Better to know NEWS

कतै तपाईंहरु यूरोपको नाममा ठगिदै त हुनुहुन्न ?

Published by Hamrosamaj on February 6, 2010

कतै तपाईंहरु यूरोपको नाममा  ठगिदै त हुनुहुन्न ?

मित्र लाल पार्दे “हिमाल”
सचिब्
एन आर एन पोल्याण्ड
अध्यक्ष
अन्तराष्ट्रिय कलाकार मंच पोल्याण्ड शाखा

हेल्लो सर नमस्ते
अनि  सर म बर्बाद  भए
किन र ?
मलाई  दलालले फसायो , ८ लाख ऋण गरेर आएको तर यहाँ  काम पनि छैन उल्टै बाँच्न गाह्रो  भएको छ । अब म कसो गरु ?
कम्पनी छैन खाली कागजमा मात्र रहेछ तर  यहाँ त कम्पनीको मान्छे नै   छैन , कम्पनी नै छैन ।
अनि नेपालको एजेन्टले के   भनेको ?
सेन्जेन भिजा हुन्छ  सेन्जेन भिजाले  २७ देशमा गएर काम गर्न पाईन्छ  कुनै समस्या हुँदैन । छ महिना पछी टि आर सी कार्ड पाईन्छ टि आर सी कार्ड लिएर जहाँ गएपनि हुन्छ । तर सर काम पनि छैन पैसा पनि छैन । के  गर्ने हो ? केही सोच्न सकिरहेको छैन । “  यी भनाई हुन्  विदेश भनेर   कमाउन हिडेका र पोल्यान्डमा ठगिएका   नेपालीहरुका ।
मलाई फोन आउछ  हरेक दिन यस्तै समस्याहरु लिएका नेपालीहरुका । अत नेपालमा  बस्ने नेपालीहरु तपाईंहरु पोल्यान्डमा आउँदै हुनुहुन्छ    भने कृपया  नबुझेर नजानेर नआउनु होस् ।  धेरै नेपालीहरु ठूलो सपनामा भुल्दै  गैह्र कानुनी रुपमा बस्न पनि बिबश छन्  । कोही शरणार्थी    भएर बस्न बिबश भएका छन् । अत तपाई पोल्याण्ड आउदा  तपाईंहरुले  पोल्यान्डको जानकारी लिनुहोस् , पोल्याण्ड मा बस्ने  नेपालीहरुसँग  सम्पर्क गर्नुहोस, एजेन्ट्को सत प्रतिसत विश्वाश नगर्नुहोस्  ।
यहाँको कमाइ घन्टाको ६ ज्लोटी   १ ज्लोटी  =२६ अनि ८ घण्टा काम र  हप्तामा ५ दिनको दरले हिसाब गर्नुहोस । यो देशको भिजाले मात्र अरु युरोपिएन देशमा जान पाइदैन  । त्यस्को लागि सेन्जेन भिजा हुनुपर्छ । या त यहाँको टेम्पोररी रेसिडेन्ट कार्ड (टी आर सी ) हुनुपर्छ ।

पोल्याण्ड यस्तो  देश हो जुन देशले दोस्रो विश्व युद्ध मा अत्यधिक पीडा भोगेको छ । जुन देशले युद्धको महाबिनाश भोगेको छ । जुन देशमा  ७० लाख जनताहरु केही बर्षमै मारिए ।  जुन देशलाई रसिया र जर्मनीले टुक्रा टुक्रा पारेको थियो ।  यो देशले धेरै पीडा भोगेको देश हो । धेरै गरिबी भोगेको देश हो । धेरै भोकमरी बाट गुज्रिएको देश हो । तर जब १९९० मा लेचेक बल्च्वोरोस्कीले  शक थेरापी लाइ प्रयोगमा  लिए तब पोल्यान्डको आर्थिक अवस्था धेरै सुध्रदै गयो । उनको यस्  प्रयोगले  पोल्यान्डको अर्थतन्त्रलाई धेरै मज्बुत बनाउने काम गर्‍यो र पोल्यान्ड्को अर्थतन्त्र  बजार अर्थतन्त्रमा परिणत भयो । पोल्याण्डले  आजको समयमा धेरै प्रगति गरेको छ । जब यो देश २००४ मा इ यू मा प्रवेश गर्‍यो तब यसले धेरै प्रगति गर्दै गयो तै पनि धेरै बेरोजगारीको  समस्या अहिले पनि भोगेको छ धेरै पोलिश युवाहरु   नर्वे ब्रिटेन डेन्मार्क अमेरिका   गएर काम गर्दछन  ।

