Loading...

Better to know, समाचारहरु NEWS

संयुक्त राज्य अमेकिाको राष्ट्रिय जनगणना २०१०

Published by Hamaosamaj on March 27, 2010

संयुक्त राज्य अमेकिाको राष्ट्रिय जनगणना २०१० र हाम्रो दायित्व

बिशेष सम्पादकीय

अहिले संयुक्त राज्य अमेकिाको राष्ट्रिय जनगणना २०१०को कार्य शुरु हुनै आटेको छ र यस्लाई प्रभावकारी र सफल वनाउन तथ्यांक विभागले संसारका विभिन्न भाषामा निर्देशिका आफनो वेभ साईटमा प्रकासन गरेको छ जहाँ हामीले आफनो भाषामा क्लिक गरेर निर्देशिकालाई पडन वा बुझन सक्ने छौ । अहिलेको परिपेक्षमा हामी सम्पुर्ण अमेरिकामा बस्ने नेपाली भाषीहरुले आफनो तथ्यांक दिन नितान्त आवस्यक छ किनभने जनगणनाकै आधारमा हामीले आफनो शेवाहरु सरकारी स्तरबाट प्राप्त गर्न सक्छौ साथै हालै अमेरिकाम कत्ति नेपाली भाषी रहेछन् त्यस्को जानकारी समेत पाउन सक्ने छौ ।

यो जनगणना प्रत्येक देशले दश दश बर्षको अवधिमा लिने गर्दछ र यस बर्षको गणनामा हामी चुक्यौ भने अर्को दश बर्ष पर्खनुपर्ने हुनाले पनि सबै सचेत भएर अनिवार्य रुपमा सहभागिहुन जरुरी देखिन्छ ।

संघीय सरकारले हामीबाट प्राप्त विभिन्न तथ्याङ्कीय प्रतिवेदनहरुको आधारमानै आफनो शेवाहरुको विश्तार गर्ने भएकोले हामी सबै सहभागिहुन जरुरी छ । यो जनगणनामासम्बैधानिकरुपमा अमेरिकामा वस्ने सबै नागरिक वा गैर नागरिकको गण्नना हा्े । यसैले यस्मा सहभागिहुन हामी सबैको दायित्वपनि हो । किनभने सरकारलाई चार सय विलियन डलर भन्दा बढी संघीय कोष प्रति बर्ष निम्न क्षेत्रमा खर्च गर्न सघाउने जानकारी जनगणना विभागको वेभ साईटमा जनाएको छ ।

ति हुन अस्पताल रोजगार प्रशिक्षण केन्द्रविधालय बृद्धाश्रम आपतकालीन तथा अन्य आवस्यक शेवाहरु साथै हरेक राज्यबाट अमेरिकी प्रतिनिधि सभामा हुने सिटको संख्या समेत निधार्रित गर्न सहयोग पुर्याउदछ ।

जनगणना विभागको तर्फबाट यहि २०१० को मार्च महिना देखि सम्भवत प्रत्येक घरको पोस्टल ठेगानामा एउटा प्रश्नावली आउने छ र त्यस्मा समावेश भएका सम्पुर्ण प्रश्नहरुको जवाफ लेखि हामीले अनिवार्य रुपमा फिर्ता पठाउनु पर्नेछ ।

त्यसैले हामी सबै जनगणना संकलन फारम आउन अघावै केहि जानकारी लिएमा हामीलाई पछि अंग्रेजी भाषामा आएको त्यो तथ्यांक फारम भर्न सजिलो हुनेछ । तथ्यांक भर्न अघि हामीलाई भाषा निर्देशिकाद्धारा ५९ भाषामा उपलब्ध भएकोले नेपालीमापनि निर्देशिका प्रकासन भएकोछ र आफनै भाषामा जानकारी लिन चाहनेले त्यस्को फाईदा लिन सक्ने छ र हाम्रो घरमा आएको जनगणना तथ्यांक फारम भर्न सहयोग गर्नेछ ।

जनगणना भर्दा आफनो लिगल स्टाटस खुलाउन आवस्यक नभएको र खुलाएपनि संघिय कानुन अनुशार गोप्य राखिने भएकोले सबैले निर्धकका साथ सहभागि हुन आहवान समेत गरेको छ । यदि हामीले त्यो फारम समयमा पठाएनौ भने जनगणना विभागका कर्मचारी हाम्रै घर दैलोमा तथ्यांक संकलन गर्न आउने छ । त्यसैले समयमानै फारम भरेर फठाऔ र ढुक्क र सुनिश्चित हौ । तर यदि तपाईकै घरमा आएर तथ्यांक संकलन गरेतापनि वहाहरुले गौप्यताका शपथ लिएको हुनाले डराउन आवस्यक छैन । त्यस्ता व्यक्तिलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो र दायित्वपनि हो । तर त्यस्ता व्यक्तिहरुको नाममा गलत व्यतिपनि तपाईको व्यक्तिगत विवरणलिन नआउला भन्न सकिन्न र हामी सबै सर्तकहुन पनि आवस्यक छ ।

त्यसैले विजनेश व्युरोद्धारा जारी US Census 2010 मा भाग लिदा ध्यान दिनुपर्ने कुराहरु यहाँ प्रश्तुत गरिएको छ ।
  • -तपाईंको घरमा आउँने जनगणना संकलनकर्तासंग उसको परिचय पत्र, जनगणना ब्याग, जनगणना संकलन गर्ने मेशिन र गोप्यता कानुनको सुचना पत्र हुनेछ। तर कहिल्यै पनि तपाईंले नचिनेको मान्छेलाई आफ्नो घर भित्र नडाक्नुहोस्।

-If a U.S. Census worker knocks on your door, they will have a badge, a handheld device, a Census Bureau canvas bag, and a confidentiality notice. Ask to see their identification and their badge before answering their questions. However, you should never invite anyone you don’t know into your home.

  • -जनगणना संकलनकर्ताहरुले अहिले तपाईंको घरको ठेगानाको पक्का गर्न त्यहाँ आएकाहुन्।

Census workers are currently only knocking on doors to verify address information.

  • -कुनै पनि हालतमा तपाईंको सोसल सेकुरिटी नम्बर, क्रेडिट कार्ड नम्बर या बैंक खाताको विवरण कसैलाई पनि नदिनुहोस्। जनगणनाको लागि भनेर कसैले दाबी गरे पनि, त्यो झुठो हो, नबताउनुहोस्।

-Do not give your Social Security number, credit card or banking information to anyone, even if they claim they need it for the U.S. Census.

  • -जनगणना संकलनकर्ताले जे कुरो सोधे पनि, तपाईंले भन्नु पर्ने भनेको तपाईं बसेको ठेगाना (घर) मा कति जना बस्छन् भन्ने मात्र हो।

-REMEMBER, NO MATTER WHAT THEY ASK, YOU REALLY ONLY NEED TO TELL THEM HOW MANY PEOPLE LIVE AT YOUR ADDRESS.

  • -जनगणना संकलनकर्ताले तपाईंको कमाइ (आर्थिक) विवरण सोध्न सक्छन्, उदाहरणको लागि; तपाईंको तलब कति छ? तर तपाईंले यसबारे केही भन्नु जरुरी छैन।

While the Census Bureau might ask for basic financial information, such as a salary range, YOU DON’T HAVE TO ANSWER ANYTHING AT ALL ABOUT YOUR FINANCIAL SITUATION.

  • -अमेरिकि सेन्सस ब्युरोले कहिल्यै पनि तपाईंको सोसल सेकुरिटी नम्बर, क्रेडिट कार्ड नम्बर या बैंक खाताको विवरण सोध्दैन र यसको कर्मचारी या जनगणना संकलनकर्ताले सहयोग (Donation) माग्दैनन्। यदी कसैले यि कुराहरु माग्छ भने ऊ ब्युरोको कर्मचारी होइन।

-The Census Bureau will not ask for Social Security, bank account, or credit card numbers, nor will employees solicit donations. Any one asking for that information is NOT with the Census Bureau.

