समाचारहरु NEWS

कुवेतमा बालक गुरुङ्गको “साथीलाई कविता” बिमोचित

Published by Hamrosamaj on November 21, 2009

book_page_11कुवेतमा बालक गुरुङ्गको “साथीलाई कविता” बिमोचित

जय आले (कुवेत)
 

युवा कवि एवं गीतकार बाल कुमार गुरुङ्ग (बालक) को समसामयिक समिश्रण र साहित्यको रोचक संग्रह सहितको “साथीलाई कविता” नामक कविता संग्रह जिलिब अल-सुयोख कुवेतको ओमरा रेष्टुरेन्टमा २० नोभेम्वर २००९ को दिन एक समारोहबीच बिमोचित भएको छ ।
 
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव ईन्द्र भूषालले साहित्यिक संरचना र संचार क्षेत्रको भूमिकाको बारेमा उल्लेख गर्दै संचालन गर्नु भएको उक्त कार्यक्रममा NRNA-NCC कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्गको सभापतित्व र माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्यालको प्रमुख आतिथ्य रहेको थियो भनें अन्य अतिथिहरुमा युनिटी लाईफ जन जागृति टिम कुवेतका सचिव राजन रिमाल, कुवेतनेपाल डट कमका जय आले र नेपालकुवेत डट कमका सुजन केसी रहेका थिए । 
  
 

-सुन्दर फूल टिपेर रमाऊँ भन्छु, कसैले जिस्क्याइरहेझैं लाग्छ
खुसी र उमङ्गमा रमाऊँ भन्छु, सधैं कोलाहल अनि पीर-वेदनाले भरिदिन्छ
नीर आकाशलाई मोहित भई हेर्छु, आफैलाई थिच्न आइरहेझैं लाग्छ
फराकिलो खुला सतहमा उभिएर हेर्छु, धर्ती नै फाट्न लागिरहेझैं लाग्छ
शीतल छहारीमा बिसाऊँ भन्छु, ओझेलहरु नै भागिदिन्छ
जिन्दगी जिउने क्रममा केही लम्किएर हिडुँ भन्छु
आफैलाई आफ्नै मलाई गएझैं लाग्छ !! (आफ्नै मलामीबाट)
 

-ऐया नेता भयो न भयो
कती साह्रो लुछेको, कती साह्रो धुतेको
रौं भौं सबै उखेली सक्यौ, छाला चर्चराइरहेछ
शरीर अङ्गभङ्ग बनाइसक्यौ
यति धेरै चिथोरेर पनि कस्तो चित्त नबुझेको !! (ए नेताबाट)
 
-घर आँगन ढकमक्क पार्दै
झरी बर्षातहरुमा मुस्कुराउँदै
देउसी भैलोका गीत गाउँदै
माइतीसँग सुमधुर सम्बन्ध गाँस्ने सयपत्री
कठैबरी,
कुन पापीले बेचिदिएछ मरुभूमिभरी !! (मरुभूमिमा ओइलिरहेछ सयपत्रीबाट)  

 
photo3करिब ९६ पृष्ठमा निकै भावूक शब्दहरुले सिंगारिएका ४१ वटा कविताहरु समेटिएका “साथीलाई कविता” नामक यस संग्रहबाट उक्त ३ वटा कविताहरुको पुरा अंश लेखक बालक गुरुङ्गले समारोहमा वाचन गर्दा समारोह नै कवितामय बनेको थियो । वहाँको कविता वाचन गर्ने शैली, भाव र शब्दहरु सुन्दा शायद कसैको वास्तविक जीबनमा आधारित त छैनन् भन्ने भान परिरहेको थियो ।
 
 
 
-पातजस्तै लाग्छ मलाई स्वास्नीमान्छे
जलमल हुँदा पनि ओइली झर्ने
छातीभरी मंगलसूत्र, सिउँदोभरी सिन्दुर सजाएर पनि
पतित्वलाई कुल्चेर परपुरुषलाई अङ्गाल्ने
भन्थे देवीसरह हुन्छन स्वास्नी
बर्षौवर्ष बस्न सक्छन पतिबिना सीता बनी
त्यो त सबै फोस्रो कथा मात्र रै’छ
लालाबाला घरमै छोडी, स्वयम्बरको औंठी बेची
रात दिन रेष्टुरेन्ट पो धाउँदा रै’छन् स्वास्नी
रात त रातै भयो, दिनदहाडै अन्धकार बनाउँदा रै’छन्
बेडरुमको झ्यालढोका सबै बन्द गरी !
त्यसैले त लाग्छ मलाई त्यस्तै त्यस्तै स्वास्नीमान्छे
आवश्यकतामा चलाऊने भाँडाकुँडाजस्तो
रहर रोमान्समा प्रयोग गर्ने साधनजस्तो
त्तृष्णा लाग्दा प्यास मेटाउने कुवाजस्तो !! (स्वास्नीमान्छेबाट)

 
बालक गुरुङ्गका प्राय. सबै कविताहरु अत्यान्तै भावनात्मक र हृदयविदारक छन् । १० वर्षसम्म माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवलाई सफल नेतृत्व दिएका गुरुङ्ग अहिले क्लवको वरिष्ट सल्लाहाकारमा हुनुहुन्छ । श्री गुरुङ्ग एक कवि मात्र नभई एक कुशल गीतकार पनि हुनुहुन्छ । वहाँले लेखेका गीतहरु धीरज राई लगायत नेपालका सुप्रख्यात गायकहरुद्वारा गाइएका एल्बमहरु पनि धेरै लामो समयदेखी बजारमा आइसकेका छन । 
      बिमोचनको क्रममा सभापति लगायत अतिथिहरुको साथमा किताब उठाएर बिमोचन गरिएको थियो भनें NRNA एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कुवेतका उपाध्यक्ष धर्मराज गिरीको साथमा लेखक बालक गुरुङ्गले संचारकर्मी द्वय जय आले र सुजन केसीलाई उपहार स्वरुप किताब प्रदान गर्नु भएको थियो साथै किताब बिक्री वितरणको उद्घाटनकार्य NRNA कुवेतका सल्लाहाकार एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कार्यसमितिका सदस्य ईन्द्र प्रसाद पोखरेलबाट गराइएको थियो । 
  मन्तव्यको क्रममा युनिटी लाईफ जन जागृति टिम कुवेतका सचिव राजन रिमालले प्रवासमा रहेर एक जागिरे जीबनको परिवन्दमा परिवन्दित रही बालक गुरुङ्गले मुलुकको साहित्यिक फाँटमा एउटा नयाँ इँटा थप्ने कार्य गरेको र उहाँको यस “साथीलाई कविता” नामक कविता संग्रहले समाजमा भएका विकृतिलाई पर्दाफास गर्दै समाजलाई नै ऐना देखाउने प्रयास गरेको र अरब मुलुकमा नेपाली चेलीहरुले भोग्नु परेका पिडाहरुलाई समेत समेटेको पाइयो भनी प्रकाश पार्नु भयो । 
  यसैगरी आफ्नो अभिव्यक्तिको क्रममा लेखक बालक गुरुङ्गले करिब २ दशक पहिला आफ्नो “पर्खाल” नामक कविता संग्रहको बिमोचन भईसकेको र २०५२ सालमा रेडियो नेपालबाट समेत आफ्ना कविताहरु वाचन गरेको पनि जानकारी गराउनु भयो । साथै अहिलेको यस “साथीलाई कविता” को तयारीमा बिशेष सहयोग पुर्‍याउनु हुने बिष्णुविभु घिमिरे र जयप्रकाश त्रिपाठीलाई हार्दिक धन्यवाद दिंदै अन्य सहयोगी मित्रहरुलाई पनि धेरै-धेरै धन्यवाद ज्ञयापन गर्नु भयो । 
  अन्त्यमा सभापति राजेन्द्र तामाङ्गले कुवेतको मरुभूमिमा यसरी साहित्य फस्टाएको देख्दा आफु निकै प्रभावित बनेको भन्दै उपस्थित साहित्य प्रेमिहरु लगायत लेखकलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ राम्रा कृतिहरु निस्कने कुरामा विश्वस्त छु भन्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

Related Posts

  1. कुवेतमा कबिता प्रतियोगिता हुने
  2. महाकवि देवकोटा शतवाषिर्की वाल कविता प्रतियोगिता
  3. कुवेतमा NRNA-NCC तदर्थ समितिको गठन
  4. विश्वब्यापी कविता प्रतियोगिता

Install the ratings plugin

Popularity:
196 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.