Better to know NEWS

हाम्रो संस्कृति हाम्रो मान, सबै मिली गरौ यस्को सम्मान”

Published by on December 8, 2009

हाम्रो संस्कृति हाम्रो मान, सबै मिली गरौ यस्को सम्मान”

हाम्रो संस्कृति हाम्रो पहिचान
 योहो हाम्रो राष्ट्रियताको निशान
गरौ यस्को सबमिली संरक्षन

विष्णु कुमारी गुरुङ
आफनो पुर्खाले बर्षौदेखि मान्दै आएको गर्दै आएको सामाजिक कृयाकलाप र परिवेशनै संस्कृतिको पहिचान हो । हरेक मानिस एउटा संस्कृतिको परिवेशमा हुर्कन्छ आखिर यहिनै उस्को पहिचान पनि हो । नेपाल सानो देश भएरपनि हजारौ संस्कृतिको धनी देश हो । यो हामी नेपलीले आफैमा गर्व गर्नसक्ने कुरा हो तर यसलाई विश्वसामु चिनाउन नसक्नु हाम्रो कमजोरी हो त्यसो भएमा यसले अवस्य केहि र्दुभाग्य निम्ताउछ यो सारै दुख्ा लाग्दो कुरा हो ।
तमु ल्होछारको संदर्भमा हाम्रो समाजडट नेटका संस्थापक तथा प्रधान सम्पादक ध्रुव थापाले गरेको योगदान र ल्होछार कार्यक्रमलाई अमेरिकन क्रोनिकल( American Chronicle) देखि विभिन्न अनलाईन तथा प्रिन्ट मिडियाहरुमा लेख प्रकासन गरेर उत्तरी क्यालिफोर्नियाको तमु समाजलाई चिनाउन जुन सहयोग गरेको छ त्यस्ले हामीसबैलाई हौशला प्रदान गरेको यहाँहरु समक्ष राख्न चाहन्छु । त्यसैगरि मनी नेपाली र शेखर ढुंगेलद्धारा प्रकाशित अंग्रेजी र नेपाली लेख रचनाहरुले अझ सुनमा शुगन्ध थपेको छ । वहाँहरुको लेखमा गुरुङ जातिको संस्कृति भाषाचाड पर्व तथा ऐतिहासिक कार्यहरुको उल्लेख गरिएको छ जुन लेख रचनाहरुले मेरोपनि आत्माबल बडेको अनुभुति भएको छ ।
त्यस्तै विश्व भरि छरिएर बसेका कैयो साथीहरुबाट आफनो संस्कृतिको संरक्षण गर्ने प्रयासलाई प्रशंसा गरेको पाए साथै विगतका ल्होसार कार्यक्रमहरुमापनि धेरै स्थानिय साथीहरुको सहयोग र उपश्थितिले होस्टे मा हैसेपाएर हाम्रौ हौशला र साहस बढेको छ भन्दा केहि अतियुक्ति नहोला ।
हामी नेपाली स्वभावलेनै प्रकृति प्रेमि सहयोगी रमाईलो गर्ने आफनोपनमा रमाउने र संस्कृति प्रेमीपनि हौ भन्ने कुराको यो ज्वलन्त उदाहरणपनि हो ।
कुनै पनि कुराको शुरुवात त्यस्को विउ रोपेर मात्र हुन्छ अनि त्यस्लाई हुर्काउन कति लामो समयसम्म रेखदेख गर्नुपर्छ। आफनो पुर्खाले हुर्काईदिएर फल खान हामीलाई दिएको यो हाम्रो धरोहरलाई हामीले संरक्षण गर्न नसकेमा आउदो दिनहरुमा हाम्र्र्रै संन्तानले धिक्कार्ने छ र पुर्खाले सराप्ने छ । हामीले आफनो अश्तित्व गुमाए यो कदापि मागेर वा किनेर पाईनेछैन यसैले हामीले आफनो संस्कृति विश्वको कुनैपनि कुनामा बसेतापनि भुल्नु हुदैन र यस्को जर्गेना गर्ने कार्यमा तपाई हामी सब एक भएर लाग्नुपर्ने छ । यहिनै हाम्रो बुद्धिमानी हो र यहिनै हाम्रो अश्तित्वको संरक्षणहो किनकी हामी विविध भाषा संस्कृति र सम्पदाले धनी नेपाली हौ र हामी सबैलाई नेपालीहुनुमा गर्व हुनुपर्नेछ । नेपालको कुनैपनि संस्कृति नेपाल आमाको गहनाहो यो अनमोल सम्पदाको संरक्षणको दायित्व तपाई हाम्रो काँदमा छ र यो हामीले एकजुट भएर फुटेर हैन जुटेर आफनो धर्म निर्वाह गनुपर्छ ।

तमु भेषभुषामा सजिएर यहि आउदो ल्होसार पर्वमा सालैजु सोरठी, घाट कौडा जस्ता पौरानिक र सास्कृतिक गुरुंग नृत्यहरु विदेशमै बसेर भएपनि आफनो अगाडी हेर्न पाउनु यो हामी सबै नेपलीको सौभाग्य हैन र अनि यसपालाको ल्होसारमा उत्तरी क्यालिफोर्निया तमु समाजले केहि यस्ता ब्यक्तिहरुलाई सम्मान गर्दै छ जो विदेशी भुमिमापनि नेपाली समाजलाई अविश्मरणीय योगदान पुर्याउनु भएको छ । साथै यस बर्षको ल्होसार कार्यक्रमबाट संकलन भएको २० प्रतिशत रकम नेपालको अनाथ बाल बालिकाहरुलाई प्रदानगरिने जानकारी यहाँहरुलाई राख्न चाहन्छौ । त्यसैले सबैको सहयोग र योगदानको अपेक्षा राख्दै आउदो तमु ल्होसारको उपलक्ष्यमा यहाँहरुलाई अगि्रम शुभकामना दिदै ल्होसार साँझमा यहाँहरुलाई तमु समाजको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु ।
आउनुहोस सबै मिली संास्कृतिक वातावारणमा रमाइलो गरौ समाजमा योगदान पुर्याउने व्यक्तिहरुको सम्मान गरौ, साथै नेपाल आमा र नेपाल आमाको काखमा हुर्कदै गरेका अनाथ बाल बालिकाहरुलाई,  असायहरुलाई विदेशमै बसेर भएपनि माया र सहयोग गरौ ।

सबै मिली एक स्वरमा भनौ “हाम्रो संस्कृति हाम्रो मान सबै मिली गरौ यस्को सम्मान” ।

Related Posts

  1. ल्होसार मनाऔं, संस्कृति बचाऔं
  2. न्यान्सको कार्यक्रम र हाम्रो दायित्व
  3. १०९ वर्षीय कांशीराम राई समेतलाई सम्मान …..
  4. वरिष्ठ कलाकार नीर शाहको अमेरिकामा सम्मान
  5. द हृवाट जोन प्रस्तुत गर्दछ “हाम्रो संस्कृती हाम्रो संगम”
  6. हामी मरेपनि हाम्रो अनेसास रहिरहोस्‌- गोकुल भण्डारी
  7. प्राच्य संस्कृति : प्रादेशिक विकासका विशेषताहरु
  8. ”हाम्रो माया ” अबिरल अधिकारी ”प्रेरणा ”

Install the ratings plugin

Popularity:
680 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: