समाचारहरु NEWS

राजदूत डा शंकर शर्माको स्वागत तथा अन्तरकृया कार्यक्रम

Published by Hamrosamaj on November 29, 2009

राजदूत डा शंकर शर्माको स्वागत तथा अन्तरकृया कार्यक्रम

वाशिंटन डिसी नोभेम्वर २९

वाशिंटन डिसी मेट्रो क्षेत्रका प्रमुख चार मिडिया सगरमाथा टिभी रेडियो दोभान नेपाल होराइजन्स डट कम तथा पाक्षिक अखवार विश्वपरिक्रमाका तर्फवाट अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा। शंकर प्रसाद शर्माको स्वागत तथा उहाँसँगको अन्तरकृया कार्यक्रम स्थानिय आर्लिंटन भर्जिनियाको केन्द्रिय पुस्तकालयको सभाकक्षमा सम्पन्न भयो । सो समारोहलाई सम्वोधन गर्दै राजदूत डा। शर्माले अहिलेसम्म आफुले आर्जन गरेको अनुभव र यहाँका नेपाली समुदायको सुझाव अनुसार काम गर्ने मनसाय व्यक्त गर्नुभयो । राजदूत नियुक्तिको प्रकृयासँगै आफुले एजेण्डा तयार गरेको र पत्राचार शुरु गरेको वताउनु हुँदै ६ महिनामा प्रष्ट रुपमा केही देखिने वताउनु भयो । आफूले यहाँको जन समुदायको सुझाव र सल्लाहको अपेक्षा गरेको तर आफू विचारशून्य नभएको र आफ्नो भिजन अनुसार काम अघि वढाउने वताउनु भयो ।

राजदूत शर्माले भन्नुभयो अमेरिकी सरकारले नेपाललाई दिने सहयोगको मात्रा मात्र होइन प्रकृतिमा समेत सुधारको आजश्यकता छ । उहाँको कथन थियो दुइ देशको सम्वन्ध आधिकारिक रुपमा संस्थागत हुन जरुरी छ जस्ले गर्दा यौटा ट्रयाक वन्दछ र त्यो पकृयाले निरन्तर काम गर्दछ ।

कार्यक्रमको शुरुवात रेडियो दोभानका अध्यक्ष नगेन्द्र पौडेलले गरेपछि औपचारिक कार्यक्रम सगरमाथा टिभीका ऐंकर शर्मिला उप्रेतीले गर्नु भएको थियो ।

आयोजकका तर्फवाट औपचारिक स्वागत भाषण विश्वपरिक्रमा अखवारका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणाले गर्नुभएपछि गोपाल रेग्मीले राजदूत डा। शंकर शर्माको परिचय प्रस्तुत गर्नुभएको थियो ।

उत्तरअमेरिकाका पत्रकारहरुको संस्था नाजाका महासचिव कृष्ण शर्माले नाजाका तर्फवाट मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।

सगरमाथा टेलिभिजनका संचालक राम खरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा आयोजकका तर्फवाट मुक्ति दवाडीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रथम चरणको औपचारिक कार्यक्रमपश्चात् सम्पन्न अन्तरकृया कार्यक्रममा विभिन्न व्यक्तिहरुले राख्नुभएको जिज्ञासाको राजदूत डा। शर्माले जवाफ दिनु भएको थियो ।

स्मरणीय छ यी चार मिडिया हालै एएनएको पहलमा गठित उत्तर अमेरिकाका मिडियाहरुको इकाई उत्तर अमेरिकी मिडिया क्लवसँग आवद्ध छन् ।

Related Posts

  1. राजदूत डा शंकर शर्माको आगमन
  2. लायन्स क्लव अफ बर्कलि अन्नुपर्णाको स्वागत तथा शुशोभन कार्यक्रम
  3. एएनए २००९का सहभागि पाहुनाहरुमा अग्रिम स्वागत
  4. नेपाल जनसम्पर्क समितिको अन्तरकृया कार्यक्रम बर्कलीमा
  5. कर्णिकारलाई जापानमा स्वागत
  6. अस्टिन बासी नेपाली द्वारा भूटानी शरणार्थी लाई स्वागत
  7. शन्नी सगरमाथा स्वागत गर्दछ नयाँ वर्षको बनभोजमा
  8. नान्सीको विदाई तथा स्वागत कार्यक्रम ओकल्याण्डमा

Install the ratings plugin

Popularity:
168 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.