समाचारहरु NEWS

“स्रष्टा र डिजिटल वार्ता” पुस्तक डिजिटल्ली बिमोचित

Published by Hamrosamaj on February 10, 2010

स्रष्टा र डिजिटल वार्तापुस्तक डिजिटल्ली बिमोचित
काठमाण्डौं,१० फेब्रुअरी

स्रष्टा र डिजिटल वार्ता नामक पुस्तकको आज सर्वाधिक लोकप्रिय सामाजिक संजाल फेसबुकमा प्रा. डा. गोविन्दराज भट्टराईले डिजिटल्ली सार्वजनिकीकरण गर्नु भयो । वार्ताकार कृष्ण बजगाईंको २९० पेजको उक्त पुस्तकमा डायोस्पोरा र नेपालका गरी जम्मा २३ जना स्रष्टाहरुसँग अनुवाद, उत्तरआधुनिकता, डायोस्पोरा साहित्य, साइबर साहित्य तथा समकालीन साहित्यका बारेमा गरिएका डिजिटल कुराकानी समावेश गरिएको छ । नेपाली साहित्यमा यसखालको यो पहिलो पुस्तक हो ।बिमोचित पुस्तकको बारेमा आफ्नो मन्तब्य राख्दै डा. भट्टराईले भन्नु भयो

- हाम्रा कर्महरु प्रविधिमा परावलम्बी हुन थालेका छन्। सिर्जना पनि आफैँ पूर्ण हुन छाड्यो, यसले दिने सन्देश प्रवाहित गर्न पनि प्रविधि चाहियो। त्यस्तो प्रविधिसँग मिलेर गरिएको सहकार्यलेस्रष्टा डिजिटल वार्तातयार भएको छ। यसले डायास्पोरा, अनुवाद, साइबर जगत् अनेक मार्जिनल चेतनाका विषयमा चिन्तन अभ्यास नगरी नेपाली साहित्य अघि बढ्दैन भन्ने निष्कर्ष निकालेको छ।उहाँले अगाडि भन्नु भयो-

यो नेपाली साहित्यमा सर्वथा नौलो परिवर्तन सङकेतक ज्ञानमाला हो। विश्वभरिका नेपालीलाई जोड्ने यो पुस्तक नेपाली वाङ्मयको कोसेढुङ्गा हो। यसबाट हाम्रो अतीत वर्तमान छुट्टिन्छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट प्रकाशित उक्त पुस्तकका सम्पादक बेल्जियम निवासी कृष्ण बजगाईं हुन् । यस अघि उनको

यन्त्रवत् लघुकथासंग्रह, हिउँको तन्ना हाइकुसंग्रह र रोडम्याप लघुकथासंग्रह प्रकाशित भैसकेको छ भने ग्रेटवालदेखि इफेल टावरसम्म उहाँको प्रकाशोन्मुख नियात्रा संग्रह हो ।

Related Posts

  1. कुवेतमा बालक गुरुङ्गको “साथीलाई कविता” बिमोचित
  2. मुरारीराज शर्माद्धारा लिखित पुस्तक संयुक्त राष्ट्र संघको
  3. सुशिल कोइराला द्वारा पुस्तक बिमोचन
  4. ‘परदेश बाट” पुस्तक परिचय र केही कविताहरु

Install the ratings plugin

Popularity:
148 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.