Better to know, समाचारहरु NEWS

यूएईमा प्रथम सहिद लखन थापामगरको १३३औ स्मृती एवं २७औ मगर दिवस हुने ।

Published by on January 28, 2010

नेपाली मगर संघ यूएईको आयोजनामा प्रथम सहिद लखन थापामगरको १३३औ स्मृती एवं २७ औ मगर दिवस कार्यक्रम हुने भएको छ।

 दुवई स्थित अस्तोरिया होटेलको हलमा २६ फेब्रवरीको दिन स्थानिय समय अनुसार अपरान्ह ३;०० बजे देखि हुने कार्यक्रममा स्थानिय नेपाली कलाकारहरुको सहभागितामा मगर भाषाको गीत संगीत,मगर भेष-भुषा झल्किनुका साथै नेपाली लोक, पप र आधुनिक गीत-संगीत,प्रत्यक्ष लोक दोहोरी हास्य ब्यङ्गात्मक प्रस्तुतीहरु प्रदर्शन हुनेछन् भने सोरठी,कौरा,सालैजो,र शिरफुले भाकामा ईन्दिरा आले मगर,बिश्व सुराली मगर,सानु थापा मगर,दिपक गुरुङ,सरिता आले मगर लगाएत कलाकारहरुको बेजोड निर्त्य कलाले मगर सस्कृती झल्कने बिस्वास गरिएको छ।

 कार्यक्रममा “राष्ट्रिय लोक दोहोरी गायिका सरु थापा मगरको बिशेष भूमिका हुनेछ। ” सो मगर दिवश समारोहको लागि स्थानिय नेपाली कलाकारहरु,सरस्वती तामाङ,अनुराग थपलिया भुपजीत बुर्जा मगर,दुर्गा गर्बुजा मगर,कृष्ण माया पुलामी मगर,सपना घिमिरे,देव राना मगर,रिजन,मेघ थापा मगर,सिमा लोप्चन,बिनिता लामा निखिल गौडेल तमु,सितासरा काम्लुङ मगर,उषा थापामगर,दीपेन्द्र गुरुङ,सम्झना वाईबा मधु राई,लगाएतले पनि आ-आफ्नो नाम सुरक्षित गरिसकेका छन् । उक्त मगर दिवश समारोहमा आफ्नो कला प्रस्तुत गर्न चाहाने ईच्छुक कलाकारहरुले सास्कृतिक संयोजक श्री भरत राना मगर ०५५७५४७६४२ लाई फेब्रवरी १० भित्र सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

 समारोहमा उपस्थित हुने कलाकारहरुलाई आउने जाने प्रवेश शुल्क निशुल्क गरिनुका साथै प्रसंसा पत्रको व्यवस्था छ। सो मगर दिवस समारोहलाई सफल बनाउन यूएईको ७ वटै क्षेत्रमा छरिएर रहेका मगरहरुलाई समेतेर आयोजकले बिभिन्न कार्यक्रम व्यवस्थापन समिती पनी गठन गरेको छ भने चियापानको व्यवस्थाले कार्यक्रमको शोभा बढाउने भएको छ।नेपाली नेपाली बिच भाईचाराको भावना विकसित हुने विस्वास गरिएको छ। प्रवेश शुल्क ३० दिर्‍हाम मात्र लाग्ने उक्त कार्यक्रममा नेपाली समाज यूएईको सदस्यता कार्ड लिएर आउनेलाई २० प्रतिशत छुट हुने जानकारी आयोजकले दिएको छ भने मगरहरुको मिनाम ल्हेस र मुस्लिम हरुको बकर इदको अवसर पारेर आयोजना गरिएको प्रथम सहिद भलिवल प्रतियोगितामा प्रथम हुने फेवा फ्रोसका खेलाडीहरुलाई पनि उपस्थितीको लागि बिनम्र अनुरोध गरिएको छ। सोही दिन चिठ्ठा प्रणाली अनुसार भाज्ञशाली कुपन खोलिने कार्यक्रम पनि रहेको छ। ईच्छुक ब्यक्तिले १० दिर्‍हाम आयोजकलाई बुझाएपछी एक उपहार कुपन प्राप्त गर्ने छन् जसमध्य प्रथम हुनेले १ तोला सुन, दोस्रो हुनेले सोनी डिजीटल क्यामेरा,तेस्रो हुनेले नोकिया मोबाईल,चौथो हुनेले डिभीडी प्ल्येयर र पाचौ हुनेले हाते घडी प्राप्त गर्ने छन्।

 सम्पुर्ण मगर एक हौ! आफ्नो भाषा,लीपी र सस्कृतीको संरक्षण र सम्वर्द्दन गरौ भन्ने मुल भावनालाई सिरोपर गर्दै नेपाली राजदुतावास यूएईका महामहिम राजदुत श्री अर्जुन बहादुर थापा ज्युको प्रमुख आतिथ्य र नेपाली मगर संघ यूएईका अध्यक्ष हरी बहादुर घर्तीमगरको साभापतित्वमा भव्यताका साथ मनाउन गइरहेको प्रथम सहिद लखन थापामगरको १३३औ स्मृती एवं २७ औ मगर दिवस कार्यक्रममा उपस्थित हुने मगर दाजुभाई दिदीबहिनीहरुलाई सकेसम्म मगर पहिरनमा उपस्थित हुनको लागि आह्वान गरिएको छ। साथै यूएइवासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई समारोहमा गरिमामय उपस्थित भइ सोभा बधाई दिनको लागि नेपाली मगर संघ यूएई हार्दिक आमन्त्रण गर्दछ।

 

प्रबक्ता:टेक थजालीमगर

नेपाली मगर संघ यूएई

Related Posts

  1. नेजाको अधिवेशन एटलान्टिक सिटीमा हुने
  2. कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको स्वागत कार्यक्रम सम्पन्न
  3. कुवेतका लागि प्रथम नेपाली राजदूत मधुवन पौडेलको कुवेत आगमन
  4. नेपाली कथानक चलचित्र सपना हो की विपना को दोहामा प्रथम प्रदर्शन
  5. डिसेम्बर १ तारिख को दिन कपिलवस्तु दिवस मनाऔ
  6. कुवेतमा कबिता प्रतियोगिता हुने
  7. प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
  8. नेपाली जन प्रगतिशील मंच साउदी अरेवियाको प्रथम महाधीबेशन भब्यताको साथ सम्पन्न ।

Install the ratings plugin

Popularity:
149 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: