Better to know NEWS

ल्होसार कि ल्होछार?— सोम गुरुङ

Published by Hamrosamaj on December 31, 2009

ल्होसार कि ल्होछार?

 

एक जना संचारकर्मी मित्रले मलाई सोध्नुभो, “हैन गुरुङ्जी तपाईंहरुको यो ल्होसार कि ल्होछार?”

मैले वहाँलाई उल्टै सोधे, “तपाइ यो पेशामा लाग्नुभएको कती समय भयो?” मित्र अकमक्क पर्नु भयो। शायद यो अप्रत्यासित प्रतीप्रश्नको अपेक्षा वहाँलाई थिएन। एबम रितले धेरै ठाउमा धेरै जनाले धेरै जनालाई धेरै पटक सोधिएको प्रश्न हो यो, ‘ल्होसार कि ल्होछार?’। यि धेरै सोधाईहरुमा धेरै उत्तरहरु दुबिधा जनक हुनसक्छ वा सन्तोषप्रद नहुन सक्छ। त्यसैले धेरै ठाउमा धेरै पटक ल्होछर्को सट्टा ल्होसार प्रयोग गरिएको पाईन्छ।

प्रसँग यहाँ संचार माध्यम, संचारकर्मी अनी एउटा सांस्कृतिक पर्वको हो। मेरो बुझाईमा संचार क्षेत्र अती नै सम्बेदनशील हुन्छ र संचारकर्मिहरु स्वभावैले सर्जक, अध्ययनशील, खोजमुलक र तथ्यपरक हुन्छन्। आफुलाई दर्शक वा पाठक सामु सम्प्रेशन गर्नु अघी अध्ययन अनुसन्धान गर्नु बिस्वोस्त हुनु तत्पस्चात मात्र प्रस्तुत हुनु, गर्नु या गराउनु संचार माध्यमको मुलमन्त्र हो र संचार कर्मिको धर्म।

सगरमाथा, गौतम बुद्ध र यहाँको अनुपम कला र संस्कृति नेपाल र नेपालीलाई विश्व सामु चिनाउने बिशिस्ट एबम स्थापित माध्यमहरु हुन। त्यसैले संस्कृति राष्ट्रिय सम्पदाको सुचीमा पर्दछ। तमू (गुरुङ) जातिको ‘ल्होछार पर्व’ परम्परागत गुरुङ संस्कृतिमा आधारीत एक महान पर्व हो। जसलाई नेपाल सरकारले २०६४ साल मा राष्ट्रिय पर्वको रुपमा घोषणा गरिसकेको छ। यस अर्थमा ‘तमू ल्होछार’ राष्ट्रव्यापी रुपमा सर्वमान्य एक सान्स्कृतिक पर्व हो।यस्तो एउटा सान्स्कृतिक महत्व बोकेको राष्ट्रिय पर्बको बारेमा संचारकर्मिहरु अनभिग्य हुनु आस्चर्यकै कुरा मान्नुपर्दछ। पटक पटक “ल्होछार लाई लोसार” लेखिनु वा भनिनु संचार माध्यमको निर्विवेकी एबम लापरबाहीपन हो भन्दा कुनै अतियोशक्ती नहोला।

विविध भाषा, धर्म, संस्कृति तथा जातियतामा निहित एकता नै मुलूक को सामुहिक पहिचान हो। अर्को शब्दमा यिनै बिभिन्नता भित्रको एकिक्रित स्वरुप नै वास्तबिक नेपाल हो। यहाँ बोलिने प्रतेक भाषा, यहाँ मानिने प्रतेक धर्म, यहाँ मनाइने प्रतेक पर्ब अनी यहाँ बसोबास गर्ने हरेक जाती को समग्र स्वरुप हो नेपाल। र यिनै एकिक्रित भाबनाहरु द्वारा उत्प्रेरित स्पन्दन नै हाम्रो स्वाभिमान हो। बर्तमान परीप्रेक्ष्यमा हामी नेपाली हौ भनेर गर्ब गर्ने आधार पनि यही हो। यसरी हामीलाई गर्बित गराउने, स्वाभिमानी बनाउने र आत्मसम्मान दिलाउन प्रतिस्थापित बिसिस्ट सम्पदाहरुको  सम्रक्षण सम्बर्दन गर्न र यथोचित सम्मान दिन सकौ। किनकी यिनै धरोहरहरुमा राष्ट्रको संरचना भएको छ। सबै नेपालीले दशै तिहार, छ्ट, साकेला, ल्होछार, म्ह पूजा, देउडा आदी सम्पूर्ण राष्ट्रिय पर्वहरुलाई आफ्नै ठान्न सक्नुपर्दछ। यदी यि बिसिस्ट एबं महत्वपूर्ण निधिहरुको समानान्तर रुपमा  सम्मान दिदै आत्मसात गर्न चाहदैनौ र शहज रुपमा स्वीकार्न सक्दनौं भने ” आँफै भित्रको पराई “ हाम्रो नियती बन्न जानेछ। सम्भवत: भिन्न भिन्न अस्तित्व हरुमा बांच्नु पर्ने हाम्रो वाध्यता हुन सक्तछ। यो एउटा गम्भीर यथार्थ हो।

