साहित्य(कबिता, कथा, लेख) NEWS

म त्यसबेला तिम्रो सिपाही बन्नेछु

Published by Hamrosamaj on December 8, 2009

म त्यसबेला तिम्रो सिपाही बन्नेछु

किन तिमी अन्धकारमा सधै बस्छौ

ठीकै छ

तिम्रो सहयोगी योद्धा हुँ म

सँगै नबसौला हुदैन

उज्यालोले त पोलेको छैन

आँखाहरु पट्टिले बाँधेको त छैन

दिनमै धुवाँ लगाइदिएको त छैन

आगोको ज्वाला नदेखेर त होइन

हावा लगाउँला धुवाँ उडाउन

पर्खाल भत्काउँला प्रकास देखाउन

तिमीलाई स्वतन्त्रता देखाउँला

समान हक अधिकार दिलाउन

लगातार म लागिरहुँला

एक थोपा रगत भैन्जेलसम्म

आशाको त्यान्द्रोलाई लठारो बनाउन

यो शिर नढलुन्जेलसम्म

अब पनि तिमी एक्लै अन्धकारमा बस्छौ

ठिकै छ

म सहुँला अधिकार माग्दिन

अन्धकारहरु ममा पनि त छ

ढुख बेदना र यातना किन बुझ्दैनौ

फेरि युद्धभुमिमा क्रान्तिको बिगुल फुक्नु छ

हातमा हतियार लियरहातमा हात मिलाउनु छ

कि कसैले पैसा र तक्मा त देखाएन

यी सबै झुटो आश्वासन र बिश्वास हो

धाक र सम्पतिको झुटो अहम् हो

सबै यहाँ किचिएका, पिसिएका छन

भोक भोकै नाग्गै नाग्गै मरेका छन

क्रुरयातनामा कति मरे

बच्ने आसै आसमा कति मरे

यदि तिमी हतियार बनेर निस्कन्छ भने

अन्याय र अत्याचारको भन्डाफोर गर्छौ

भनेआगो निभाउन पानी बनी लाग्छौ

भनेचार पर्खाल भत्काई निस्कन्छौ भने

रोग र भोकको बिरुद्द आवाज उठाउँछौ भने

समान हक अधिकारको सवाल उठाउछौ भने

सम्झौता र सन्धिमा देश बेच्न,सिमाना सार्न दिदैनौ भने

झुटा अन्धबिस्वास र कुनिती तोड्न

बन्दुक बोक्नु परे भन मलाई

शोशण र दमन गर्नेको बिरोधमा

आवाज उठाउनु परे भन मलाई

आकास धर्ति थर्काइ दिन्छु

गोली थाप्न तयार छु

रास्ट्र र रास्ट्रीयताको लागी

भन तिमी सधै मलाई

बिरोधमा लड्नु परे

म त्यसबेला तिम्रो सिपाही बन्ने छु।

दिलिप योन्जन

अस्टिन, अमेरिका

Related Posts

No related posts.

Install the ratings plugin

Popularity:
220 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.