समाचारहरु NEWS

एनआरएन यूएईद्वारा साहित्यिक श्रस्टा सम्मानित,

Published by Hamrosamaj on March 5, 2010

एनआरएन यूएईद्वारा साहित्यिक श्रस्टा सम्मानित,श्रस्टासँगै रमाए अनुरागी


उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख प्रतिनिधि
४ मार्च २०१० बिहीवार ,दुबई यूएई – प्रवासमा रहेर नेपाली साहित्यको खेती गर्ने क्रिशकलाई सिचाइ गर्ने अवसर प्रदान गर्‍यो गैर आवसिय नेपाली संघ,रास्ट्रिय समन्यव परिषद (एनआरएन) यूएईले । यही बिहीवार सन्ध्याकालिन समयमा यूएईको बरदुबई स्थित एभरेस्ट ईन्टरनेशनल होटेल परिसरमा आयोजित एनआरएन साहित्यिक गोस्ठी  दुबइमा साहित्य श्रीजनामा योगदान दिएका वरीस्ठ साहित्यकार द्वय डा.धुर्वचन्द्र गौतम र रमण घिमिरे लाई सम्मान गरिएको हो भने सोही कार्यक्रममा श्रस्टा सँगै यूएई वासी साहित्य अनुरागी श्रस्टा समेत रमाउने मौका पाएका हुन ।
uma.jpg
नेपाली साहित्यमा आख्यागं बिधाका महापुरुश डा. धुर्वचन्द्र गौतम र नेपाली साहित्य ,कला,सस्कृति,सङै रगं समिक्षकको रुपमा ख्याती प्राप्त वरीस्ठ रगं समिक्षक घिमिरे लाई यही बर्ष देखी एनआरएन यूएईले स्थापना गरेको जय- प्रिथिवी बहादुर – ईबन बतुता पुरस्कार बाट समेत पुरस्क्रित गरिएको छ । नेपाल बाट विश्व९सबै भन्दा धेरै देश भ्रमण गर्ने साहित्यकार मध्ये एकजनालाई हरेक बर्ष सम्मान स्वरुप पुरस्क्रित गर्ने लक्ष्य अनुरुप गैर आवसिय नेपाली संघ,रास्ट्रिय समन्यव परिषद यूएईले स्थापना गरेको सो पुरस्कार को धनराशी जनही नेपाली  रुपैया २५ हजार रहेको छ ।
uma6.jpg
मध्यपुर्वको खाडी अरबीमुलुक,त्यसैमा पनि साताको अन्तिमबार,रम्मल(बालुवा)मा दिनभर श्रम गरेर पसिना बगएको थकाईलाई सजिलै सँग मेटन सकिने माध्यमको रुपमा सन्ध्याकालिन समयमा आयोजित सो साहित्यिक गोस्ठी,गोस्ठीमै मात्र सिमित भएन । पुरस्कार बाट सम्मानित हुने श्रस्टाले आ-आफ्ना रचना कला प्रस्तुत गरेभने ठट्टा गर्डै हसिलो पारामा आफु डाडा पारीको जुन भईसक्ण आटेकाले अब तिuma5.jpgमी बस,बोल्ने पालो मेरो सुन्ने पालो तिम्रो भन्दै बुढौली पारामा डा. धुर्वचन्द्र गौतमले आफ्नो साहित्य अनुभब र अनुभुतीलाई ब्यत्त गरे ।

ए जिन्दगी मलाई छाडी दे
यस्तै नै रहने हो भने नलाई डोरीले बादी फासी दे
भन्दै कर्णप्रिय आवाजमा गीतगाउदा उपस्थित सबै मन्त्रमुग्ध भएका थिए । त्यसो त रगं समिक्षक रमन घिमिरेले कार्यक्रममा झन रङ भर्दै थपे
तिम्रो घरको खबर बोकेर ल्याएको छु ,
अब तिम्रो के खबर लिएर जाने हो , ए प्रदेशी ……………………………………

भावको कविता सुनाउदा यूएईका स्थानिय नेपाली साहित्य अनुरागीले कविता मार्फत यहाँको खबर विवरण वेलीविस्तार गरेका थिए । प्रदेशिको चाहना संबिधान समयमै बनोश, शान्ती प्रकृया टुगोंमा पुगोश ,नेपाल मै केही गरी जीवन धान्न मिल्ने परिस्थितीको न्रिमाण होश जस्ता खालका देश प्रेमले ओतप्रोत भावनाका शन्देश लगिदिन आफ्ना रचना मार्फत अनुरोध गरे ।


