साहित्य(कबिता, कथा, लेख) NEWS

बोलाउदा नि .- गीत-दिलिप योन्जन

Published by Hamrosamaj on January 9, 2010

बोलाउदा नि ………………../ गीत

बोल्लौदा नि रिसाउने कस्तो तिम्रो बानी
लजाउदा  झनै  राम्री  मेरी  मनकी रानी !

जती हेर्यो  उती  हेरु  लागीरन्छ पल-पल
जे गरेनी तस्बिर तिन्को आइरन्छ झल-झल
अमृत पनी नसा भयो सम्झनामा तिनको
मन-मन्दिरमा  माया बस्यो भेट्दा एकै छिनको !

अपसरा नि फिका लाग्छ हासी२ बोल्दा
स्वर्गै पाउथे होला तिनले अंगालोमा बाध्दा
एकान्त नि प्यारो लाग्छ एक्लै गुन-गुनाउदा
चखेवा झैँ उडु लाग्छ तिनलाई सामु पाउदा !

दिलिप योन्जन
अस्टिन, अमेरिका

जिन्दगी

उज्यालो र कोलाहलमा बिलाउन
सधै सधै म आसाको त्यान्द्रो लिएर
अभाबको समाधन खोज्दा खोज्दै
मिरमिरे देखि गोधुली रक्तिम किरणसम्म
बाटो…. दोबाटो…… अनि गल्ली हुदै
वारि छितिजबाट……… पारि छितिजसम्म
भड्किरहन्छु………….दौडिरहन्छु……..
आवश्यकताको गहिरो धरातलमा
अतालिदै…….. कहालिदै……….. खोजि हिड्छु
त्यही भिडहरुको बीचमा
गन्तब्यको थकाइपछि फर्किन्छु
खाली हात लामो सुस्केरा बोकेर
पोल्टोभरि झुटो बिश्वास दिएर
बर्षौ बर्षसम्म धैर्यतामा बाचिन
कल्पना भरि खुसीयाली समेटेर
खाली पेट पटुका कस्दै  हास्छिन
जवानी फिर्ता मागेर रोइन
सम्पति र मोजमस्ति मागिन
नौलो आसा र उमग बोकेकी हुन्छिन्
आँखाभरि आसु झारेर खुशी दिन हास्छिन
मुटुभरि पीडा लुकायर भाबनमा बाच्छिन
मैले एक मुठि खुसी दिन सकिन
फुल्छन् मनका कुनामा रुन्चे खुसिहरु
न मैले दिन सके …………..
न उनले अधिकार मागिन्
अभाबको खाडलमा होमिएको
 जिन्दगी……….. !

दिलिप योन्जन
अस्टिन, अमेरिका

अभाबको जिन्दगी

 

दिलिप योन्जन

अस्टिन अमेरिका

 

 

 

 

 

मिरमिरेमा जब किरण छरिन्छ

भोकको रापले खडेरीले झै पोल्छ

अलास तलास पसिना सरि ब्युझन्छु

दिन भरिको घामले डढेर कक्रे झै

दोबाटो चोक गल्लि गल्लिमा भौतारिन्छु

अभाबले अतालिएको जन्तु जस्तै

रोगले पाकेर गनाए जस्तै

खालि पेट मातेको मान्छे जस्तै

हावा, हुरि, झरी, बादलमा कति डुबे

छट्पटिन्छु रात भर खाली भुईमा

बरदान माग्दा काटेर फालेको भाले जस्तै……

Related Posts

  1. दिलिप योन्जनका गीत र कविताहरु
  2. अरुको दुखमा- गीत दिलिप योन्जन
  3. दिलिप योन्जनका गीत र कविताहरु

Install the ratings plugin

Popularity:
569 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.