समाचारहरु NEWS
अबुधाबीमा फेरि अर्को नेपालीको निधन
Published by Hamrosamaj on March 5, 2010
गिरधारी ‘विरही’ रिजाल, अबुधाबी-यूएई – काठमाडौ महानगरपालिका स्थित कीर्तिपुर निवासी अन्दाजी वर्ष २५ को श्याम लामाको यही मिति ५ मार्च २०१० का दिन मृत्यू भएको समाचार प्राप्त भएको छ । यूएईको अबुधाबी नेशनल होटल कम्पनीमा विगत २० महिनादेखि लामाले काम गर्दै आइरहेका थिए । समाचारदाता दिलविक्रम लिम्बुका अनुसार बेलुका आरामैसँग सुतेका लामाले बिहान करीब साढे ५ बजे अचानक ठूलो श्वास फेरेको साथीहरुले थाहा पाएपछि तुरुन्तै अबुधाबीको मप्रुक हस्पिटलमा लगेका थिए र हस्पिटल पुग्नासाथ उनको निधन भएको हो । लिम्बुका अनुसार मृतकका परिवारमा एक श्रीमती र दुई छोरी रहेका छन् भने उनी यूएई आएपछि जन्मिएकी आपुनी कान्छी छोरीको मुखसम्म देख्न पाएका थिएनन् । सोही दिन कम्पनीले फन्डे मनाउँने कार्यक्रम रहेको र कम्पनीकै कर्मचारी लामाको दुःखद् निधनले शोक मनाउँदै फन्डे कार्यक्रम पछाडि सारिएको पनि जानकारीमा आएको छ । निजको पार्थिव शव पोष्टमार्टमपछि नेपाल पठाइनेछ ।
यूएईमा नेपालीहरुको बढ्दो आगमनका साथ मृत्यूदर पनि प्रतिदिन बढ्दै गएकोले यहाँ स्थित नेपाली दूतावास र सामाजिक सँघसँस्थाहरु चिन्तित भएका छन् भने उ¢ार कार्यमा समाजसेवीहरुले थप समय खर्चिन हम्मे पर्दै गएको पनि आभास हुन थालेको छ ।


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....