छ ।

यस चलित्रको छायांकन पुर्णत यहि क्षेत्रमा र लेक टाहो र प्रशान्त महासागरको छेउछाउ र जहाजमा समेत गरिने जानकारी प्राप्त भएको छ भने समय अनुकुल मिलाएर छायांकन गरिने भएकोले लगभग चलचित्र निर्माण गर्न एक बर्षपनि लाग्न सक्ने जनाइएको छ ।
यस चलचित्रको मुल विषय बश्तु भनेकै नेपालबाट अमेरिकन ड्रिम बोकेर अमेरिका आएका दुईजनाको जीव्ान शैलिमा आधारित हुने छ भने यहाँ आएर नेपालीहरुले भोगेका शुख दुखका गाथाहरुलाई समेत देखाइने छ । यो चलचित्र बनाउने चाहना कसरी आयोत भनि प्रश्न राख्दा शुव्वा तथा उप्रेति एकै श्वरमा भन्छन् हेर्नोश हामी यहा बसेर आफनो नेपाली समुदाय र नेपालको बारेमा केहि गरौ भन्ने भावणा भएकै कारणले यो चलचित्र निर्माण गर्न लागेका हौ तर यो कुनै व्यवसायिक चलचित्र न भएर आफनो अश्तित्व र नेपाल बाहिर बस्दै आएका नेपालीहरुको गाथालाई उजागर गर्न र वहाहरुको योगदान र त्यागलाई चलचित्रको माध्यमबाटै भएपनि दर्शक शामु पुर्याउन निर्माण गरेको हो । त्यसैले यस्लाई एउटा फरक खालको चलचित्रको रुपमा लिनुहोला ।
विदेशमा रहेका धेरै नेपाली दाजु भाई दिदी बहिनीहरुको भित्री चाहना होला कलाको माध्यमबाट समाजलाई केहि दिने र आफनो पहिचान बनाउने सोहि सपनालाई केहि हदसम्म भएपनि पुरा गर्न सकिन्छकि भनेर यो चलचित्र निर्माण गर्न लागेको बताउछन् यति समुहका सबै मित्रहरु । साथै सबैको सहयोग र साथले मात्र चलचित्र बन्न सफल हुने भएकोले इच्छुक महानुभावहरुलाई अघि आउन समेत अनुरोध गरेकाछन् । तसर्थ यहा प्रश्तुत गरिएको भिडियो हेरेर यसमा मांग भए अनुशारको िलंक चाडै उपलब्ध गराउन सबैलाई आहवान गरिएको छ ।
जेहोस यस क्षेत्रमा रहेका नेपाली समुदायले कसम सगरमाथा र काडमाडौपछि यो हो अमेरिकामा समेत आफनो अभिनय देखाउन पाउनु भनेको कलाकार बन्न चाहना राख्नेहरुलाई नया गॊरेटोको थालनीनै मान्न सकिन्छ ।

Related Posts

  1. अमेरिका अति स्वतन्त्र अर्थतन्त्रको शिकार
  2. अमेरिका नेपाली कलाकारको लर्को को कहाँ छन् ?

Install the ratings plugin

Popularity:
381 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.