Press Release, समाचारहरु NEWS
आइपुगे मनोज गजुरेल मदरल्याण्डको कार्यक्रममा
Published by Hamrosamaj on February 10, 2010
आइपुगे मनोज गजुरेल मदरल्याण्डको कार्यक्रममा सहभागिहुन
मनोज गजुरेल मदर ल्याण्ड नेपालको पाचौ बार्षिक उत्सव तथा “मनोज गजुरेल साँझ” कार्यक्रममा सहभागिहुन आज फेब्रुअरी ९ मा नेपालबाट सन फ्रान्सिस्को एयरपोर्टमा आइपगेकाछन् र हालै वहाँ मदर ल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेको आतिथ्यमा बसेकाछन् । वहाँसितको छोटो भेटवार्तामा पहिलो पल्ट यस वे एरियामा आफनो हास्य कला प्रदर्शन गर्न आएको हुनाले राम्रो र नया हास्य व्यंगहरुलिएर आएको जानकारी हाम्रोसमाजलाई दिएकाछन् । साथै आशाराखॆकाछन्कि यहि आउदो १३ तारिखको कार्यक्रममा यहाँका नेपालीहरुको मनजित्न सफल हुने विश्वास दिलाउदै दर्शकहरुलाई पनि पुर्ण मनोरन्जन दिने जानकारी गराएकाछन् ।
गजुरेल नेपाली कला क्षेत्रमा एक चिर परिचित र अहिलेको परिपेक्ष्यमा एक सफल हास्य कलाकारको रुपमा चिनिन्छन भने वहाँको हास्य कलाकारितामा नेपालको बदलिदो परिश्थिति ,राजनैतिक परिवर्तन ,सामाजिक तथा राजनैतिक स्वतन्त्रता र समसामयिक विषय वश्तुका सफल प्रश्तोताको रुपमा सबैले चिन्ने गरेकाछन् । वहाँको हास्य व्यंग्यमा हामीलाई हास्दा हास्दै धेरै ज्ञान तथा मनोबैज्ञानिकरुपमा देश, समाज र राजनितिको वदलिदो परिश्थितिको बारेमा सहजरुपमा जानकारी गराउछन् भने वहाँको प्यारोडि गीतहरुलेपनि दर्शकलाई भरपुर मनोरन्जन दिन सफल हुन्छन् सायद यहि सब गुणका कारणले होला वहाँ अहिले नेपालका अतिनै लोकपि्रय हास्य कलाकार बन्न सफल भएकाछन् ।
त्यसै गरि कार्यक्रम को तयारी के कस्तो भई रहेको छ ? जनाकारी राख्दा, आयोजक तथा संस्थाका अध्यक्ष पाण्डेले यो कार्यक्रम भव्य र अति महत्पुर्ण हुने जानकरी दिदै सबैलाई सहभागीहुन समेत आहवान गरेकाछन् । भेलेनटाईन डेको समयमा हुनलागेको यस कार्यक्रमले वास्तवमै सबैलाई केहि घण्टाभएपनि धिकमरुन्जेल हास्न र आफनो व्यस्त जिवनमा केहि क्षणभएपनि मनोरन्जन दिन सकेमा म आफनो यो कार्यक्रम सफल भएको मान्नेछु भनेकाछन् संस्थाका अध्यक्ष पाण्डे । आशागरौ मनोज गजुरेलको यो पहिलो कार्यक्रमले बे एरियाका दर्शकहरुलाई भरपुर मनोरन्जन दिनसफल बनोस ।
Related Posts
No related posts.


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....