साहित्य(कबिता, कथा, लेख) NEWS

(कबिता) “एउटा शून्य मन” -आचार्य प्रभा

Published by Hamrosamaj on January 27, 2010

(कबिता)                      “एउटा शून्य मन”               आचार्य प्रभा 

एऊटा शून्य मन
मनहरुको शिबिरमा पस्यो
अनि,
आफु नितान्त एक्लिएको
अनुभव पोख्यो
त र ती मनहरुले
उसलाई अर्थात त्यो शून्य मनलाई
उनीहरुको शिबिरमा स्थान नदिने
घोषणा गरे
किन की,
त्यो शून्य मन
मान्छेको छात्तिबाट निस्किएको
मन थियो ,
अनी ती मनहरु
पशुहरुको छात्तिबाट निस्किएका
मनहरु थिए ।
शून्य मनले ती मनहरुलाई
प्रश्न गर्‍यो ,
आखिर किन मलाई तिमीहरुको
साथमा राख्दैनौ ?
ती मनहरुले एकै साथ भने
किन की तिमी
मान्छेको छात्तिबाट निस्किएको मन हौ
हामी निरीह पशुहरुका छात्तिभित्रका
मनहरु हौं ।
अब तिमी नै भन
तिमी पनि मान्छेको छात्तिबाट
निस्कियौ भने झन मान्छेको
नियत,सोंच के होला ?
त्यसैले हाम्रो अपिल
तिमी फर्क,जाउ
बरु हाम्रो जस्तो रूप लिएर जाउ
अनी सिकाउ मान्छेहरुलाई
कोमलता,मनुष्यता र
सर्वश्रेष्ट प्राणीको कर्तब्य।।।।।।।।।।।।।।।/
 
(रचना २०५६ /९ /२८ रङमन्चमा प्रकाशित )

Related Posts

  1. (लेख) “टेक केयर” आचार्य प्रभा
  2. (कबिता ) “कठै!यो बर्तमान ” आचार्य प्रभा
  3. (कबिता) “निरीह कैदी ” आचार्य प्रभा
  4. (कबिता) “देवकोटा तिमी प्रसाद हौ ” आचार्य प्रभा
  5. एउटा सहज् देहबसानs
  6. (कबिता) “निर्देशक हो मन” आचार्य प्रभा
  7. (कबिता ) ”नमत्याउ मलाई” आचार्य प्रभा
  8. (कबिता) ”जिजीबिषाको लडाइँ ” आचार्य प्रभा

Install the ratings plugin

Popularity:
278 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.