ई यू मा यो देश प्रवेश  गरे  सँगै यो  देशमा  धेरै नेपालीहरु आउने क्रम पनि बढ्यो  । कतिले यसलाई युरोप छिर्ने माध्यम  पनि बनाए । केही नेपाली बिद्यार्थीहरु छात्रविर्तीमा        पनि पढ्न आए आज भन्दा ४ दशक  झन्डै ४७ बर्ष  अघि आएका  नेपालीहरुमा श्री दुर्गा मास्के झन्डै २ दशक अघि   डाक्टर  बोध राज सुबेदी , डक्टर  उदय राज आचार्य बिद्यार्थी बनेर   यो देशमा प्रवेश  गरी येही देशलाई कर्म थलो बनाउदै बसेका अग्रज हरु  हामी सबै नेपालीहरुको आदरणीय व्यक्तित्व  हुनुहुन्छ   । १९९० को दसकमा राजु के सी , तेज नारायण अर्याल. दीपक सापकोटा जनार्दन सापकोटा जस्ता नेपालीहरु विभिन्न पेशा गरेर बस्दै आउनु भएको छ ।केही समय अगाडि  नेपाली हरु आए तर उनीहरु कुनै  काम को लागि दक्ष जनशक्तिको रुपमा आइ सम्बन्धित पेशामा काम गरी आफ्नो पहिचान बनाइ सकेको कुरालाई नकार्न सकिदैन ।

तर हालैका दिनहरुमा नेपालीहरु अन्धाधुन्द विदेश जाने सोच रहेको छ । परिणाम स्वरुप  धेरै नेपालीहरु बिचल्लीमा परेका छन् । पोल्याण्ड आउने नेपालीहरु पनि हालैका दिनहरुमा धेरै ठगिएका छन् । धेरै नेपालीहरुलाई १००० ज्लोटी लाइ १००० डलर भन्दै झुक्काइरहेका  छन् । तर यहाँ यूरो चलेको छैन यहाँ  ज्लोटी चल्छ ।   यो देशको भिजा लगाउन भन्दा गाह्रो  यहाँको  टि आर सी  कार्ड ( अस्थाई बसोबास   कार्ड ) बनाउन धेरै झमेला छ । विद्यार्थीको हकमा बैंक  ब्यालेन्स कम्तिमा १२००० (बाह्र हजार ज्लोटी )  ज्लोटी  देखाउनु पर्ने  हुन्छ । यहाँको  भिजाले मात्र अरु देशमा जान पाइदैन । अरु देशमा जानको लागि या त सेन्जेन भिजा हुनुपर्‍यो या त यहाँको टि आर सी कार्ड हुनु पर्‍यो । उक्त कार्डले अरु सेन्जेन देशहरुमा तीन महिनाको लागि जान पाइन्छ तर अरु देशमा गएर काम गर्न कानुनी रुपमा पाउदैन । यदि काम गरेको  भेटाएमा उक्त देशको कानुन  अनुसार कारबाही गर्दछ ।
हामी नेपालीहरु जन्मैदेखि ऋणको  माला लगाएर जन्मिएका छौ । हाम्रा सपनाहरु रंगिन हुन्छन सपनामा हराउदै हामी मक्ख पर्छौ  । कसैले सपना बाटेमा हामी मक्ख हुन्छौ  तर  हैटिका घरहरु  टुक्रिए झैँ हाम्रा सपनाहरु पनि टुकारिन्छन्   । हामी नेपाली हरु आश्वासनमा  धेरै विश्वाश गर्‍यौ  । त्यसैले त  हाम्रो नेपालमा  धेरै अश्वासन बाट्दै  कोही  नेता बनेका छन् । कोही मन्त्रि बनेका छन् । खाली आश्वासनको   पेटारो  बोकाउन बानी परेका यी  भ्रस्टहरु देश  बिदेश घुमेर पनि अलिकति पनि  देशलाई अगाडि बढाउन किन खोज्दैनन्  । सबै मेरो गोरुको बर्है टक्का छ । देश अन्धकारको  सम्राज्यमा फस्दैछ । हाम्रा देश चलाऊने ठेकेदारहरुले  देश लीलाम गर्न खोजिरहेका छन् । आज हजारौ युबाहरु बिदेश पलाएन भएका छन् । वास्तवमा भन्ने हो भने कुनै पनि जनतालाई देश छोड्ने रहर हुँदैन । उ बिबस्ताले छोड्न वाध्य हुन्छ ।

हो अलिकति केही गरु भन्ने चाहना नेपालको अस्थीर राजनीती  र वरिपरिका  साथीहरु बिदेश गएर केही कमाएको देख्दा अवश्यपनि  केही समय  दु:ख गर्ने सोच लिएर नेपाली सोझा सिधा  युबाहरु  एजेण्टकहाँ पुग्दछन्  तर कुनै कुनै एजेन्टहरुले सही जानकारी नदिदा धेरै नेपालीहरु बिदेशका गल्ली गल्लिमा अल्पत्र परेका छन्    ।  फटाहा दलालहरुको कुरामा विश्वास गरी   धेरै सपना बोकी बिदेश कमाउन हुइकिन्छन हाम्रा नेपाली युवाहरु त्यसो  त राम्रो सुचना दिएर र सही ठाउमा पुर्याउने युवाहरुले राम्रो काम पनि पाएका छन्  ।  हो अबस्य पनि त्यही बिदेशको गल्ली गल्लिमा घोटिएको पैसाले देश चलेको छ ।  तर त्यही  बिदेश काम गर्न हिंडेका हजारौ नेपालीहरुको घरबार बिहिन भएको छ । हजारौं नेपालीहरुको जिन्दगी पनि बर्बाद भएको छ । आज यति  समाचार र आज धेरै सुचनाका माध्यम हुँदा पनि बिदेश नबुझेर  आउँदा वास्तवमा  धेरै नेपालीहरुले दु:ख पाएका  छन् ।

गाउघरका   सोझा  सिधा युवाहरुलाई  शब्दजालको  एम्बुसमा  पारेर दलालहरुले   धेरै ठगेका  छन् । हामी ठगिनुमा हामीहरुको पनि केही  भूमिका  हुन्छ  । अहिले धेरै युवाहरुलाई  यूरोपको सपना देखाएर पोल्यान्डमा अल्पत्र पार्ने काम गरेक छन् नेपाली दलालहरुले    । उनिहरुले छ लाख  देखि आठ लाख लिएर मानब तस्कर गरिरहेका छन् । मानब तस्कर गर्ने हरुले  रङिन सपना देखाइदिएर पोल्यन्ड्मा  अल्पत्र पारीरहेका छन्   । म पोल्यान्डमा बस्दा  देखेको अनुभब यो हो कि गत बर्ष नेपालबाट २१  जना नेपालीहरु   आए
उनिहरुको पनि कुनै दीर्घकालीन काम  हुन सकेन । ऋणको    बाध्यताले केही नेपालीहरु  लुकेर अन्य देशमा गै लुकी लुकी जिन्दगीलाई हत्केलामा राख्दै काम गरेका छन् तर धेरै नेपालीहरुको जिन्दगी अल्पत्र भएको छ । कोही त जर्मनिमा नै पकडीईएका छन् कोही नेपालीहरु सम्बन्धित देशको कानुन अनुसार जेलमा  पनि छन् । कोही नेपाली हरुलाई नेपाल फर्काइएको पनि छ ।   ।   म डेनमार्कमा  बस्दा पनि   नेपालीहरुको दुर्दशा देखेको थिए । नेपाली विद्यार्थीहरु लाखौ रुपैया  कलेजलाई  तिर्न पर्ने बिबशताले छट्पटाइरहेका पनि देखिन्थे ।   एक जना नेपाली बिद्यार्थीली त डेनमार्कमा आत्महत्या नै गरे । त्यो समाचारहरुमा आयो आएन तर वास्तविकता यो होकी नेपालीहरु जस्तोसुकै सम्पन्न देशमा गएपनि उनिहरुलाई हरेक तनाब छ । हामी नेपाली हरु  आफ्नो देशको राजनीतिक  अवस्थाले पनि बिदेश जान पाए  हुदो भन्ने सोच्छौ  । आजको युगमा  केही कमाऊ र घर परिवारलाई सुख दिऊ भन्ने चाहना हुनु स्वाभाबिकै हो तर केही नबुझेर बिदेश हिंड्नु ठीक होइन ।

हुन त  देशका युवाहरु  ठगिनुमा  नेपालको भ्रष्ट   सरकार जिम्मेबार  छ । नेपालको सरकारले  बिदेश जाने नेपालीहरुको बारेमा कुनै चासो राख्दैन । खाली बिदेशमा  गई  कमाउने नेपालीहरुलाई मात्र मुल्याङ्कन गर्दछ तर बिदेशका शहरहरु जहाँका सडकहरूमा  ठगिएका  नेपालीहरुको  क्रन्दन सुन्न सकिन्छ । बिदेशका क्वालालम्पुर जस्ता  एअरपोर्टहरुमा ठगिएका नेपालीहरुको सुताइ देख्न सकिन्छ खुला आकाशमुनी जिन्दगीलाई तड्पाउदै बाचिरहेका छन्   ।  ती ठगिएका  नेपालीहरुको लागि बोलिदिने को त ?

किन कि उनिहरु आँफै ठगिएपछि आँफैलाई असहाय  महसुस गर्दछन ।  न त उजुरी दिन सक्छन न त गुमेको घरबार फिर्ता लिन  सक्छन्  ।  बिदेश गएर पैसा तत्काल कमाइन्छ भनेर हचुवा  भरमा  दलालहरुलाई  पैसा कुनै  प्रमाणविना  दिएका हुन्छन्  । अनि जब बिदेश आउछन तब बल्ल ठगिएको महसुश गर्दछन्  ।

यहाँ  पोल्यान्डमा मैले देखेको वास्तविकता के  हो भने धेरै नेपालीहरु ठगिएका  छन् नेपालमा  उनिसँग एउटा  कुरा गरिएको हुन्छ  तर यहाँ अर्कै हुन्छ  । करीब २३ जना नेपालीहरुको  कागजमा  काम तर यहाँ कुनै काम नभएको कम्पनी नभएको र काम नपाएर तड्पिरहेछन् तर सबै वास्तविकता पनि भन्न डराइरहेका  छन्  । उनिहरु कामै नभएको अवस्थामा छन् । उनिहरु ठगिएका  छन् तर पनि आफुलाई असहाय  महसुस गरिरहेका छन्   । यहाँ उनिहरुको   भनाइअनुसार काम  छैन नेपालबाट जुन कम्पनी भनेर आए त्यो कम्पनी नै छैन काम नपाएपछि तड्पिएर बाचिरहेका छन् कोही त नेपाल फर्कदै छन् । कति त नेपाल फर्किसके  पनि ।

