Better to know NEWS

किन मारिन्छन नेपाली अमेरिकामा ?

Published by on February 2, 2010

किन मारिन्छन नेपाली अमेरिकामा ? 
 
अमेरिकामा नेपालीहरु आउने क्रम कहिलेबाट सुरु भयो भन्ने ठोस प्रमाण नभेटिए पनि सन् १९७५ सम्ममा जम्मा ५६ जना नेपाली आप्रबासीले यहां बसोबास गरेको तथ्यांक छ| सन् १९९५ बाट डि भी चिठ्ठा सुरु भए यता र गत दसकको अन्तिम तिर नेपाली बिद्यार्थीहरुको आगमनमा सुलभताले गर्दा  येहाँ नेपालीहरुको संख्या पछिल्ला बर्षहरुमा निक्कै बढेको छ| हाल अमेरिकामा कति संख्यामा नेपाली मूलका मानिस बसोबास गर्दछन भन्ने सहि तथ्य थाहा पाउनलाई सन् २०१० को अप्रिलमा हुन गइरहेको जनगणनालाई कुर्नु पर्ने हुन्छ तर पनि एक अनुमान अनुसार हाल  आप्रबासी , शणनार्थी, बिद्यार्थी र पेशाकर्मी गरि करिब ११०,००० नेपाली मूलका मानिस वसोवास गर्दछन |

नेपालीहरुको संख्यामा अत्याधिक बृधि भएपनि यहां रहेका थोरै मात्र नेपालीहरु आफ्नै व्यापार व्यवसाय र सीप मुलक व्यवसाहिक रोजगार र प्रठिस्थित कम्पनीमा काम गरेका छन्| तर बहुमत नेपालीहरु प्राय गरेर रेस्टुराँ, होटेल, मोटेल, खुद्रा तथा सुलभ पसल र ग्याँस स्टेशनमा काम गरि रहेका छन् | यी कामहरु ज्यादा जोखिम र ज्याला कम हुने काममा पर्दछन् | प्राय हतियार धारी लुटेराहरुको प्रमुख निसाना यी साना व्यवसायमा हुने हुँदा नेपालीहरु बढी मात्रामा लुटिने, घाइते हुने र अकालमा मिर्तुवरण गरिरहनु परेको छ|    
 
 नेपालीहरु यस्ता जोखिम पूर्ण र न्युन ज्याला हुने काममा बढी लाग्नुको पछाडी निम्न कारणहरु छन् :
 १. अँग्रेजी भाषामा राम्रो दख्हल नहुनु |
२. नेपालमा पाएको ज्ञान र सीप यहां काम नलाग्नु वा कसरी उपयोग गर्ने भन्ने बारेमा अनविज्ञ रहनु |
 ३. अन्य व्यवसायमा कसरी प्रवेश गर्ने भन्ने ज्ञान र परामर्सको कमि |
४. शिक्षाको कमि |  
 ५ . स्थापित नेपाली र नयाँ नेपाली आप्रबासी बीच समन्वय र संचारको कमि  हुनु| |
 
 त्येसैले नेपाली मूलका आप्रबासीहरुले  बिस्तारै आफ्नो यी पेशाहरु बाट बाहिर निस्केर अन्य सीप मुलक व्यवसाय तिर लम्कन सकेमा हाम्रो समुदायको आर्थिक उन्नति तथा जिउ ज्यानको जोखिम कम गर्न मध्हत पुग्छ |

 त्यस्तै सैयूँको संख्यामा खुलेका नेपाली संघ सस्थाले आफ्नो समुदयेका सदस्यहरुलाई अन्य रोजगारमा जान चेतना, परामर्स र प्रेरणा दिने हो भने हामी नेपाली साचैनै विदेशमा पनि गौरवका साथ बाँच्न सक्ने थियौ |

माथि उलेखित कार्यहरु गर्नका लागि  समय लाग्ने हुनाले तत्कालका लागि लुटपाटको घटना हुँदा निम्न कुरामा ध्यान दिएमा आफ्नो शरीरको क्षति कम गर्न सकिन्छ:
 १. लुटेरालाई सहयोग गर्ने : आफ्नो ज्यान भन्दा ठुलो कुरा अरु नहुने हुनाले हतियारधारी लुटेराले जे मागछन् र जे चाहन्छन् सबै दिने | उसले बोलेको नबुजेमा के भनेको भनेर सोध्ने | कुनै समान छुने वा हतार-हतार शरीर नचलाउने |
 २. लुटेरालाई जाई नलाग्ने : लुटेरा संग भिड्ने, कुनै हतियार प्रयोग गर्ने र पिछा कहिले नगर्ने |
 ३. क्याश रजिस्टर बाहिरबाट प्रस्ट देखिने ठाउमा राख्ने  र सधै थोरै रकम राख्ने |       

अन्तमा, संसारको जुन सुकै कुनामा बसे पनि सबै नेपाली सुरछित रहुन भन्ने कामना गर्दै यो लेख गत महिना अमेरिकाको बोस्टनमा हत्या गरिएका सुरेन्द्र डंगोल प्रति समर्पित गर्न चाहन्छु | तपाई पाठकबृन्द बाट हामी कसरि सुरछित हुने भन्ने अन्य उपायहरु पाउने आशा राख्दछु| धन्यवाद |
 
पुकार कडेल
क्यालिफोर्निया, अमेरिका
pukarkadel@gmail.com

Related Posts

  1. बोस्टन, अमेरिकामा हिमालयन लाइन्स क्लव गठन
  2. अमेरिकामा नेपाली साहित्य प्रतिष्ठानको गठन
  3. अमेरिकामा पहिलो नेपाली चलचित्र काठमाडौको प्रिमियर
  4. वरिष्ठ कलाकार नीर शाहको अमेरिकामा सम्मान
  5. अमेरिकामा नेपाली मौलिक खाद्यवस्तु

Install the ratings plugin

Popularity:
540 views
Comments:
2 so far
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: