समाचारहरु NEWS
लसन्जेलेसमा नबनियुक्त राजदुत डा. शंकर शर्माको स्वागत
Published by Hamrosamaj on March 5, 2010
लसन्जेलेसमा एकता समाजद्वारा नबनियुक्त राजदुत डा. शंकर शर्माको भब्य स्वागत
सुदिप पन्त, केलिफोर्निया – नेपाल अमेरिका एकता समाजले नबनियुक्त राजदुत डा. शंकर शर्मा को सम्मान मा स्वागत कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । लसन्जेलेस को अर्टेसिया शहरमा आज आयोजित एक स्वागत समारोह मा बोल्दै महामहिम राजदुत डा शंकर शर्मा ले यदी यहाँका धेरै नेपालीहरुले माग गरे भने यहाँ एउटा consulate अफिस खोल्न सकिने जानकारी गराएका छन । कार्यक्रम मा आर्टेसिया शहर का मेयर tony lima ले नेपालीसमाज सँग नजिक रहेर काम गर्न मन लागेको बताउदै आउँदा दिनमा आफुले नेपालीसमुदाय लाई पनि सक्दो सहयोग गर्ने बताये। कार्यक्रम को शुरुमा एकता समाज को महासचिब मुकुन्द ढुंगानाले स्वागत मन्त्ब्य राखेका थिए भने संस्थाको बिषयमा प्रथम उपाध्क्ष्य बलराम थापा ले छोटो परिचय दिएका थिए।
नेपाल अमेरिका एकता समाजका सदस्य बिमल गुरागाइंले यहाँ का नेपालीहरुले भोग्नु परेको पिडा तथा समस्याहरुको बारेमा महामहिम राजदुतलाई जानकारी गराएका थिए । लामो समय पछी आफ्नो देश को राजदुतलाई स्वागत गर्न पाउदा र आफ्ना समस्याहरु नजिक बाट राख्न पाउदा यहाँका नेपालीहरु धेरै नै खुशी भएका थिए । कार्यक्रम मा नेपाल मा लामो समय देखी पत्रकारको रुप मा काम गर्दै आउनु भएका नागरिक दैनिकका पत्रकार बिजय घिमिरे को पनि उपस्थिती रहेको थियो। कार्यक्रम नेपाल अमेरिका एकता समाजको अधक्ष्य उमा थापा को सभापतित्वमा सम्पन्न भएको थियो।
Related Posts
- कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको स्वागत कार्यक्रम सम्पन्न
- बे-एरियामा गिरी र लोहनीको स्वागत
- राजदूत डा शंकर शर्माको स्वागत तथा अन्तरकृया कार्यक्रम
- राजदूत डा शंकर शर्माको आगमन
- लायन्स क्लव अफ बर्कलि अन्नुपर्णाको स्वागत तथा शुशोभन कार्यक्रम
- लसन्जेलेसमा ओम बिक्रम बिष्ट को एकल गायन साझ
- एएनए २००९का सहभागि पाहुनाहरुमा अग्रिम स्वागत
- कर्णिकारलाई जापानमा स्वागत


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....