।   गएको वर्ष केही नेपालीहरु पोल्यान्ड छिरे ।  धेरै नेपालीहरु पोल्यान्डबाट कता हराए कता  मैले आज  सुन्ने गरेको छु कोही युरोपका बिभिन्न देशहरुमा शरणार्थी  बनिरहेका  छन् रे  ।  कोही नेपाल पठाइए रे   । कोही गैह्र कानुनी रुपले अरु देशमा प्रवेश गर्दा त्यहाँको प्रशासनले पकडिएर आफ्नो देशको  निएमनुसार कारबाही गर्दैछ रे कसैलाई अनुसन्धानको लागि जेलमा राखिएको छ रे   । पोल्यान्ड  आउन त सजिलो होला   तर यहाँ आईसकेपछी    यहाँ  टिक्न  धेरै गाह्रो  छ । फेरि  पोल्यान्ड सरकार बिदेशीहरुको लागि त्यति   उदार पनि नभएको हुँदा पोल्यान्ड आउँदा हामीले एक पटक सोचेर आउने हो कि । केही दिन अघि पोल्यान्डबाट गएका केही नेपालीहरु  जर्मनीमा जादा  पकडिए  अनि  उनिहरुको बारेमा   जानकारी दिनको लागि  एन आर एन  पोल्यान्डका अध्यक्ष  श्री  बोधराज  सुबेदी लाई बोलाइयो र उहाले  उनिहरु सँग भेट्घाट गरी जानकारी लिनु भयो र उनिहरुको  अवस्थाको  बारेमा जानकारी दिनु भयो ।

पोल्यान्ड आउने  कोही  नेपालीहरु इजराएलका दलालहरुबाट  पनि   ठगिएका छन् । कोही त मानसिक बिरामी भएर अस्पातलमा पनि भर्ना भएका छन्  । फटाहा  दलालहरुले  नक्कली कागजपत्र  बनाइ नेपालीहरुलाई बिजोग पार्ने काम गरेका छन्  । यूरोप भन्दै फाल हाल्ने  नेपाली परम्परा अनि  लाख कमाइन्छ भन्दै घरबार बेचेर बेसूरसँग  दलाललाई  पैसा सुम्पने हामी नेपालीको पर्बिर्ती    धेरै नेपालीहरु ठगिएक छौ ।   ।   केही बर्षा अघि सम्म पोल्यान्डमा नेपालीहरुलाई बिचल्ली पार्ने   समस्या थिएन तर अहिले काम्दार भिजाको   नाममा  धेरै नेपालीहरु ठगिएका छन । सेन्जेन भिजाको नाममा  लाखौं पैसा ठगहरुले लुटेका छन् सोझा सिधा नेपालीहरुबाट ।   यहाँ नेपाली राजदुताबास पनि छैन । सरकारले यो बिषयमा तत्काल सोच्नुपर्छ । यहाँको अधिकारिक   निकायसँग  छलफल गरेर नेपालीहरुलाई सरकारले अभिभावकत्वको  भूमिका निर्वाह  गर्न सके कसो हुन्थ्यो होला ? यसरी  बिदेशमा नेपालीहरु ठगिनबाट बचाउन     विश्वका एन आर एन हरुले पनि पहल गर्नु पर्छ । र यो दायित्वबाट कुनै पनि देशका एन आर एन  हरु पन्छिन मिल्दैन ।

हरेक देशहरुका एन आर एन ए एन सी सी हरुले त्यो देशको बारेमा सम्पूर्ण जानकारी नेपाली गाउसमाजमा पनि दिन सकेमा धेरै नेपाली जनतहरुले जानकारी पाउन सक्दथे  । कुन देशमा नेपालीको अवस्था कस्तो छ ?कुन देशमा नेपालीहरु बढी ठगिएका छन् ? ठगिन बाट नेपालीलाई बचाउन एन आर एन हरु सम्बन्धित   देशको बारेमा जानकारी दिने । ठगिएका नेपालीहरुको आवाज सम्बन्धित  निकायमा   पुराइदिने गर्न सकेमा पनि ठुलो राहत महसुस हुन सक्थ्यो । अत पोल्यान्ड अथवा कुनै पनि देशमा जाने नेपालीहरुले  त्यहाँको  वास्तविकता बुझेर मात्र कदम चाले कसो होला ?

Related Posts

No related posts.

Install the ratings plugin

Popularity:
181 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.