साहित्य(कबिता, कथा, लेख) NEWS
(कबिता ) “हुँ म सानो मान्छे ” आचार्य प्रभा
Published by Hamrosamaj on March 10, 2010
(कबिता ) “हुँ म सानो मान्छे ” आचार्य प्रभा
संसारकै म होचा मान्छे
छैन गुनासो मलाई केही
शरीर अग्लो भएर के भो ?
छैन गुण भने केही ………..,
लेखाएँ नाम “गिनिज बुकमा”
नेपाललाई चिनाउन भनि
राख्नेछु नाम नेपालकै म
केही गुणकारी बनी……,
सानो छु त के भो र?
बिचार ब्रिहत पार्छु ,
देशका शत्रु,बैरीलाई
गुणले नै म मार्छु /
नगर कोही अहंकार
शरीर अग्लो छ भनि
नाम राख्न जरुर सकिन्छ
कद् सानो नै भए नी /
नगर घमण्ड,अभिमानी पनि
मुडे बलको भरमा
आखिर संसार त्यसैले जित्छ
जसको छ ओजस्वी
दिमाग साथमा /
छैन मलाई पस्चताप केही
सानो शरीर छ भनि
बाँच्न कोशिश गर्नेछु म त
देशलाई ठुलो मानी /
(मलाई साह्त्यिक धारा,प्रवाह छाँटेर क्लिष्ट तथा बनावटी रचना गर्न भन्दा सरल भाषा र सहि कुरालाई नै पाठकसामु उजागर गर्न मन पर्ने हुनाले आजको मेरो कबिताको रूपमा यसपटक गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल संसारकै होचा कद् भएका खगेन्द्र थापा मगरको भावलाई कबिता बनाएर पोख्न मन लाग्यो। गल्ती भए क्षमा याचना सहित)
Related Posts
- (कबिता ) “आँखाको पर्याय घुँघुरु ” -आचार्य प्रभा
- कबिता – बौलाहेको मान्छे !शेखर ढुङेल
- (कबिता) “एउटा शून्य मन” -आचार्य प्रभा
- (लेख) “टेक केयर” आचार्य प्रभा
- (कबिता ) “कठै!यो बर्तमान ” आचार्य प्रभा
- (कबिता) “निरीह कैदी ” आचार्य प्रभा
- (कबिता) “देवकोटा तिमी प्रसाद हौ ” आचार्य प्रभा
- (कबिता) “निर्देशक हो मन” आचार्य प्रभा


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....