Better to know NEWS
नेपाली को गौरब गुरुङ जाती
Published by Hamrosamaj on November 23, 2009
नेपाली को गौरब गुरुङ जाती
शेखर ढुङेल्
नेपाल बिस्वको एउटा त्यस्तो गौरबशाली राष्ट्र हो जुन भौगोलिक दृष्टिले सानो भए पनि संसार भर बहादुर इमान्दार र सस्क्रिती को धनी जाती को नाम ले चिनिन्छ । अनी त्यो गौरबपूर्ण सम्मान को जस नेपाली लाई ऊपलब्द्ध गराउने अग्रपँती मा रहेको छ गुरुङ जाती । नेपाल को चन्द्र सुर्य अंकित झन्डा मात्र होइन चम्किलो खुकुरी लाई विश्वा को कुना कुना सम्म पुर्याएर तोप र बन्दुक को अगाडि खुकुरी नचाएर लडाईं को मैदान बाट शत्रु लाई भगाउने बिस्व कै दुर्लभ निडर मध्य सर्ब श्रेष्ठ बहादुर जाती हुन गुरुङ ।
पहिलो र दोस्रो बिस्व युद्ध मा फ्रान्स , इटली , बर्मा , जापान , जर्मन सम्म पुगेर बेलायति फौज को गहना को रुपमा सम्मानित गोर्खा फौज को प्रतिनिधि हो गुरुङ जाती । बिस्व को अती सम्मानित र प्रतिष्ठित पदक भिक्टोरिया क्रस पाउने नेपाली हरु मध्य अग्रस्थान पनि गुरुङ हरु कै छ । स्मरण रहोस तत्कालिन पाचौ शाही गोर्खा राइफल का हबल्दार गजा घले ( गुरुङ ) १९४३ मा बर्मा को चिन हिल युद्ध मा बहादुरि पूर्वक लडे बापत सो पदक बाट सूशोभित भएका थिए । त्यस पछी क्रमस राइफल मेन थमन गुरुङ (5th royal gurkha rifles ) १९४४ दोस्रो बिस्व युद्ध इटली , लछिमन गुरुङ (8th gurkha rifles ) १९४५ दोस्रो बिस्व युद्ध बर्मा , भानभग्क्त गुरुङ (2nd King Edaward Vii Gurkha rifles ) १९४५ दोस्रो बिस्व युद्ध बर्मा मा बहादुरि साथ लडेकाले सो पदक बाट सम्मानित भएका थिए । सो पदक पाउने नेपालीको कुल सन्ख्या १२ मध्य ४ जना गुरुङ हुनु आँफै मा गर्ब को कुरो हो ।
लाली गुरास झै हसिला र रसिला मिजास को कर्मठ नेपाली सस्क्रिती को बिस्व ब्यापी राजदुत बनेका गुरुङ हरु को नेपाल मा बस्ती कता बाट आएर बसाए भन्ने एक्किन तथ्य इतिहास् कार सित नभएता पनि दक्षिणि तिब्बतिय भाग बाट बसाइ सरि आएको बिस्वास गरिन्छ । पस्चिम नेपाल को गण्डकी र धौलागिरी अञ्चल को ३ -४ हज्जार फिट उचाइ सम्म मा बस्ने गुरुङ हरु को सुरु धर्म बोन थियो बिस्तारै बौद्ध र हिन्दू धर्म अंगाल्न पुगे तर उनी हरु को सस्क्रिती दुबै धर्म बाट प्रभाबित देखिन्छ । घले , लामा , लामिछाने र घोताने ४ बर्ग र १६ उप बर्ग गुरुङ हरु को देखिन्छ । नेपाली सस्क्रितीमा उच्च स्थान राख्न सफल रहेको गुरुङ हरुको कुल सन्ख्या ३७ लाख भन्दा बढी रहेको तथ्यांक छ । नेपाली को दोस्रो नाम गोर्खाली को प्रतिनिधित्व पनि गुरुङ हरुले नै गरेका छन । पहिलो र दोस्रो बिस्व युद्ध मा ब्रिटिश गोर्खा आर्मी को नाम ले बिस्व को कुना कुना सम्म यो जातिले आफ्नो बिरता को परिचय दिन सफल भएको थियो । त्यसै को फल स्वरुप आज सम्म बेलायत , भारत , ब्रुनाइ , सिङापोर , मलेसिया , हङ्कङ आदी ठाउँ मा एक बिस्वसनिय सुरक्षा फौज को रुपमा निरन्तरता पाइ राखेको छ ।
पस्चिम नेपाल को अन्नपूर्ण र माच्छापुछ्रे को उच्च हिमालि भाग मा भेडा खेती र उनको ब्यापार पुर्खौली ब्यवसाय भएका गुरुङ ( तमु , घले , डेडुवा , कि ) हरु आज भने शैनिक सेवा लगायत अन्य बिभिन्न पेसा मा स्वतन्त्र रुपमा लागेका छन । बासको बास्केट ढकी र उनको कम्बल बनाउन प्रख्याती पाएका गुरुङ हरु पस्चिम नेपाल को बिशिस्ठ सास्कृतिक स्रिजना ” रोधी घर ” का जन्म दाता र सम्रक्षक पनि हुन ।
बिस्व मा नेपाली को शिर उच्च पार्ने बिरता मात्र न भै नेपाल को सामाजिक अवस्था सुधार गर्न स्वर्गिय डा . हर्क गुरुङ ले तयार गर्नु भएको ‘सामाजिक सुधार ऐन ‘लागु गर्न सकिएको भए शायद नेपाल ले आज को जस्तो दुर्दिन देख्नु पर्ने थिएन कि ?बर्तमान नेपाली शेनाधक्ष्य छत्र मान गुरुङ , डा शेखर गुरुङ , डा ॐ गुरुङ , लगायत १५ बर्ष भन्दा बढी सयुक्त राष्ट्र संघ को शान्ती नियोग अन्तर्गत बिभिन्न देश मा मानबाधिकार सम्बन्ध मा प्रशिक्षण मा संलग्न भै आमोद गुरुङ ले स्थापित गरेको उच्च नेपाल को छ्बी लाई पनि बिर्सन सकिन्न .
बिस्व मा नेपाल को बिरता , इमान्दारिता र बिशिस्ठ सस्क्रिती को प्रतिनिधित्व गर्ने यो गौरबसाली गुरुङ जाती ले आज पनि आफु पुगेको बिस्व को कुना कुना सम्म नेपाली सस्क्रिती लाई जिवन्त राख्न अनेकौ कार्यक्रम गर्दै आएको छ र यसै सिलसिला मा गुरुङ हरु को नयाँ बर्ष ( लोत्सार ) नजिकै अाइ पुगेको र अमेरिका को सनफ्रान्सिस्को शहर लगायत बिस्व को बिभिन्न कुना मा भब्य सास्कृतिक कार्यक्रम सहित लोत्सार पर्ब मनाउने तयारी को समाचार ले प्रत्यक नेपालीको मन मा खुशी छाएको छ सधैं झै तमु लोत्सार को ऊपलक्ष मा मंगलमय शुभ कामना
Related Posts
No related posts.


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
s. lama on Mon, 16th May 2011 4:42 AM
teso vaye Gurung jati le khas gari manne DHARMA chahi ke ho ta HINDU , BUDDHIST ki BOON ???
Gurung jati lai kun dharma bata chinaune ?