समाचारहरु NEWS
यूएईका तामाङहरुले मनाए सोनाम ल्होसार
Published by Hamrosamaj on January 19, 2010
यूएईका तामाङहरुले मनाए सोनाम ल्होसार
खेमनाथ पौडेल यूएई गत जनवरी १५ २०१० शुक्रवारका दिन यूएईको दुवई स्थित अष्तोरिया होटलमा तामाङ्ग समाज यूएईले वृहत सास्कृतिक कार्यक्रम सहित २८४६ औं सोनाम ल्होसार मनायो ।
पूर्व न्याय तथा कानुन मन्त्री भिम बहादुर तामाङ्गको प्रमूख आथित्यमा सम्मपन्न उक्त कार्यक्रमको सभापतित्व तामाङ्ग समाजका अध्यक्ष छत्र लामाले गरेका थिए । कार्यक्रममा नेपाली राजदूतावास अबुधावीका महामहिम राजदूत अर्जुन बहादुर थापाको विषेश आथित्य रहेको थियो भने अन्य अथितिहरुमा नेपाली राजदूतवास अबुधावीका उपनियोग प्रमुख दिपक भट्राई श्रम सहचारिका पार्वती अर्याल दृतिय सतिव लोक बहादुर पौडेल क्षत्री तृतिय सचिव जितेन्द्र लाभ लगायत एनआरएन आई सी सीका कोषाध्यक्ष रामेश्वर शाह एनआएन आई सी सीका भु।पू मध्यपूर्वक सम्योजक चन्द्र प्रकाश सापकोटा आई सी सी प्रतिनीधी पिएस लिम्बु यूएई एन सी सी का अध्यक्ष चुणामणी ढकाल लगायत यूएईमा स्थापना भएका विभिन्न संघ संस्थाका प्रमूख तथा उपप्रमूख साहित्यकार पत्रकार साथ साथै विभिन्न क्षेत्रबाट तामाङ समूदाय तथा गैर तामाङहरुको वृहत उपस्थिति रहेको थियो । प्रमुख अथिति तथा विषेश अथितिबाट दिप प्रज्वलन गरी कार्यक्रमको उद्धघाटन गरिएको थियो भने विभिन्न अथिति तथा उपस्थित तामाङहरुले १०८ दिप प्रज्वलन गरेका थिए ।
सास्कृतिक कार्यक्रमको पहिलो प्रस्तुति यूएईका विभिन्न सास्कृतिक कार्यक्रममा आफनो वेग्लै प्रस्तुती पस्कने यूवा युवतीका ढुक ढुकी बनेका रंगीन लामो कपाल अनि शिरमा तामाङ जातीले लगाउने टोपी हातमा डम्फु साथै पहिरन पनि तामाङ्गकै जव ज्ञान लामा स्टेजमा आए दर्शकहरुले तालीले उनलाई स्वागत गरे । प्याफुल्ला प्याफुल्ला भन्दै उनले पहिलो प्रस्तुती तामाङ्ग भाषाकै गित प्रस्तुत गरे । उनको दोश्रो गित जाउँ जाने भए हिड मैच्याङ्ग बन्नलाई आमाकी बुहारी वोलको गितमा दर्शकहरु मज्जाले नाचे । दोश्रो गित सकिन नपाउदै उनले रिमिक्स गित गाउन थाले त्यो पारी वन पाखामा कोको …॥ फुलेको बोलको भाकाको गित गाउँदा दुई जोडी स्टेजमा नाच्न थाले । हलको छेउ छाउमा उभिएका दर्शकहरु पनि नाच्दै उनलाई हौसला दिई रहे ।
मनु लामाको लुकी लुकी आखाँ तिमी नजुधाउ त्यसरी रिमिक्स गितमा रिमिक्स नृत्यले सबैलाई लठ् पारेको थियो । उनको स्टेज रिमिक्स डान्सले चिस्सिएको हललाई तताएको थियो । दर्शकहरुले उनको नृत्यलाई वाह वाहा गरिरहेका थिए ।
पहेलो सर्ट कालो पाईन्ट कालो टोपी लगाएका ३ जोसिला यूवा वले लामा तथा अन्य साथीहरु हातमा रातो पहेलो कालो रिवन बान्दै मोर्डन फेशनमा रिमिक्स गित रातो रिवन रातो रिवन चुल्ठोमा बाधी दिउला………। वोलको गित सुरु हुन नपाउदै दर्शकहरु आफु बसेको कुसर्ी हटाई नाच्ने स्थान बनाउन थाले । संगै बसेका तामाङ ठिटीहरुलाई उठाई संगै नचाउन थाले । विडम्वना ३ युवाले रातो रिवन कुनै यूवतीको शिरमा बाँध्न त पाएनन् किनकी उनिहरुलाई कुनै यूवतीले साथ दिएकी थिएनन् तर पनि उनिहरुको नृत्य अनि आकर्षक थियो । तर स्टेज भन्दा बाहिर रहेका दर्शकहरुले भने यूवतीहरुलाई नचाएर रातो रिवन बाधी दिएका थिए ।