ग्रह, राशी, तिथी, नक्षत्र, आदिमा ज्योतिश शास्त्र आधारीत भए जस्तै सांकेतिक रुपमा १२ थरिका बिभिन्न जीव जन्तुहरुको नाउबाट नामकरण र बर्गिकरण गरिएको तमू बर्गचक्र (ल्होकोर) मा तमू क्यालेन्डर आधारीत छ। तमू जातिको धर्मग्रन्थ र वंशावली (पे तां ल्हु तां) अनुसार परापुर्ब काल देखी परम्परागत रुपमा “ल्होछार पर्ब” मनाउदै आएको पाईन्छ। गुरुङ क्यालेन्डर अनुसार हरेक बर्ष पुष १५ का दिन बर्ग (ल्हो) परिवर्तन हुन्छ। तमू (गुरुङ) भाषामा ‘ल्हो’ शब्दले बर्ग र ‘छार’ शब्दले नयाँ भन्ने बुझाउदछ। बर्ग फेरिने अर्थात नयाँ बर्ग र बर्ष आरम्भ हुने उपलक्ष्यमा सम्पूर्ण तमू समुदायले मनाउने पर्व भएको हुँदा यसलाई ‘ल्होछार’ नामकरण गरिएको हो। यध्यपी कतै कतै ‘ल्होसार’ लाई गुरुङ्हरुको पर्ब भनेर व्याख्या र बिस्लेषण गरिएको पाईन्छ जुन गलत हो। “ल्होसार” तिब्बती एबं शेर्पा जातीले आफ्नो नयाँ बर्ष आरम्भ हुने दिन वा सो अवसरमा मनाइने पर्वको लागि प्रयोग गरिने शब्द हो।

गुरुङ पुर्वजहरुद्वारा सिर्जित गुरुङ जातिको भाषिक लिपि ले क्रमिक रुपमा बिकास गर्दै मुर्त रुप पाउन नसक्नु गुरुङ भाषाको  कमजोरी पक्ष हो। त्यसैले पनि कतिपय शब्दहरु बिबादित र अन्यौल श्रीजना गर्ने कारक तत्व  बनिरहेका छन। तथापी भाषा, धर्म र संस्कृतिको यथोचित सम्मान तब  मात्र हुन्छ जब शब्दहरुको प्रयोग तिनको अर्थ अनुसार समुचित रुपमा गरिन्छ। अन्यथा यीनै शब्दहरु अपभ्रंश हुँदै कालन्तरमा गलत अर्थ लाग्ने हुन सक्तछ। ‘ल्होछार’  शब्दले एउटा निर्दिस्ट सांस्कृतिक  सम्बेदन बोकेको छ साथे यसले सिङ्गो तमू (गुरुङ) समुदायको प्रतिस्ठाको प्रतिनिधित्व गर्ने भएको हुँदा संचार माध्यम हरुमा ठीक ढंगले यसको प्रायोजन गरिएमा समस्त तमू(गुरुङ) बर्ग सदा अनुग्रहित रहने छ।

आशा गरौं आउंदा दिनहरुमा फेरी कतै ‘गुरुङ जातिको ल्होसार कि ल्होछार?’ सुन्नु पर्ने छैन। ‘ल्होछारको आशी माला’!!!  

  • सोम गुरुङ

न्यू ह्याम्प्सायर

अमेरिका

 

For comments and reactions: gurungsom@yahoo.com

Related Posts

  1. नेपाली को गौरब गुरुङ जाती
  2. ल्होसार मनाऔं, संस्कृति बचाऔं

Install the ratings plugin

Popularity:
698 views
Comments:
One
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.