समाचारहरु NEWS
दुबइ गजल मुशायरा ऐतिहासिक सावित,बहकिए साहित्यिक स्रस्टा सँगै दर्शकहरु
Published by Hamrosamaj on February 13, 2010
तस्विर सम्योजन : उमाकान्त पाण्डे गाउले – मध्यपुर्व प्रमुख प्रतिनिधि – अर्घाखाँची टाईम्स
दुबइ गजल मुशायरा ऐतिहासिक सावित,बहकिए साहित्यिक स्रस्टा सँगै दर्शकहरु
उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख प्रतिनिधि
१३ फेव्रुरी, २०१०, दुबई। बरदुबईको एभरेष्ट इन्टरनेशनल होटलको शभाहल प्राय भाशण अनी सागितिक कार्यक्रम मै सिमित हुनेगर्दथ्यो नेपाली का लागि । तर निरन्तरतालाई अल्पविराम दिदै गत शुक्रबार भने यूएईका नेपाली गजलकारहरूले गजलमय बनाए। नेपाली साहित्य तथा साँस्कृतिक परिषद् यूएईले आयोजना गरेको “दुबई गजल मुशायरा २०६६” मा १७ जना गजलकारले गजल प्रस्तुत गर्दै दर्शक हरुलाई भरपुर्ण मनोरन्जन दिए । पहिलो पटक भएको फरकधारको सो गजल मुशायरामा संयुक्त अरब इमिरेट्सका विभिन्न क्षेत्रबाट नेपाली गजलकारहरूको उपस्थिती रहेको थियो ।
साहित्यिक स्रस्टा चेतन कार्कीको गजल वाचन सँगै शुरु भएको गजल मुशायरामा गजलकारहरुका बिबिध खालका गजल प्रस्तुतीले दर्शकहरूलाई गजलमा बहकिन वाध्य तुल्याएका थिए ।पहिलो चरणको प्रस्तुतीमा नेपाल पत्रकार महासंघ यूएई समपर्क शाखा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरले आफ्नो बिबिध कारणले गर्दा यूएई छोड्न थालेका पत्रकार तथा साहित्यकार कृष्ण देवकोटालाई दोसल्ला ओढाई सम्मान गर्दै विदाई गरिएको थियो । रसियाका नेपाली साहित्कार तथा फ्री नेपाल अन्लाईन डट्कम् का मधु माधुर्यले पनि कविता वाचन गर्दै यूएई नेपाली साहित्यको उर्वरभुमी हुन सक्ने भन्दै खुशी ब्यत्त गरे । 
कार्यक्रममा नेपाली साहित्य तथा सांस्कृतिक परिषद् यूएई र नेपाल यूएई साहित्य परिषद् एकीकरण भएको घोषणा समेत गरिएको थियो । एकीकरणको घोषणा गर्दै दुवै संस्थाका अध्यक्ष क्रमशः गिरधारी रिजाल र समदर्शी काइँलाले यहाँ रहेका सवै साहित्यिक संस्थाहरू एक ढिक्का हुनु पर्नेमा जोड दिए। गिरधारी रिजालको सभापतित्वमामा सम्पन्न उक्त कार्यक्रममा गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष रामेश्वर शाहले एनआरएनएका नयाँ उपलब्धिहरूबारे जानकारी गराएका थिए । उनले यूएईको आफ्नो पाँच वर्षको बसाइमा प्रथमपटक यति स्तरीय र आकर्षक साहित्यिक कार्यक्रम भएको बताए।
भेट्ने छु तिमीलाई चौतारीमा सोल्टी
नाचौंला रंगीचंगी फूलवारीमा सोल्टी
माया लाउन गाह्रो छ म विश्वास गरूँ कसोरी
हाम्रो मिलन छैन सम्भव यो खाडीमा सोल्टी
जैकी मोजाहु र रेखा घिमिरेले प्रस्तुत गरेको माथिको शेरले हल तालीले गुञ्जायमान भएको थियो भने, गजलकार टेक थाजालीमगर को देश प्रती चिन्ता राखी रचिएको जातिय संघियता बिरोधी गजलले पनि दर्शक हरुको तालिको साथ पाएको थियो ।
सँगै फोटो खिंचे गिरीजाको छोरी र चित्र बहादुर
प्रम माधवले खोजेछन् जोरी र चित्र बहादुर
संबिधान,सँघियताको बिउहरु छरीरहेकोछ
मौसमी चेन्जले फूलेकोछ तोरी र चित्र बहादुर
जनमतत सँग्रह गर्नुपर्छरे नो थ्याङ्क्स् सँघियता
खै! के के बोल्छन् उपप्रम मोरी र चित्र बहादुर
उता प्रचण्ड भन्छन् अव वाम एकता हुनुपर्छ
मिल्न नमान्ने बिध्यादेवी फोहोरी र चित्र बहादुर
देश टुक्राउन पाईदैन सँघियता चाँहीदैनरे
कसतो लाग्यो थजालीको मेमोरी र चित्र बहादुर ! !
त्यसोत गजलकार जैकी मोजाहुको सभापतित्वमा सम्पन्न दोश्रो चरणको सो कार्यक्रममा गजलकार माइनस प्लस संग्रौला, धनकुटे कान्छा, जैकी मोजाह, रेखा घिमिरे, आदिल सर्वर “नेपाली”, उमेश राई “घायल”, ऋषिशेष, लोकेन्द्र बञ्जाराका शेरहरूले समेत दर्शकको ध्यान नखिचेका होईनन ।
सो दुबई गजल मुशायरा २०६६ मा जैकी मोजाहु, दलवीरसिंह बराइली “घायल”, उमेश राई “घायल”, आदिल सर्वर “नेपाली”, ऋषिशेष, धनकुटे कान्छा, निश्चल, लोकेन्द्र बञ्जारा, असिम महत, रेखा घिमिरे, बसन्तमोहन अधिकारी, कृष्ण देवकोटा, टेक थजालीमगर, माइनस प्लस संग्रौला, चेतन कार्की, दीपक अधिकारी, अर्जुन दाहाल र कैलाश राईले गजल वाचन गरेका थिए ।
प्रवासमा रही देशप्रती चिन्ता र माया गरि रचेका शब्द ले झन दर्शकलाई वावा नभनी बस्नै दिएन । चाहे त्यो कृष्ण देवकोटाको श्रीमतीलाई तिलहरी र आफुलाई सुपारी किनीदिएको तथा साहित्यकार जैकी मोजाहको जातिय संघियता बिरोधी गजल :संघियता चाँहीदैन, देशमा युद्द निम्ताउन पाईदैन,लगायत अन्य सबै गजलका शेर हरुको मतलाई दर्शक दिर्घाबाट समेत उत्तिकै समर्थन दिईएको थियो ।
नेपाली दूतावासका उपनियोग प्रमुख दीपक अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सामाजिक कार्यकर्ता पत्रकार तथा यूएईमा रहेका नेपालीको बाक्लो उपस्थिति रहेको थियो । नेपाली भाशा वाङ्यको उत्थानका लागि प्रवासमा रहेर यसरी यस्ताखालका साहित्यिक कार्यक्रम हरु त्यसैमा पनि साहित्य बिधाको गरुङो तर सबैले मनपराउने फारसी बाट ल्याईएको गजल बिधामा रहेर आयोजना गरिएको सो गजल मुशायरा एतिहासिक भएको महशुश आयोजक ले मात्रै होइन उपस्थित सबैले गरेका थिए । दुई चरणको प्रस्तुतीमा सन्चालन कार्यक्रम सम्योजक निमेश गिरीले गरेका थिए ।
Related Posts
- दुबई गजल मुशायरा-२०६६
- बारीष्ठ साहित्यिक ब्यक्तित्वको अभिनन्दन
- उत्तरी क्यालिफोर्निया तमु समाजको ल्होछार (tamu Lhosar)ऐतिहासिक रुपमा भव्यताकासाथ सम्पन्न
- कोलोराडोका नेपालीहरुको नियमित साहित्यिक कार्यक्रम
- “कोलोराडोबासिहरुको नियमित साहित्यिक कार्यक्रम
- हरिहर दाहाल का साहित्यिक श्रीजनाहरु
- देवकोटाको ऐतिहासिक सप्ताहब्यापी शतवाषिर्की सम्पन्न
- “कोलोरडोबासिहरुको नियमित साहित्यिक कार्यक्रम..


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....