समाचारहरु NEWS

एसियन फूटबल लिगमा नेपालले श्रीलंकालाई हरायो

Published by on March 5, 2010

एसियन फूटबल लिग कुवेत सिजन वान टुर्नामेण्टमा नेपालले श्रीलंकालाई हरायो

जय आले, कुवेत

Expats Football Federation Kuwait को आयोजनामा, कुवेतको शोएख फूटबल मैदानमा ०५ मार्च २०१० को दिन खेलिएको एसियन फूटबल लिग कुवेत “सिजन वान फूटबल टुर्नामेण्टमा” नेपालले श्रीलंकालाई २ को बिरुद्द ५ गोलले हराएको छ । करिब ३०० को हाराहारिमा नेपाली टिम सपोर्टरहरु सहित खेल मैदानमा उत्रिएका नेपाली खेलाडिहरुले निकै रोचक खेल प्रदर्शन गरे । अफ्रिकन टुर्नामेण्टमा हमेशा सोही श्रीलंकाली टिमसँग पराजित हुँदै आएका नेपाली टिमले यस टुर्नामेण्टमा भनें श्रीलंकालाई नराम्रोसँग पछारेको छ, अझै भन्नै पर्दा आजसम्मको सम्पूर्ण हारको जवाफ नेपालले श्रीलंकालाई राम्रोसँग दिएको छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयता एवं प्रतिनिधित्वमा खेल्दै आएका नेपाली खेलाडीहरुले हिमालयन बैंक (रेमिट) ले उपलब्ध गराएको नयाँ जर्सी लगाएर खेल्दै, खेलको पुरै अवधी श्रीलंकाली टिमलाई दवाबमा राख्दै खेल्यो । खेलको प्रकृती हेर्दा नेपालले कम्तिमा आधा दर्जन गोल हान्ने टिम सपोर्टर अर्थात दर्शकहरुको अड्कलवाजी थियो भनें नेपालले यसरी श्रीलंका माथि बिजयी हाँसिल गर्नुमा टिम सेट राम्रो सँग मिल्नु र हाम्रा राष्ट्रिय स्तरका खेलाडिहरु अहिले निकै परिपक्व भई सकेको क्लवका उपाध्यक्ष एवं टिम क्याप्टेन धर्म राज गिरीज्यूले निकै प्रफुल्लित मुद्रामा बताउनु भयो ।

नेपाली खेलाडिहरु यसरी नै आक्रमक रुपमा खेल्दै जाने हो भनें टुर्नामेण्ट नै नेपालको पक्षमा हुने विश्वास टिम मेनेजर कुमार श्रेष्ठ र माउण्ट एभरेष्ट क्लवका अध्यक्ष किरण पौड्यालज्यूले व्यक्त गर्नु भएको छ । नेपाली वाध्यवाधनका साथ उपस्थित दर्शकहरुले आफ्नो (नेपालको) जित पश्चात निकै मनोरन्जनात्मक नाचगान प्रस्तुत गर्दै खुशीको जश्न मनाएका थिए ।

यसैगरी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको आयोजनामा हालै मात्र सम्पन्न माउण्ट एभरेष्ट एम. बि. बमजन मेमोरियल गोल्डकप फूटबल टुर्नामेण्ट २०१० बाट राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडिहरु निर्माण गर्ने क्लवको सपना आज पुरा भएको र क्लवले अपेक्षा गरे अनुरुप नै नेपाली खेलाडिहरुले खेल प्रदर्शन गरेकोमा हामी हर्ष बिभोर भएका छौं साथै हाम्रा खेलाडिहरुलाई परेको खण्डमा क्लवले कुनैपनि आवश्यक सहयोग उपलब्ध गराउन पछि हट्ने छैन भन्दै क्लवका सचिव ईन्द्र प्रसाद भूषालले खुशी व्यक्त गर्नु भएको छ ।

यस टुर्नामेण्टको आगामी खेल १९ मार्च २०१० को दिन, बेलुकीको ठिक ५ बजे, कुवेतको सोही शुवैख फूटबल मैदानमै नेपालले इन्डियन चर्चिल क्लव टिमको बिरुद्द खेल्ने र उक्त अवसरमा समस्त कुवेतवासी खेलप्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई हाम्रा खेलाडिहरुको हौसला बुलन्द गरी दिनु हुन माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कार्यसमिति हार्दिक अनुरोध गर्दछ ।

Related Posts

No related posts.

Install the ratings plugin

Popularity:
161 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: