साहित्य(कबिता, कथा, लेख) NEWS

डाडा खोला …………/ गीत

Published by Hamrosamaj on February 7, 2010

डाडा खोला …………/ गीत

डाडा खोला तर्दा पनि भेटिन देउराली

बस्यो माया केसारो याद आउछ झल्-झली

बनै फुल्यो फुल

डबलीमा रुमाल साट्नु गरे मैले भूल !

ट्याम्के सेल्मे घमाइलो भो घामैको झुल्कोले

बन है पाखा न्याउली रुन्छ मनैको पिरले

पिखुवा सेरा बग्यो सल-ल रोकिन् कहिले

ढुख र पिडा पोख्न खोज्छु सुन्दैन कसैले !

ट्कसार माथी सल्लाको घारी के सारो सुसाउछ

कोमल आत्मा सक्दिन रोक्न मोती झैँ छल्किन्छ

परेवा साची सिद्काली भाकी तिमीलाई माग्दैछु

पल-पल हेर्छु तस्बिर तिम्रो त्यसैले बाच्दैछु !

दिलिप योन्जन

अस्टिन, अमेरिका

(मेरो जन्म थलो भोजपुर देउरालीको सम्झनामा)

इज्जत र प्रतिष्ठा

दिलिप योन्जन

फेवातालमा हाँस्ने माछापुच्छ्रे

विश्वसामु नझुक्ने सगरमाथा

राष्टियता र प्रतिष्ठाको लागि

जोश, जाँगर र प्रतिभा जगाई

हामी बिर गोर्खाली

इज्जत र स्वाभिमान बेचेर

खुशियाली कसरी मनाउँछौ मसँग….?

अन्याय र अत्याचारको बिरोधमा

एक पेट र एक आङ् छोप्न लड्दैनौ भने

तिमीले मोजमस्तीमा संसार भुल्यौ

कुनीति र कु संस्कार बुझेनौ

इतिहासलाई पल्टाएर किन हेदैनौ

कैयौ शताब्दी बित्यो

हामी बहादुर र लडाकु

किन बुझ्दैनौ……?

प्रयास त गर…….?

मान्छे चन्द्र्मा पुगिसक्यो

हामी अर्काको सेवामा

कैयौ सताब्दी बित्दा निन्द्राले छाडेन

कति संसार जित्ने दाबी गर्छन्

युदमा बाजी लगाउने जिबन

इतिहासले तिमिलाइ चिन्दैन

पैसाको मुल्य…. त मृत्यु…..

जंग बहादुरको घमण्डले

हामीलाई अन्धकारमा फसायो

भए पनि प्रयोग र परीक्षण

बिसौ शताब्दी त के, अझै कति-कति

अधिकार र कर्तब्य नबुझ्दा

मोजमस्ती र खुशियाली बटुल्नेहरुले

इतिहास पल्टाएर कहिले हेरेनन्

रुढिवाद र कुरीति बुझ्ने प्रयास नै छैन

तर उ बुझ्दैन…………. ?

बुझ्ने बेला भएको पनि छैन

बिसौ शताब्दी त बित्दैछ।

अन्योलमा नपारी दिशा निर्धारण गरेमा

हामी हक र अधिकार लिन सक्नेछौ

उन्नति त प्रगातिले शिखर चुम्नेछ

हामी माथि लादेको परम्परा सकिनेछ

अनिस्चित भबिष्य सुनिश्चित हुनेछ

शुर्य हाँस्ने छ

चन्द्रमा पिल्पिलाउने छ

डाँफे र मुजुरले राष्टियता देखाउने छ

धर्तिले गर्भाधान गर्ने छ

शान्तिको दुत बुद जन्माउन

समानता र स्वतन्त्रता पाउन

कचेल्तिएका ओठहरु फक्रिनेछ

भोक र रोग बिरुदमा बाँच्ने आशा छर्न

हातमा हात मिलाउँदै देश बिकास गर्न

अतितसँगै बर्तमानको इतिहास कोर्न

बुझ्ने प्रयास गर

समय धेरै बितिसक्यो

किन बुझ्ने प्रयास गर्दैन उ…………?

घाम र पानीले नथाकेको जीबन

दुख र ब्यथाले नपाकेको शरीर

मुत्युसंग पछाडी नहट्ने योदा

नसा नसामा बारुद भरेर लड्नु छ

असमानताको पर्खाल भत्काउन

इज्जत र प्रतिष्ठा कायम गर्नको लागी

हिमाल जस्तो जिन्दगी के गर्नु

हिउ नपर्दा अस्तित्व मेटिन्छ भने

झरना जस्तो जिन्दगी के गर्नु

बर्षा नभए भीर पखेरा बन्छ भने

कति भन्नु………..? प्रयास त गर….?

मुक्तिको लागि क्रान्ति गर्नु छ

हातमा मसाल लिएर उठनु छ

झुक्दै नझुक्ने सगरमाथा बन्नु छ

पबित्र फेवाताल जस्तो बन्नु छ

राष्टियता र मातृभुमी जोगाउनु छ

शताब्दियौ पुरानो इतिहास कोर्नु छ

मेटिएको पाइला कोटयाउनु छ।

अस्टिन, अमेरिक

Related Posts

No related posts.

Install the ratings plugin

Popularity:
122 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.