uma9.jpguma10.jpg

दुई चरणमा गरी सम्पन्न गरिएको सो साहित्यिक गोस्ठी एनआरएन एनसिसी यूएईका अधक्ष्य चुणामणी ढकालको सभापतित्व,भुतपुर्व उधोग राज्य मन्त्री तुलबहादुर गुरुङ को प्रमुख आतिथ्यता, साहित्यकार द्वय डा धुर्व चन्द्र गौतम र रमण घिमिरेको बिशिस्ट आतिथ्यता, यूएईका लागि नेपाली दुतावास आबुधाबीका द्वितिय सचिव लोक बहादुर पौडेल छेत्री , गैर आवसिय नेपाली सघ अन्तरास्ट्रिय समन्यव परिषदका उपाधक्ष्य जिवा लामिछने, गैर आवसिय नेपाली संघ केन्द्रिय कोषाधक्ष्य रामेश्वर शाह, नेपाल बाट ब्यत्तिगत भ्रमणमा यूएईमा रहेका रेडियो पत्रकार निमा पार्खिङ्को बिशेश आतीथ्यता तथा आमन्त्रित अतिथीहरुमा आयोजक संघ का पुर्व मध्यपुर्व सम्योजक चन्द्र प्रशाद सापकोटा,प्रवासी नेपाली पत्रकार सन्जाल तथा नेपाली पत्रकार महासंघ संपर्क शाखा यूएईका अधक्ष्य जाकिर हुसैन, लगायत यूएईमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि,समाजसेवी ब्यबासायी, पत्रकार तथा साहित्यप्रेमी श्रस्टाको उपस्थिती रहेको थियो भने कार्यक्रमलाई दुईचरणमा सन्चालन गरिएको थियो । एनआरअन एनसीसी यूएईका उपाधक्ष्य शेश नारायण झा ले एक साहित्यिक रचनाको टुक्रा बाट स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रम र पुरस्कार ब्यबस्था बारे गैरआवसिय नेपाली संघ अन्तरास्ट्रिय समन्यव परिषदका उपाधक्ष्य जिवा लामिछने ले प्रकाश पारेका थिए । स्थापना गरिएको साहित्यिक पुरस्कारको बारेमा चर्चा गर्दै नेपाल बाट पहिलो विश्व भ्रमण गर्ने नेपाली साहित्यकार जय प्रिथिवी बहादुर र मध्यपुर्वको खाडी बाट ईबन बतुता को नामलाई सम्योजन गरी नामाकारण गरीएको बताए ।
uma11.jpg
uma13.jpg
एनआरएन साहित्यिक गोस्ठी – दुबइको स्रुरुमा यही मार्च १ तारिख यूएईमा निधन हुन पुगेका समाजसेवी तथा ब्यबासयी भाईराजा श्रेष्ठ प्रती समवेदना प्रकट गर्दै १ मिनेट मौनधारणा गरिएको थियो । सो साहित्यिक गोस्ठि कार्यक्रममा यूएईमा रहेर साहित्यमा कलम चलाऊने साहित्यिक अनुरागी अर्जुन दाहाल, निमेश गिरी, ऋशी शेश , जेकी मौजाह , उमेश राइ घायल , धनकुटे कान्छो , दिपक अधिकारी, प्लस माइनस सग्रौला , जेपी सापकोटा, डिएल शर्मा, जितेन्द्र मल्ल , लगायत करीव २ दर्जन श्रस्टा हरुले आफ्ना साहित्यिक रचना प्रस्तुत गरेका थिए भने कार्यक्रममा सहभागि भई साहित्यिक रचना वाचन गरेका सबैलाई कदर स्वरुप आयोजकले बिशिस्ट अतिथीको हात बाट प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
uma14.jpg
uma15.jpg

दुई चरणमा बिभाजन गरी सन्चालन गरिएको सो कार्यक्रमको पहिलो चरणलाई एनआरएन एनसीसी यूएईका महासचिव सुरेश बश्यालले गरेका थिए भने दोस्रो चरणको सन्चालन साहित्यिक पारामा स्रस्टा द्वय जेपि सापकोटा तथा आमन्त्रित श्रस्टा जेकी मौजाह (जाकिर हुसैन) ले गरेका थिए ।

Related Posts

  1. एनआरएन दुबईको साहित्यिक गोष्ठीमा गौतम र घिमिरेको सम्मान
  2. एनआरएन अमेरिकाको अन्तर्कृया कार्यक्रम न्यू योर्कमा
  3. NRN, युएइद्धारा दुइ राजनीतिक ब्यक्तित्व सम्मानित
  4. बारीष्ठ साहित्यिक ब्यक्तित्वको अभिनन्दन
  5. रक्तदाता मैनाली सम्मानित
  6. एनआरएन अध्यक्षमा हिराचन निर्विरोध निर्वाचित
  7. एनआरएन रुसको अध्यक्षका लागि डा. श्रेष्ठ
  8. “कोलोरडोबासिहरुको नियमित साहित्यिक कार्यक्रम..

Install the ratings plugin

Popularity:
149 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.