साहित्य(कबिता, कथा, लेख) NEWS
(कबिता ) “आँखाको पर्याय घुँघुरु ” -आचार्य प्रभा
Published by Hamrosamaj on February 3, 2010
(कबिता ) “आँखाको पर्याय घुँघुरु “ आचार्य प्रभा
हरेक रात सपना देख्ने आँखा
अचेल मौनतासँग आफुलाई
साटिरहेछ,
खै किन हो कुन्नी ?
झप्कन पटक्क मान्दैन
बरु अँधेरीसँग टोल्हाइरहन्छ
अन्धकार सन्नाटासंग
आफ्नो दुखेसो पोखाइरहन्छ
त र अफ्सोच !
रात स्वार्थी बनेर उस्कै नीरिहताको
चीर हरण गर्छ र
आफु बिहानीलाई अंगाल्न पुग्छ
कठै!यो नीरिह आँखा
नर्तकीको पयरको घुँघुरु झैं
कहिले रातको पैतालामा
कहिले दिनको पैतालामा
कठ्पुतली झैं नाच्न
वाध्य हुन्छ ।
आखिर आँखा भन्नु नै
आसुँको दह हो,
जो हर पल डुबिरहन्छ
ब्यथाको सागरमा
त्यसैले त उसलाई
नत रातले आफ्नो अँध्यारोमा
चुमेर लुकाउन चाहन्छ
न त दिनले उज्यालोमा
सजाउन चाहन्छ ,
बस उ पयरको घुँघुरु झै
साटिइ रहन्छ
रात र दिनको पयरहरुमा ।
रचना मिती ३/२/१० अमेरिका )
Related Posts
- (कबिता) “एउटा शून्य मन” -आचार्य प्रभा
- (लेख) “टेक केयर” आचार्य प्रभा
- (कबिता ) “कठै!यो बर्तमान ” आचार्य प्रभा
- (कबिता) “निरीह कैदी ” आचार्य प्रभा
- (कबिता) “देवकोटा तिमी प्रसाद हौ ” आचार्य प्रभा
- (कबिता) “निर्देशक हो मन” आचार्य प्रभा
- (कबिता ) ”नमत्याउ मलाई” आचार्य प्रभा
- (कबिता) ”जिजीबिषाको लडाइँ ” आचार्य प्रभा


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....