समाचारहरु, साहित्य(कबिता, कथा, लेख) NEWS
मरणोपरान्त १२ जनालाई देवकोटा शताब्दी महासम्मान
Published by Hamrosamaj on January 27, 2010
मरणोपरान्त १२ जनालाई देवकोटा शताब्दी महासम्मान
महाकवि देवकोटा शताब्दी महोत्सवले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनमा अत्यन्तै महत्त्वपूर्ण, सार्थक र ऐतिहासिक सहयोग पुर्याउने बाह्र जना महानुभावहरूलाई मरणोपरान्त ‘महाकवि देवकोटा शताब्दी महासम्मान’ समर्पण गरेको छ ।
महासम्मानबाट सम्मानित हुनेहरु प्रा.डा.ईश्वर बराल, गणेशमान सिंह, महेन्द्रवीरविक्रम शाह, मृगेन्द्रशमशेर जबरा, ब्रम्हशमशेर जबरा, महापण्डित राहुल साङ्कृत्यायन (भारत), डा.यडगार आर. मिलर (बेलायत), डा.ल्यूदमिला आगानीना -रूस), डा.वर्कले हिल (अमेरिका), डा.शिवमङ्गल सिंह सुमन (भारत), सूर्यविक्रम ज्ञावाली र डा. क्षितीशचन्द्र चक्रवर्ती हुनुहुन्छ ।
महाकवि देवकोटा शताब्दी महोत्सवका अध्यक्ष डा. मोदनाथ प्रश्रतिको अध्यक्षतामा बसेको महोत्सवको बैठकले सो निर्णय गरेको हो । Source: freenepal.com


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....