नेपालबाट आमन्त्रीत गायिका योगिता मोक्ताङ्गले च्याङ्गवा हो च्याङ्गवा………। बोलको तामाङ भाषाको गित गाउदा गैर तामाङहरु पनि उनको लयमा स्वर थप्दै साथ दिएका थिए भने उनको दोश्रो गित हेर हेर च्याङ्गवाले हामीलाई मरिहत्ते गरेको ……॥ भन्ने बोलको गित गाउँदा दर्शकहरु पनि उनलाई मरिहत्ते गर्दै वान्समोर गरेका थिए ।
सम्झना वाईवाले चौतारीमा ढुङ्गे चिठ्ी लेखी छोड्ने च्याङ्गवालाई सोध्दै नृत्य गर्दै थिईन् चौतारीमा ढुङ्गे चिठ्ी कस्ले लेख्यो मलाई बोलको गितमा । उनलाई दर्शकहरुले हामीले लेखेको हो भन्दै साथ दिएका थिए ।
यूवाहरुको ढुक ढुकीमा बस्न सफल अविनाश घिसिङ जव दर्शकको हुलबाट माईक समात्दै स्टेजमा आईपुगे दर्शकहरुको तालीले हल गुाजयमान भयो । उनको पहिलो प्रस्तुतीमा शशिकला मोक्तान र योगिता मोक्तानले साथ दिएकी थिईन् । छोटो समयमा चर्चामा आउन सफल उनका आफ्नै तामाङ भाषाका गित तथा अन्य गितहरु गाउदा दर्शकहरु उनको गित सुन्नमा भन्दा पनि नाच्नमा ब्यस्थ देखिन्थे । उनको हुरे हुरे हुरे …………।वोलको भर्खरै बजारमा आएको गित गाएर आफु पनि नाचे र दर्शकहरुलाई बेस्सरी उफारे । उनको उक्त गित दर्शकहरुले वान्स मोर भनीरहे ।
शशिकला मोक्तानले तामाङ भाषाका गित तथा झ्याउरे भाकाको नाचु नाचु लाग्यो मलाई बोलको गित आफुले गाईन् र दर्शकहरुलाई खुबै मज्जाले नचाईन् पनि ।
अर्का गायक चन्द्र कुमार दोङले तामाङ भाषा तथा उनका चर्चित गितहरु गाई दर्शकहरुलाई कुसर्ी छोड्न बाध्य बनाएका थिए उनको डोल्मा तिम्रो रेशमी कपाल ……॥बोलको गित तथा तामाङ भाषाको वाला वाल च्याङवा…………॥ बोलको गित दर्शकहरुले अति मनपराए र दर्शकहरुबाट वान्समोर भनी रहदा उनले सुखै पाएनन् र फेरी त्यही बोलको गित गाउन थाले ।
शन्दीप वि।sले कालो टोपी भादगाउले मेरो शिरमा ढल्केको……॥ बोलको गितमा दौरा सुर्वाल र शिरमा कालो टोपी लगाउदै नृत्य गरे उनलाई दर्शक बनी बसेकी अरुणा अधिकारीले स्टेजमानै गई नाच्नमा साथ दिईन् ।
विन्दमाया विन्दमाया …………।बोलको तामाङ भाषाको गित योगिता मोक्तानले गाउँदा दर्शकहरु उनीलाई घेरेर नाचेका थिए । विन्दमाया विन्दमाया अन्तिममा गाउनुको रहस्य खोल्दै भनिन् १३ बर्षको उमेरमा तामाङ भाषाको यहि गितमा राष्ट्यि नाचघरमा प्रथम भएको बताईन् । तामाङहरुमात्र नभएर गैर तामाङले पनि उनलाई साथ दिएका थिए । रातको १० बज्दा पनि दर्शकहरु ह्लबाट बाहिर निस्कने सुरसार गरेका थिएनन् । कार्यक्रमको अन्त्यमा अविनाश घिसीङको अति प्रख्यात गित हुरे हुरे हुरे हुरे गितमा दर्शकहरु स्टेजमा नै गई नाचेका थिए ।
उक्त कार्यक्रममा तामाङ समाज यूएईले पुर्वमन्त्री भिम बहादुर तामाङ तथा ३ पटक सम्म भारात्तोलन प्रतियोगितामा गोल्ड मेडल प्राप्त गर्न सफल आबुधावी पुलिसमा कार्यरत वीरमान तामाङलाई प्रशंसा पत्र सहित सम्मान गरेको थियो भने सगरमाथा टेलिभिजनका प्रवन्ध निर्देशक निर्मल गुरुङ्गले यूएईमा रहेका विभिन्न जातिय संघ संस्थाका प्रतिनिधीहरुलाई नेपाली झण्डा तथा नेपाली ढाका टोपी पहिराई सम्मान गरेको थियो । सगरमाथा टेलिभिजनका प्रवन्ध निर्देशक निर्मल गुरुङ्गले ल्होसारकै अवसर पारेर हरेक सनिवार तामाङ्ग भाषामा पनि समाचार प्रसारण गर्ने घोषणा गरेका थिए । कार्यक्रम साचालन रविन थिङ तथा महेश मोत्तानले गरेका थिए भने कार्यक्रममा उपस्थित सबैलाई महासचिव राम मोक्तानले स्वागत गरेका थिए । कार्यक्रमको सम्योजक महेश मोक्तान थिए ।
गत हप्ता मात्र गुरुङ्गहरुको यही हलमा ल्होसार कार्यक्रम भएको हुँदा तामाङहरुको ल्होसारमा केही असर पर्दछकी भनेर तामाङहरु खिन्न थिए तर उक्त हलमा बस्ने स्थानमात्र नभरिएर दर्शकहरु उभिएर एक अर्कालाई धक्का मार्दै कार्यक्रमको मज्जा लिएका थिए । कतिपय दर्शकहरु उक्त कार्यक्रम हेर्नबाट बिाचत पनि भए कारण होटलको सेक्युरिटीले हलको क्षमता भन्दा बढी दर्शक भएको भनेर हल बाहिरबाटनै फिर्ता गराई दिएको थियो ।
पहिलो पटक नेपाली टेलिभिजन सगरमाथाबाट लाईभ प्रसारण हुने भनिएर प्रचार प्रसार गरिएता पनि विभिन्न टेक्निकल गढबढीको कारण कार्यक्रम प्रसारण हुन नसकेको आयोजकले बताएको थियो भने सगरमाथा टेलीभिजनबाट सिनियर क्यामेराम्यान सिनियर रिपोर्टर टेक्निकल ईन्जिनियरको उपस्थिति रहेको थियो । लाईभ प्रसारण हुन नसकेता पनि रेकर्ड प्रसारण हुने सगरमाथा टेलिभिजनका प्रवन्ध निर्देशकले जानकारी गराएका थिए ।
कार्यक्रम दुई चरणमा साचालन गरिएको थियो । पहिलो चरणको कार्यक्रम अथितिहरुलाई आसनग्रहण तथा शुभकामना मन्तब्य राखिएको थियो भने दोश्रो चरणको कार्यक्रम विसुद्ध सास्कृतिक कार्यक्रम थियो ।
एनआरएन ए भू।पू मध्यपूर्व संयोजक चन्द्र प्रसाद सापकोटा राजनितिज्ञ बहादुर सिह तामाङ भूपु वैदेशिक रोजगार संघका अध्यक्ष तथा सगमाथा टेलिभिजनका प्रवन्ध निर्देशक निर्मल गुरुङ्ग प्रमुख अथिति पुर्व न्याय तथा कानुन मन्त्री भिम बहादुर तामाङ विषेश अथिति नेपाली राजदूतावास अबुधावीका महामहिम राजदूत अर्जुन बहादुर थापाले ल्होसारको अवसरमा सम्पूर्ण तामाङ समूदायलाई शूभकामना ब्यक्त गरेका थिए ।
सधै झै यस पटक पनि कार्यक्रम साढे तिन बजे बाट सुरु हुने भनिएता पनि कार्यक्रम २ घण्टा ढिलो गरी सुरु भएको थियो । अत्याधिक दर्शकहरुको चापले गर्दा कार्यक्रम आयोजकलाई कार्यक्रम ब्यवस्थित गर्न धम्य धम्य भएको थियो । कार्यक्रमको सुरुमै स्वागत गित प्रस्नुत गर्न लाग्दा करिव १० मिनेट कलाकारहरु हातमा फूल लिई स्टेजमा उभिरहेका थिए तर पनि गित बजेको थिएन टेक्नीकल समस्याले गर्दा । अर्को कार्यक्रम सुरु गर्न दर्शकहरुले अनुरोध गर्दा पनि आयोजक उक्त स्वागत गितलाई नै प्रस्तुत गर्न लागि परेका थिए । सभापतिको आसनग्रहण गर्न लाग्दा सभापतिले प्रमुख अथिति पूर्व कानुन तथा न्याय मन्त्री भिम बहादुर तामाङको बारेमा भनिरहदा भिम बहादुर तामाङका आँखा रसाएका थिए भने दर्शकदिर्घाबाट भाषण धेरै भयो भयो भन्दा पनि कार्यक्रमका सभापतिले भाषण छोट्याउने सुरै गरेका थिएनन् । दर्शकहरुले भाषण सुन्न भन्दा पनि सास्कृतिक कार्यक्रम हेर्न आएको भन्दै सिठ्ी बजाउदै थिए ।


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....