साहित्य(कबिता, कथा, लेख) NEWS
अपूर्ण-विकल्पहरु (Imperfect Choices…)
Published by Hamrosamaj on March 10, 2010
अपूर्ण-विकल्पहरु (Imperfect Choices…)
माओ-काँग्रेश-एमाले,जन-अधिकार
तराई,लोक-तान्त्रिक,हिन्दू-परिवार!
सद्भावना,मधेशी,मूस्कानको सेना
युवा मोर्चा,मिलन केन्द्र,खै त्यो शिव-सेना?
जनमोर्चा,राष्ट्रिय-प्रजातन्त्र-विकाश
जाग्रिती र मजदूर,जन-कल्याणको आश!
तम्सलिन,चुरे-भावर,जनतादल
हरियाली,जनमूर्ती,एक लिब्रल !
दलित,जनजाती,शान्ति एकता
समाज्वादी,साम्यवादी,छैन समता!
मँगोल,सुकुम्बासी,जन-ससक्ती
शान्ति-क्षेत्र-परिषद,नव जनजाती !
भने जस्तो,सोचे जस्तो नेता भेटियो?
कति झोला बोक्नु भो?तीर्खा मेटीयो?
गरीबको सेवा गरौँ,शिक्षा जगावौँ
हिमालको पानीलाई,घरमा पुर्यावौँ!
जनतालाई लूट्न,पिट्न,डाँट्न छोडिदेउ
साना-साना विरुवाका,जरा गोडिदेउ!
पानी-हाल हिमालको मूल खूल्ने छ!
झिलिमिली,जन-ज्योती त्यहिँ फूल्ने छ!
बन्द-गरौँ,बन्द-प्रथा,बन्द दुष्टता!
सदाचार,नैतिकता,शील-स्वस्थता!
विश्वलाई हेर्न सक्ने,हाम्रै आँखा छन्
हिमाल र तराइमा,आफ्नै भाका छन्!
गर्न सक्ने योजना,हजारौँ छ
तराई-पहाड-हिमाललाई जोड्नु नै छ!
नियम र कानूनको पालना होस्
अनुशाशन,सुरक्षाको थालना होस्!
संविधान बन्नुपर्छ,सबैले कराउँ!
जे जे गर्न पठायेको,तिनैबाट गराँउ!
गरौँ हामी सँपर्क जनता कै!
नेताको तानातानमा नपरौँ है?
ईतिहाश लेखौँ अब मिलौँ साथमा!
नेपालको मान राखौँ,विश्व माझमा!
माथि नपुगुन्जेल,हाम्रो सरोकार
कुर्सी र शक्तिमा-आफ्नै सरकार !
आवश्यकता के छ?अहीले त्यहि गर्नु छ!
बिकाश र निकाशमा,जन-हित छ!
कस्को-झण्डा बोक्ने हो?कति छ चूनाव?
गरीविको देशमा,खर्चिलो प्रस्ताव!
आमा हाम्री एउटै-छिन्,सेवागर्न लागौँ !
मिलिमिली देशलाई-झिलिमिली पारौँ!
मानवीय-मूल्य भन्दा ठुलो केही छैन!
स्वार्थी बन्न छोडी दिउँ,हुने केही होईन!
पार्टी-झोला बोक्नु भन्दा,समाज्-सेवा बरु,
नेपालको झण्डा बोकौँ,भाग्यमानीहरु!
- अनन्तगोपाल रिसाल (1st March,2010)
Related Posts
No related posts.


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....