समाचारहरु NEWS
कुवेतका लागि प्रथम नेपाली राजदूत मधुवन पौडेलको कुवेत आगमन
Published by Hamrosamaj on December 8, 2009
कुवेतका लागि प्रथम नेपाली राजदूत मधुवन पौडेलको कुवेत आगमन
जय आले (कुवेत)
कुवेतका लागि प्रथम नेपाली राजदूत श्रीमान मधुवन पौडेलको उहाँकी धर्मपत्नीको साथमा ०७ डिसेम्वर २००९ को दिन, साँझको ९.३५ बजे कतार एयरको फ्लाईट नं. QR-136 बाट काठमाण्डौ-दोहा हुँदै कुवेत आगमन भएको छ ।
राजदूत पौडेलको स्वागत गर्न गैर-आवासिय नेपाली सँघ (NRNA) कुवेत, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ-कुवेत, नेपाली चर्च कुवेत, युनिटी लाईफ जन-जागृति टिम कुवेत, नयाँ नेपाल क्लव, प्रवासी प्रगतिशिल पत्रकार मन्च, मगर सँघ कुवेत, नेपाल-कुवेत साँस्कृतिक मन्च, प्रवासी युवा मन्च, पाथिभरा बचत सँघ, देउराली बचत सँघ, कन्चनजङ्घा क्लब, पत्रकारहरु, बुद्दिजिबी एवं समाजसेवीहरु, कलाकारहरु र बिभिन्न तह र तप्कामा पेशारत अन्य कुवेतवासी नेपालीहरुको समेत कुवेत एयरपोर्टमा उल्लेख्य उपस्थिती थियो ।
लामो समय देखी कुवेतमा पेशारत नेपालीहरुको सामुहिक पहलले कुवेतमा नेपाली दूतावास स्थापना हुनु र कुवेतका लागि प्रथम राजदूत नियूक्त भई श्रीमान मधुवन पौडेलको कुवेत आगमन हुनुमा समस्त कुवेतवासी नेपालीहरुले दूतावास स्थापनाको लागि गरेको सँघर्षको एउटा ऐतिहाँसिक सफलता मानिएको छ । तर, ४० हजार नेपालीहरुको जन-घनत्व रहेको कुवेत नगरीमा राजदूत पौडेलको कूटनैतीक कदम कतीसम्म चुनौतीपूर्ण रहने हो त्यो समयले नै बताउने छ ।
अहिलेको तद्कारो रुपमा तेर्सिएका केही समस्याहरु मध्य; “कुवेतमा अवैध रुपमा बसोवास गर्दै आएका नेपालीहरुको समस्या, कानुनी प्रकृयाबाट नेपाली कामदारको हितमा कुवेत र नेपाल सरकार बिच श्रम-सम्झौता गरी कामदारको आयात गर्दै संरक्षण गर्नु सक्नु र नेपाल-कुवेत बिच व्यापार प्रवर्धनलाई प्रोत्साहन गरी नेपाल तथा नेपालीको आर्थिक गति-विधिमा संलग्न हुन सक्ने खालका सम्भाव्य योजनाहरको कार्यान्वयन गर्न-गराउन सक्नुपर्ने जस्ता चुनौतिहरु देखिएका र यिनै विविध समस्याहरुको निराकरणमा नै नेपाली दूतावासको विशेष ध्यानाकर्षण रहने छ भन्ने कुरामा कुवेतवासी नेपालीहरु आशावादी छन् ।
समाजसेवी मित्र सिंजाली र NRNA कुवेतका सचिव सुजन केसीले सम्वन्धित निकायमा गरेको अनुरोधले नै स्वागतार्थ सयौंको संख्यामा उपस्थित नेपालीहरुले एक-एक गर्दै राजदूत पौडेललाई भि.आइ.पी. कक्षमा भेट्ने अवसर पाए भनें भेटमा NRNA कुवेतका अध्यक्ष- राजेन्द्र तामाङ्ग, महासचिव आगम लिम्बु, माउण्ट एभरेष्ट क्लवका अध्यक्ष- किरण पौड्याल, माउण्ट एभरेष्ट एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरी, नेपाल-कुवेत साँस्कृतिक मन्चका अध्यक्ष एवं माउण्ट एभरेष्टका खेलकुद प्रमुख- मान बहादुर भूजेल र जन-जागृति टिमका उपाध्यक्ष- ठाकुर पौडेल लगायतले फूलमाला पहिर्याई राजदूतको पहिलो स्वागत गरे । साथै विशेष दर्शनभेट पश्चात बाहिर आएर राजदूत पौडेलले उपस्थित सबैलाई धन्यबाद दिंदै आफ्नो स्वागत स्वरुप यती धेरै नेपालीहरु एयरपोर्टमै भेट्न पाउँदा निकै आभारी रहेको कुरा व्यक्त गर्नु भयो ।
कुवेतवासी नेपालीहरुले तपाईंको भव्य स्वागत गर्ने कार्यक्रम छ कहीले समय मिलाउन सकिन्छ भन्ने पत्रकारहरुको छोटो जिज्ञासामा २/४ दिन आफु निकै व्यस्त रहने र त्यसपछीको कुनै पनि समयमा आफु उपस्थित हुने कुरा पनि वहाँले बताउनु भयो । यसैगरी कुवेतस्थित बिभिन्न सँघ-संस्थाबाट एक-एक प्रतिनिधि चयन गरी राजदूत पौडेलको स्वागत कार्यक्रमको तयारी एवं बन्दोबस्तिका लागि एक टास्क फोर्स समेत उक्त अवसरमा गठन गरि सम्पूर्ण जिम्मेवारी उक्त टास्क फोर्सलाई नै दिईएको छ ।
Related Posts
- नेपाली कथानक चलचित्र सपना हो की विपना को दोहामा प्रथम प्रदर्शन
- राजदूत डा शंकर शर्माको स्वागत तथा अन्तरकृया कार्यक्रम
- राजदूत डा शंकर शर्माको आगमन
- कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टमा नेपाल र घाना बराबरी
- प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- नेपाली जन प्रगतिशील मंच साउदी अरेवियाको प्रथम महाधीबेशन भब्यताको साथ सम्पन्न ।
- कथाकार मधुवन पौडेल सम्मानित
- अनेसास यूएई च्याप्टरको प्रथम अधिवेशन


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....