  • -र ख्याल गर्नुहोस्, सेन्सस ब्युरोले अकोर्न (ACORN) भन्ने संस्थासंग मिलेर जनगणना संकलन नगर्ने निर्णय गरेकोछ। अकोर्न संस्थाका कर्मचारी ब्युरोसंग सम्बन्धित भन्दै जनगणना संकलन गर्न सक्दैनन्।

-AND REMEMBER, THE CENSUS BUREAU HAS DECIDED NOT TO WORK WITH ACORN ON GATHERING THIS INFORMATION. No Acorn worker should approach you saying he/she is with the Census Bureau.

  • -जनगणना संकलनकर्ताले टेलिफोन, हुलाकी चिठ्ठी या घर मै आएर तपाईंलाई संपर्क गर्नेछन्। तर ईमेलबाट संपर्क गर्दैनन्। सेन्सस ब्युरो जस्तै नाम गरेर ईमेल स्क्याम गरेको हुन सक्छ। कहिल्यै पनि शंकास्पद ईमेलको लिङ्क र एटेच गरी आएको फाइल नखोल्नुहोस्।

-Eventually, Census workers may contact you by telephone, mail, or in person at home. However, the Census Bureau will not contact you by Email, so be on the lookout for Email scams impersonating the Census. Never click on a link or open any attachments in an Email that are supposedly from the U.S. Census Bureau.

“ हाम्रो समुदायको बलियो भविष्यका लागि आवश्यक सेवाहरू प्राप्त गर्नलाई, हामीले पहिले बुझ्नुपर्ने हुन्छ कि हामी राष्ट्रका रूपमा को हौँ। त्यसैले जनगणना हुने गर्छ ।

अन्तमा यस बर्षको जनगणनामा सहभागी हौ र आफनो र आफनो समुदायको भविष्य निर्माणमा सहभागी बनौ यो हामी सबैको संबैधानिक दायित्व र कर्तव्यपनि हो । किनभने त्यसैको आधारमा हामीले आफनो समाजको भविष्य शुनिश्चित गर्न महत्वपुर्ण योगदान पुर्याउन सक्ने छौ । हाम्रो समाज हाम्रो गौरव ।

अन्य विश्तृत जानकारीको लागी यस बेभसाईटमा हेर्नुहोला ।

Source: 2010census.gov and other websites.

For more info please visit  http://2010.census.gov/2010census/

Loading...
Related Video

Interviews taken by hamrosamaj.net हम्रोसमाज.नेट का केहि अन्तर्वार्ता हरु हेर्न तल थिच्नुहोला

Interview with Roshan Gurung
ANA Pre- Talk Video (part 1 & 2)
interview with Prahlad Gurung

Related Posts

  1. अन्तराष्ट्रिय कलाकार मँच र अमेरिका नेपाल सहयोगी समाजको संयुक्त आयोजनामा तीज महोत्सब
  2. (ANMA) र ( NASeA) को संयुक्त सम्मेलन केन्टकीमा
  3. इजरायलमा नेपाली नृत्य प्रतियॊगीता-२०१० सम्पन्न
  4. बे एरियामा नेपाल महोत्सव २०१० विभिन्न कार्यक्रमका साथ सम्पन्न
  5. स्पेन पहिलो पल्ट २०१० विश्वकप जित्न सफल
  6. नेपाल महोत्सव २०१० को सांसकृतिक कार्यक्रम बारे
  7. दक्षिण कोरियामा भएको म्याग्दी रनिङ कप २०१० मा बाग्लुङ बिजय
  8. संयुक्त अरब इमिरेट्समामा पनि यूनिटी इन्टरनेशनलको गैरकानूनी कारोबार
  9. हाम्रो समाजलाई वेव पत्रकारिता पुरस्कार २०१०
  10. अन्तराष्ट्रि्र्य नेपाली कविता महोत्सव २०१०
  11. नव वर्ष २०१० : मेरा चाहना र मेरो कामना
  12. मुरारीराज शर्माद्धारा लिखित पुस्तक संयुक्त राष्ट्र संघको

Install the ratings plugin

Popularity:
479 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

useful links:     log in   ·   hellohinamaste   ·   Learn Nepali   ·   Space available contact...   ·   Solidarity   ·   Nepali writers   ·   Preeti to unicode   ·   Unicode to Kantipur

Content Protected Using Blog Protector By: PcDrome.