साहित्य(कबिता, कथा, लेख) NEWS

नयाँ बर्षको उपलक्षमा-” सिमाना कटाउने बेला हो यो”।

Published by Hamrosamaj on December 31, 2009

हरिहर दाहाल,क्यालिफोर्निया

नयाँ बर्षको उपलक्षमा- कबिता-सिमाना कटाउने बेला हो यो।

गाउ, शहर र बस्तीहरु
अनाधिक्रित रुपमा मिचिएको बेला हो यो।
बुद्धी नभएका स्वाँठ भुसतिघ्रेहरुबाट
निर्बलहरु किचिएको बेला हो यो।

घरभित्र चोर छिरेको खुशीयालिमा
सर्बस्व लुटिदा पनि
सर्बाङ नाँचिएको बेला हो यो।
षोशणको पनि हद हुन्छ
सहनशिलताको सिमा जाँचिएको बेला हो यो।

एता ट्रुक्र्याएर, उता भत्काएर
बिकासका नाममा
बिनास रोपिएको बेला हो यो।
यता मारेर, उता चिथोरेर
उपचारका   नाममा
बिषमय सुई घोपिएको बेला हो यो।

उन्मुक्तिको सपना बाँडेर
बाँच्न पाउने अधिकार खोसिएर
स्वतन्त्रताका नाममा
निरंकुसता लादिएको बेला हो यो।
बोल्न-गर्न क्यै नदिएर
देश र जनतालाई दलदलमा
खाँदिएको बेला हो यो।

जाती, भाषी र छेत्रीयताका नाममा
एक-अर्कामा सत्रुता बढाईएको बेला हो यो।
सँबन्ध  र नाताहरु टुक्र्याईएर
मानबताको धज्जी उडाईएको बेला हो यो।

घर, परिवार, इस्टमित्र र छिमेकिका बिच
गौरबमय आत्मियतामा
फाटो हालिएको  बेला हो यो।
भाई-भाई फुटाएर देश टुक्र्याउने
षड्यन्त्रको जालो फालिएको बेला हो यो।

भाँडहरुबाट होसियार है हजुर!

स्वाबलम्बी ,पौरखी र इमान्दार
नेपाली -नेपालिका बिच
बैमनष्यता ,शत्रुता र तिक्तता हटाउने बेला हो यो।
देश टुक्र्याउने पाखण्डीहरुलाई
जुत्ताको माला पहिराई
सिमाना कटाउने बेला हो यो।

Related Posts

  1. नेवा: जागरण मन्च जापानद्वारा “घ्यो चाकु सन्हु” को उपलक्षमा सन्स्कृतिक कार्यक्रम गर्ने
  2. नयाँ बर्षले हामी सबैलाई सद्बुद्धि दियोस
  3. सिमाना हराएको देश
  4. नयाँ संबिधान,संघियता र नेता – चकेन्द्र राई कैदी
  5. मेरा नयाँ गजलहरूः श्याम रॊक्का
  6. नयाँ बर्षमा यस्तो होस्

Install the ratings plugin

Popularity:
252 views
Comments:
One
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.