साहित्य(कबिता, कथा, लेख) NEWS

कबिता – बौलाहेको मान्छे !शेखर ढुङेल

Published by Hamrosamaj on February 1, 2010

कबिता – बौलाहेको मान्छे !

शेखर ढुङेल

हजुर उ बौलाएको मान्छे

छुट्याउनै गार्हो सत्य बोल्छ की असत्य

जब उ सालिन थियो

सभ्यता को कथा सुनाउथ्यो

निति र बिधी को कुरा गर्थ्यो

साथ उसको कसैले दिएन

उसको कुरो सुन्नै चाहेनन

आजित भैकन उ उत्तेजित भयो

नाङो  बनेर सडक मा नाच्न थाल्यो

असख्य भिडले उसलाई घेर्यो

दंग भयो झुम्मिने हरु देखेर

फुरुङ थियो

परिचित अपरिचित को ताली ले

जब क्रुद्ध हुन्थ्यो भिड पर भाग्दथ्यो 

मुस्कान दिन्थ्यो फेरी नजिक हुन्थे

त्रास नै त्रास देखाएर

उसको इच्छा पुर्ती गर्थ्यो

अकल्पनिय उसको आबेग हरु

बिस्तारै शिथिल हुँदै गयो

छटपट्टिएर झनै क्रुद्ध हुन थाल्यो

वरिपरि उ जस्तै बाहेक कोइ थिएन

बहुलाको कौतुहलता सकिएको थियो

किनकी उ आज साच्चिक्कै

बहुलाएको मान्छे थियो

Related Posts

  1. भोक – कबिता
  2. कबिता – सुन्दर छ गाँउ…..
  3. (कबिता ) “कठै!यो बर्तमान ” आचार्य प्रभा
  4. (कबिता) “बिभत्स दिवास्वप्न”
  5. हिड्ने कुर्ची माथी जड्या मान्छे
  6. (कबिता) “निर्देशक हो मन” आचार्य प्रभा
  7. न्युयोर्क मा शेखर ढुङेल को कबिता बिमोचन
  8. शेखर ढुङेलका गीत र कविताहरु

Install the ratings plugin

Popularity:
132 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.